सामग्रीमा जानुहोस्

अन्तर्राष्ट्रिय साक्षरता दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय साक्षरता दिवस
अनुयायीसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू
मिति८ सेप्टेम्बर
आवृत्तिवार्षिक

अन्तर्राष्ट्रिय साक्षरता दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ। यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४औँ सत्रमा घोषणा गरेको थियो। सन् १९६७ मा पहिलो पटक यो दिवस मनाइएको थियो। यसको उद्देश्य व्यक्ति, समुदाय र समाजका लागि साक्षरताको महत्वलाई उजागर गर्नु हो। विभिन्न देशहरूमा यो उत्सव मनाइने गरिन्छ।[][] नेपालमा भने तत्कालिन राजा वीरेन्द्रले विक्रम सम्वत् २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "International Literacy Day", UNESCO, २ अक्टोबर २०१८, अन्तिम पहुँच २४ अक्टोबर २०१८ 
  2. "World Literacy Day 2020: Theme, History, Significance And Quotes", NDTV.com, अन्तिम पहुँच २०२०-०९-१० 
  3. "आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि मनाइँदै", नेपाल खबर (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]