संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्रहरूको नक्शा

संयुक्त राष्ट्र सङ्घमा हाल सम्म १९३ राष्ट्रले आफ्नो सदस्यता ग्रहण गरिसकेका छन् । सदस्यता प्राप्त गरेका प्रत्येक राष्ट्रले संयुक्त राष्ट्रको महासभामा आफ्नो प्रतिनिधित्व जनाउन सक्नेछ ।[१]

संयुक्त राष्ट्र सङ्घमा कुनै पनि नयाँ राष्ट्रले सदस्यता पाउनका लागि संयुक्त राष्ट्र वडापत्रको अध्याय २ को अनुच्छेद ४ मा भए बमोजिम पाउन सकिन्छ :[२]

  1. संयुक्त राष्ट्र सङ्घले आफ्नो सदस्यता ग्रहण गर्न त्यस्ता सम्पूर्ण राष्ट्रहरूको लागि खुल्ला गरेको छ जुन राष्ट्र पूर्णरूपले शान्तिप्रेमी रहेको छ र संयुक्त राष्ट्र वडापत्रलाई मान्नुका साथै त्यसलाई पूर्णरूपले ब्यबहारमा अपनाउन सक्दछ । साथै संयुक्त राष्ट्रद्वारा गरिएको निर्णयलाई मान्न कटिबद्ध हुन्छ ।
  2. संयुक्त राष्ट्रमा सदस्यताको लागि कुनै पनि राष्ट्रको प्रवेशको लागि संयुक्त राष्ट्र सुरक्षा परिषदको सिफारिशमा महासभाले निर्णय गर्न सक्दछ ।

मूलतः मात्र स्वतन्त्र राष्ट्रहरू मात्रै सयुक्त राष्ट्र सङ्घको सदस्य बन्न सक्दछन र बास्तविकरूपमा सबै सदस्य स्वतनत्र राष्ट्र छन् । तर संयुक्त राष्ट्रको ४ वटा संस्थापक राष्ट्र - बेलारुस, भारत, फिलिपिन्सयुक्रेन संयुक्त राष्ट्र प्रवेश गर्दा पूर्णरूपले स्वतन्त्र थिएन ।

वास्तविक सदस्य राष्ट्रहरू[सम्पादन गर्ने]

सदस्य राष्ट्रहरूलाई प्रवेश र उनीहरूसँग सम्बन्धित मिति दिइएको तालिकामा प्रस्ट्याइएको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

नोट[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]