बङ्गलादेश टेलिभिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गलादेश टेलिभिशन
देशबङ्गलादेश
प्रधान कार्यालयरामपुरा, ढाका
कार्यक्रम
भाषा(हरू)बाङ्ला
स्वामित्व
मालिकबङ्गलादेश सरकार
प्रमुख व्यक्तिKazi Abu Zafar Mohammad Hassan Siddiqui
इतिहास
संस्थापकबङ्गलादेश सरकार
कडीहरू
वेबसाइटbtv.gov.bd

बङ्गलादेश टेलिभिशन (बङ्गाली: বাংলাদেশ টেলিভিশন) संक्षिप्त रूपमा बिटिभी द्वारा परिचित, बङ्गलादेशमा सरकारी स्वामित्वमा रहेको एक दूर्दशन सञ्जाल हो। यस दूर्दशनले लगभग २ मिलियन टेलिभिजन नेटवर्क द्वारा १७ सहायक स्टेसनहरूबाट प्रसारणहरू प्राप्त गर्दछ।[१]

यसको मुख्य प्रसारण स्टेसन ढाका सहरको रामपुरा क्षेत्रमा अवस्थित छ। यसका साथै यसमा चट्टग्राम सहरको पाहाडतली क्षेत्रमा स्थानीय प्रसारण स्टेशन रहेको छ। यो टेलिभिजनको प्रसारण देशका प्रमुख सहरहरूमा रहेका स्थानीय सहायक स्टेसनहरू मार्फत सम्पूर्ण देशमा प्रसारण हुन्छ। चट्टग्राम अवस्थित क्षेत्रीय स्टेसनले साँझमा स्थानीय कार्यक्रमहरू प्रसारण गर्दछ।[२] मध्य १९९० को दशकको बीचमा राष्ट्रिय टिभी च्यानलले बीबीसी र सीएनएनको समाचार कार्यक्रमहरू प्रसारण गर्न शुरू गरेको थियो। सन् २००४ मा, बङ्गलादेश टेलिभिजन ले यसको उपग्रह आधारित शाखा, बिटिभी वर्ल्ड मार्फत विश्वव्यापी प्रसारण शुरू गरेको थियो।

बिटिभीले मुख्यतया टेलिभिजन अनुमति पत्र शुल्क मार्फत केही आमदानी गर्छ। यद्यपि यसले धेरै पुरस्कार जित्ने कार्यक्रमहरू उत्पादन गरेको छ। यो प्रायः सत्तारूढ सरकारको मुखपत्र र गुणस्तर मनोरञ्जन कार्यक्रमहरूको अभावको कारण आलोचित भएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश टेलिभिजनले सन् १९६४ डिभिजन २५ का दिन फैरदासी रहमानको एक गीत प्रसारण गर्दै रङ बिनाको प्रसारण गर्न शुरू गरेको थियो। द्वितीय टेलिभिजन केन्द्र बङ्गलादेश (तत्कालीन पूर्वी पाकिस्तान) मा स्थापन गरिएको थियो। पाकिस्तान टेलिभिजन नगमको उद्घाटन सन् १९६४ डिसेम्बर २५ का दिन ढाकाको डिआईटी भवन (वर्तमान राजउक भवन) मा गरिएको थियो। सन् १९७२ मा बङ्गलादेशको स्वतन्त्रता पछि पहिलेको स्वायत्त सङ्गठनलाई पूर्ण सरकारी विभाग बनाइएको थियो भने सन् १९७५ मा कार्यलय र प्रसारण केन्द्र ढाकाको रामपुरमा सारिएको थियो। सन् १९८० देखि बङ्गलादेश टेलिभिजनले देशेर गान नामक एक कार्यक्रम प्रसारण गर्दै यसले रङ्गीन प्रसारण गर्न शुरू गरेक‍ थियो। सन् २००४ मा, बङ्गलादेश टेलिभिजन ले यसको उपग्रह आधारित शाखा, बिटिभी वर्ल्ड मार्फत विश्वव्यापी प्रसारण शुरू गरेको थियो।[३]

बङ्गलादेश टेलिभिजनमा मुनिर चौधरी द्वारा लिखित लेखेका "एकतला डोटाला" नामक नाटक सन् १९६५ मा प्रसारण गरिएको थियो।यस टेलिभिजनले सन् १९६७ मा एक साबुनको प्रचार गर्दै वाणिाज्य शुरू गरेको थियो।

प्रसारण हुने कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

  • जदि किछु मने ना करेन (सन् १९६७-६८, १९८२-८५
  • फजले लोहानीर उपत्हापित सयागाजिन जातिय अनुष्ठान
  • हारजित (सन् १९७३-७४
  • सप्तुबर्णा (सन् १९७५-७६)
  • आपना, डारुर (सन् १९७० को दशक)
  • आनन्दमेला (सन् १९७५-हाल)
  • चतुरङ्गा (सन् १९७८-७९)
  • भरा नदीर बाँके (सन् १९९० को दशक)
  • इत्यादि (सन् १९८९-हाल)
  • शुभेच्छा (सन् (१९९७)
  • सिसमपुर (सन् २००४-हाल)
  • नतुन कुँडि (सन् १९८८, १९७६-२००४)
  • मुखरा रमणी वशीकरण (सन् १९८० को दशक)
  • कोथाओ केड नेइ
  • आज रबिबार
  • मिना

लोकप्रिय नाटकहरू[सम्पादन गर्नुहोस्]

  • सम्पादना
  • मुखरा रमणी बशीकरण (सन् १९८० को दशक)
  • सङ्शप्तुक
  • कोथाओ केड नेइ
  • आज रबिबार
  • बहुब्रीहि
  • नक्षत्रेर बात

अन्तर्राष्ट्रिय कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

सन् १९८० देखि सन् २००० को दशकको अन्तसम्म बङ्गलादेश टेलिभिजनले बच्चाहरूका लागि कार्यक्रम, कार्टुनहरू र लोकप्रिय अङ्ग्रेजी टेलिभिजन शृङ्खलाहरू सहित धेरै अन्तर्राष्ट्रिय कार्यक्रमहरू प्रसारण गरेको थियो।

बङ्गलादेश टेलिभिजनमा प्रसारण हुने केही अङ्ग्रेजी कार्यक्रमहरू यस प्रकार छन्;

  • अ डिस्नी क्रिसमस गिफ्ट
  • अमेजन टेलिभिजन शृङ्खला १९९९
  • आलिफ लेला
  • बबार (टेलिभिजन शृङ्खला)
  • ब्रुम (टेलिभिजन शृङ्खला)
  • बहमास इन पिजामास
  • बोनिक सिक्स
  • क्याप्टेन प्लानेट एण्ड द प्लाण्टर्स
  • केयर बियर्स
  • चार्ली च्यापलिन
  • डार्क जष्टिस
  • अर्थ: फाइनल कन्फ्लिक्ट
  • फेमिली लाइज
  • गोड्जिल्ला: द सिरिज
  • हर्कुलस; द लेजेण्डडेरी जर्नीस्
  • नाइट राइडर्स
  • कुङ फु (टेलिभिजन शृङ्खला)
  • मियामी भाइस
  • मिष्ट्रियस आइल्याण्ड
  • मोर्टल कम्ब्याट
  • जङ्गल बुक
  • मिष्टर बिन
  • ओसियन गर्ल
  • रेभन
  • समुराई एक्स
  • स्काई ट्र्याकर्स
  • टिम नाइट राइडर
  • द ए-टिम
  • द इकुलाइजर
  • द फल गाई
  • द गर्ल फ्रम टुमारो
  • द लष्ट वर्ल्ड
  • द मिराकुलस मिलप्स
  • द न्यू एडभाञ्चर अफ जनी क्वेष्ट
  • द न्यु एडभाञ्चर अफ रबिन हुड
  • द रियल घोष्टबुष्टर
  • द विजार्ड
  • ट्विन पिक्स
  • थण्डर इन प्याराडाइज
  • द एक्स-फाइल्स
  • द सेन्सेटिभ समुराई
  • टम एण्ड जेरी
  • थण्डर क्याट्स

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "বাংলাদেশের টেলিভিশন", বাংলাদেশ.কম, मूलबाट २२ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २००८ 
  2. "Media men slam ministry for poor BTV standards", The Daily Star, २२ जुलाई २००४, अन्तिम पहुँच २४ जुन २०११ – UCLA International Instituteद्वारा। 
  3. Deepita, Novera (४ फेब्रुअरी २००६), "From BTV to ETV and beyond: The television revolution", The Daily Star, अन्तिम पहुँच ६ अगस्ट २०१७  वेब्याक मेसिन अभिलेखिकरण १३ मार्च २०१६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]