सामग्रीमा जानुहोस्

युरोपेली संसद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युरोपेली संसद भवन (ब्रसेल्समा अवस्थित)

युरोपेली संसद ( EP ) युरोपेली संघको निर्वाचित संसदीय निकाय हो। युरोपेली संघ र युरोपेली आयोगको परिषद सँग मिलेर यसले युरोपेली संघको विधायिका कार्य सम्हाल्छ। संसदमा ७५१ सदस्यहरू (पहिले ७६६) छन्, जसले भारतको संसद (२००९ मा मा ३७.५ करोड मतदाताहरू थिए) पछि विश्वको दोस्रो ठूलो मतदाता प्रतिनिधित्व गर्दछ। [१] [२] [३] यो सन् १९७९ देखि हरेक पाँच वर्षमा सार्वभौमिक मताधिकारद्वारा निर्वाचित हुँदै आएको छ।

काम कर्तव्य र अधिकार

[सम्पादन गर्नुहोस्]

संसद र परिषदलाई द्विसदनात्मक पद्धतिको दुई अलग सदनको रुपमा तुलना गर्न सकिन्छ। [४]

विधायिका कार्य

[सम्पादन गर्नुहोस्]

आयोगले संसद र परिषदमा प्रस्ताव पेस गर्छ र विषयवस्तुमा दुवै सहमत भए मात्र सो प्रस्ताव कानुन बन्न सक्छ। प्रस्ताव संसदले पूर्ण बहुमतद्वारा स्वीकृत वा अस्वीकृत गर्न सक्छ वा बहुमत बाट नै संशोधन सहित स्वीकार गर्न सक्छ। यदि परिषदले यसलाई स्वीकार नगरेमा एक "कन्सिलिएसन कमिटी" बनाइन्छ। कमिटिमा परिषदका सदस्य र संसद सदस्य रहन्छन् र सझौताको सम्भावनाको खोजी गर्छन् । यदी कुनै प्रस्तावमा सहमती भयो भने, त्यसलाई संसदको सामान्य बहुमतले पारित गर्नुपर्छ ।

१९७० को दशकका बजेटरी सन्धिहरू र लिस्बन सन्धि यता, संसद र परिषद युरोपेली संघको बजेटरी अख्तियार पनि हो।

युरोपेली लेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा अघिल्लो बजेटको कार्यान्वयनको जिम्मेवारी पनि संसदको हो। यसले सन् १९८४ र १९९८ मा दुई पटक मात्रै डिस्चार्ज दिन अस्वीकार गरेको छ ।

कर्यपालिका नियन्त्रण

[सम्पादन गर्नुहोस्]

युरोपेली आयोगको अध्यक्षको प्रास्ताव संसदको लागि भएको युरोपेली चुनावको आधारमा युरोपेली परिषदद्वारा गरिन्छ।[५] त्यो प्रस्तावलाई संसदले (संसदका बहुमत सदस्यहरूद्वारा) अनुमोदन गर्नुपर्नेछ जसले सन्धि अनुसार राष्ट्रपतिलाई "निर्वाचित" गर्छ। आयोगका अध्यक्षको स्वीकृतिपछि, आयोगका सदस्यहरूको प्रस्वात अध्यक्षद्वारा सदस्य राष्ट्रहरुसँग सहमतिमा हुन्छ । प्रत्येक आयुक्त प्रस्तावित पोर्टफोलियो कभर गर्ने सम्बन्धित संसदीय समितिको सुनुवाइमा आउँछन्। त्यसपछि, उनीहरूलाई एक निकायको रूपमा, संसदले स्वीकृत वा अस्वीकृत हुन्छन्।[६][७]

सुपरिवेक्षण शक्ति

[सम्पादन गर्नुहोस्]
National apportionment of MEP seats (total 705)
 जर्मनी
96 (13.62%)
 फ्रान्स
79 (11.21%)
 इटाली
76 (10.78%)
 स्पेन
59 (8.37%)
 पोल्यान्ड
52 (7.38%)
 रोमानिया
33 (4.68%)
 नेदरल्यान्ड
29 (4.11%)
 बेल्जियम
21 (2.98%)
 चेक गणतन्त्र
21 (2.98%)
 ग्रीस
21 (2.98%)
 हङ्गेरी
21 (2.98%)
 पोर्तगाल
21 (2.98%)
 स्विडेन
21 (2.98%)
 अस्ट्रिया
19 (2.70%)
 Bulgaria
17 (2.41%)
 डेनमार्क
14 (1.99%)
 फिनल्यान्ड
14 (1.99%)
 स्लोभाकिया
14 (1.99%)
 आयरल्यान्ड
13 (1.84%)
 क्रोएसिया
12 (1.70%)
 लिथुआनिया
11 (1.56%)
 लात्भिया
8 (1.13%)
 स्लोभेनिया
8 (1.13%)
 एस्टोनिया
7 (0.99%)
साइप्रस साइप्रस
6 (0.85%)
 Luxembourg
6 (0.85%)
ढाँचा:MLT
6 (0.85%)

सांसदहरूलाई मेम्बर्स अफ युरोपियन पार्लियामेन्ट (अङ्ग्रेजी: Members of the European Parliament, MEPs) भनेर चिनिन्छ। तिनीहरू हरेक पाँच वर्षमा बालिग मताधिकारद्वारा निर्वाचित हुन्छन् र राजनीतिक निष्ठा अनुसार बस्छन्। करिब ४० प्रतिशत महिला छन् । प्रत्यक्ष चुनाव हुनुअघि, १९८९ मा, तिनीहरूको राष्ट्रिय संसदहरूले नियुक्त गरेका थिए।

वार्षिक खर्च

[सम्पादन गर्नुहोस्]

युरोपेली संसदको वेबसाइटका अनुसार, २०२१ को लागि वार्षिक संसद बजेट € २.०९४ बिलियन थियो, जुन इयु बजेटको १.२ % हुन्छ। मुख्य खर्च :[८]

  • ४५% – कर्मचारी (कर्मचारी खर्च, अनुबंध एजेन्ट, भाषिक सेवाहरू)
  • २२% – सञ्चालन खर्च (भवन, आईटी, प्रशासन)
  • २६% – राजनीतिक गतिविधि (सदस्य, राजनीतिक समूह, पार्टी र फाउण्डेशनका गतिविधिहरू)
  • ६% – सञ्चार

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Brand, Constant; Wielaard, Robert (८ जुन २००९), "Conservatives Post Gains In European Elections", The Washington Post, Associated Press, मूलबाट २७ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१० 
  2. Ian Traynor (७ जुन २००९), "Misery for social democrats as voters take a turn to the right", The Guardian (UK), मूलबाट ५ अगस्त २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१० 
  3. "18 new MEPs take their seats", European Parliament, १० जनवरी २०१२, मूलबाट ११ मई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१२ 
  4. "Bicameral Traits At EU Level", European Parliamentary Research Service, २५ जनवरी २०१३, अन्तिम पहुँच २९ अप्रिल २०१६, "A bicameral structure for the European Union has been proposed on numerous occasions. A frequent suggestion, and one designed to address the EU's alleged democratic deficit, is for a second chamber composed of national parliamentarians alongside the European Parliament. However, it is also argued that the EU already has a second chamber, the Council of the EU – representing Europe's nations, with the first chamber, the EP, representing its citizens. In regard to this latter view there are differing opinions." 
  5. "The Union's institutions: The European Parliament", European Parliament, मूलबाट १ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २००७ 
  6. "Background Information: Election of the European Commission", European Parliament, अन्तिम पहुँच १ जुलाई २००७ 
  7. "Oversight over the Commission and Council", European Parliament, अन्तिम पहुँच १२ जुन २००७ 
  8. "Parliament's budget", europarl.europa.eu (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०९-१७