मानवशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानव जातिको विकास तथा विकासक्रमको अध्ययन गर्ने शास्त्रलाई मानवशास्त्र भनिन्छ | मानवशास्त्र अङ्ग्रेजी भाषाको Anthropology शब्दको नेपाली रूपान्तरण हो। Anthropology शब्द ग्रीक भाषाको Anthropos र Logia(Science) शब्द मिलेर बनेको हो। यसरी Anthropology अङ्ग्रेजी शब्दको अर्थ The Science of man (मानवको विज्ञान) भन्ने हुन्छ। नेपाली भाषामा प्रयोग हुँदै आएको मानवशास्त्र शब्द मानव र शास्त्र शब्दको योगबाट बनेको हो। यहाँ मानवको अर्थ मनुष्य वा मानिस हो भने शास्त्रको अर्थ व्यवस्थित विज्ञान हो। यसरी नेपाली भाषाको मानवशास्त्र शब्दको अर्थ पनि मानवसम्बन्धी विज्ञान भन्ने हुन्छ।