ढाँचा वार्ता:नेपालका विश्वविद्यालयहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

त्रिभुवन विश्वविद्यालय : त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठुलो राष्ट्रिय विश्वविद्यालय हो। यो विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा छ। हाल यो विश्वविद्यालयमा १,५०,००० विद्यार्थी अध्यनरत छन्। कृषि तथा पशु विज्ञान, वनविज्ञान, इन्जिनियरिंग, विज्ञान तथा प्रविधि , चिकित्साशास्त्र , समाजविज्ञान , मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकीमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ। यस विश्वविद्यालयका ६० आंगिक तथा ४१६ सम्वन्धन प्राप्त क्याम्पसहरू रहेका छन् । यो विश्वविद्यालयले हाल पनि नेपालको उच्चशिक्षामा ७५ प्रतिशत भन्दा बढीको भार बोकीरहेको छ। साथै यो विश्वविद्यालय नेपालको थिंकट्यांकको रूपमा पनि चिनिन्छ।

महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत बनाइएको ): नेपालको दोस्रो पुरानो र काठमाडौँ उपत्यका बाहिर दाङ जिल्लामा स्थापित यो विश्वविद्यालय १९८६ मा स्थापना भएको हो। संस्कृत शिक्षाको उच्च तह आयुर्वेद, तथा आधुनिक शिक्षामा समेत पढाइ हुने यो विश्वविद्यालयको कार्यालय वसन्तपुरमा रहेको छ। नेपाल संस्कृत विश्वविद्यालय वेव साइट

काठमाडौं विश्वविद्यालय: सन् १९९१ को डिसेम्बरमा स्थापित नेपालको पहिलो तथा एकमात्र निजी विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा रहेको छ । व्यवस्थापन, वाणिज्य, विज्ञान तथा चिकित्साशास्त्रको यो विश्वविद्यालयमा पढाइ हुने गरेको छ। हाल काठमाडौँ विश्वविद्यालयमा २०७२ जति विद्यार्थी अध्यानरत छन। काठमाडौँ विश्वविद्यालय वेव साइट

पूर्वाञ्चल विश्वविद्यालय: पूर्व नेपालको विराटनगर सहरमा स्थापित नेपालको पहिलो क्षेत्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालय सन् १९९५ मा स्थापना भएको हो पूर्वाञ्चल विश्वविद्यालय वेव साइट

पोखरा विश्वविद्यालय: पश्चिम नेपालको पोखरा सहरमा अवस्थित छ। यो विश्वविद्यालय सन् १९९६ मा स्थापना भएको हो। हाल यस विश्वविद्यालयमा ४९०० विधार्थी अध्यनरत छन् । यो विश्वविद्यालयमासँग आंगिक र सम्बन्धनप्राप्त गरी देशभरी २४ वटा क्याम्पस रहेका छन। पोखरा विश्वविद्यालय वेव साइट

लुम्विनी विश्वविद्यालय: सन् २००५ मा स्थापित यो विश्वविद्यालयमा आउदो शैक्षिक सत्र देखि मात्र बुध्द दर्शनमा पढाइ सुरु हुनेछ यो विश्वविद्यालय भगवान बुध्दको जन्मस्थल लुम्विनीमा स्थापना भएको छ।

नेपाल कृषि तथा वन विश्वविद्यालय (स्थापना हुन बाँकी): कृषीप्रधान नेपालमा कृषि तथा बातावरण जोगाउन वनको अझ महत्व दर्साउन त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशुविज्ञान अध्यान संस्थानको भरतपुरको रामपुर स्थित केन्द्रीय क्याम्पस, लम्जुडको सुन्दर बजार कृषि क्याम्पस, पक्लिहवा भैरहवाको पक्लिहवा कृषि क्याम्पसका साथै हेटौडामा रहेको त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्यान संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरामा अवस्थित वनविज्ञान क्याम्पस लाई मिलाई कृषि तथा वन विश्वविद्यालय, भरतपुरमा निकट भविष्यमा स्थापना हुँदैछ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय(स्थापना हुन बाँकी): सुर्खेतको वीरेन्द्रनगरमा उपकुलपतिको कर्यालय राखी मध्यपश्चिमाञ्चल विकासक्षेत्रभरि क्याम्पस विस्तार गरिने छ। यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (स्थापना हुन बाँकी): डोटीको दिपायल वा कैलालीमामा उपकुलपतिको कर्यालय राखी सुदूरपश्चिमाञ्चल विकासक्षेत्र भरी क्याम्पस विस्तार गरिने छ। यो विश्वविद्यालय पनि क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।

खुल्ला विश्वविद्यालय(स्थापना हुन बाँकी):सरकारले खुला विश्वविद्यालयको विश्वभरी सफल अवधारणालाई नेपालमा पनि कार्यान्वयन गर्न नेपालमा पनि खुल्ला विश्वविद्यालय खोल्ने घोषणा गरेको छ।