महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस
२६°२६′४४.४″उ ८७°१६′२५.७″पू / 26.445667°N 87.273806°E
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस | |
प्रकार | पब्लिक सहशिक्षा |
---|---|
स्थापना | १९५५ (वि.सं. २०१२)[१] |
सम्बन्धन | त्रिभुवन विश्वविद्यालय |
Principal | Dr. Ramavatar Sharan |
एकेडमिक कमचारीहरू | १६५ |
विद्यार्थीहरू | ३२३४[२] |
Address | , |
भाषा | नेपाली, अङ्ग्रेजी |
वेबसाइट | www.mmamc.edu.np |
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस (English: Mahendra Morang Adarsh Multiple Campus) बिराटनगरमा स्थित त्रिभुवन विश्वविद्यालयको एक आङ्गिक क्याम्पस हो । १९५५ मा स्थापित महेन्द्र मोरङ अदर्श बहुमुखी क्याम्पस, जिल्लामा त्रिभुवन विश्वविद्यालयको सबैभन्दा पुरानो आङ्गिक क्याम्पस हो ।[३] यस क्याम्पसमा १६५ शैक्षिक कर्मचारीहरू र ३२३४ विद्यार्थीहरु छन् ।[४] १५ अप्रिल २०१८ मा, त्रिभुवन विश्वविद्यालयले कलेज प्रशासनमा बाबु राम तिमल्सिना को नेतृत्वमा निर्वाचित गर्यो जसलाइ प्रायः "क्याम्पस प्रमुख"भन्ने गरिन्छ ।[५]
इतिहास
[सम्पादन गर्नुहोस्]प्रदेश न. एकमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको एक आङ्गिक क्याम्पस हो । यस क्याम्पसको स्थापना वि.सं. २०१२ मा मोरङ्ग इंटरमीडिएट कलेजको नाममा भएको थियो । स्थापनाको पहिलो वर्षमा नै मानविकी संकायमा शत प्रतिशत परिणाम ल्याउन सफल भयो ।[६] परिसर भवनको निर्माण वि.सं. २०१८ मा सम्पन्न भयो । महेन्द्र वीर विक्रम शाहद्वरा वि.सं. २०२० मा भवन उद्घाटन भएपछी मोरङ कलेज अगाडी महेन्द्र नाम थप्न कलेज प्रशाशनले राजा महेन्द्रलाई बिन्ती पत्र पठाएपछि वि. सं. २०२२ माघ ३ गतेका दिन स्विकृति प्राप्त गरी "महेन्द्र" क्याम्पसको नाममा थपिएको थियो । यसरी वि. सं. २०२४ चैत्र ६ गते महेन्द्र मोरङ कलेज नाम राखिएको थियो। २०२८ मा नयाँ शिक्षा लागू भएपछि त्रिभुवन विश्वविद्यालयले यसलाई आङ्गिक क्याम्पसको रूपमा परिणत गर्यो । त्रिभुवन विश्वविद्यालय को केन्द्रीय कार्यालय समेत यहाँ भएको हुनाले यसको पूरा नाम २०३३ मा महेन्द्र मोरङ आदर्श बहुमुखी केन्द्रीय क्याम्पस रखिएको थियो। डीनको कार्यालय काठमाडौँ सरेपछि यसलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस भनिन्छ ।[७]
उल्लेखनीय भूतपूर्व विद्यार्थीहरू
[सम्पादन गर्नुहोस्]क्याम्पसका केही प्रख्यात स्नातकहरू निम्न हुन्:
- नेपालको राष्ट्रपति, विद्यादेवी भण्डारी[८][९][१०][११][१२]
- नेपालको सर्वोच्च अदालतको पूर्व प्रधान न्यायधीश, सुशीला कार्की[१३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "History of Mahendra Morang Adarsh Multiple Campus", अन्तिम पहुँच १९ अक्टोबर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २९ जुलाई २०१८ मिति
- ↑ "महेन्द्र मोरङ क्याम्पस: प्राज्ञिक उत्कृष्टता केन्द्रको सम्भावना", अन्तिम पहुँच १९ अक्टोबर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-१९ मिति
- ↑ "महेन्द्र मोरङ अदर्श बहुमुखी क्याम्पस को इतिहास", अन्तिम पहुँच १३ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-२९ मिति
- ↑ "महेन्द्र मोरङ क्याम्पस: प्राज्ञिक उत्कृष्टता केन्द्रको सम्भावना", अन्तिम पहुँच १३ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-१९ मिति
- ↑ "मोरङ क्याम्पस विश्वविद्यालय बन्नुपर्छ" (Nepaliमा), १६ जुलाई २०१८, अन्तिम पहुँच १३ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २३ डिसेम्बर २०१८ मिति
- ↑ "History of Mahendra Morang Adarsh Multiple Campus", अन्तिम पहुँच ८ फेब्रुअरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण २९ जुलाई २०१८ मिति
- ↑ "महेन्द्र मोरङ क्याम्पस: प्राज्ञिक उत्कृष्टता केन्द्रको सम्भावना", अन्तिम पहुँच ८ फेब्रुअरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-१९ मिति
- ↑ "Global Influence Of Women In Politics", अन्तिम पहुँच ७ फेब्रुअरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण २० अक्टोबर २०१८ मिति
- ↑ "आफ्नै क्याम्पसमा राष्ट्रपति भण्डारीको अभिनन्दन हुने", अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।
- ↑ "आफैं पढेको क्याम्पसबाट सम्मानित हुँदै राष्ट्रपति भण्डारी", अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।
- ↑ "राजनीति सुरु गरेको क्याम्पस आउँदै राष्ट्रपति भण्डारी", अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।
- ↑ "राष्ट्रपति आज विराटनगर आउँदै", अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।
- ↑ "Biography of Bidhya Devi Bhandari: First Female President of Nepal", अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।[स्थायी मृत कडी]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विश्वविद्यालय तथा शिक्षण संस्थासँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |