सामग्रीमा जानुहोस्

सुशीला कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुशीला कार्की
आधिकारिक तस्वीर
नेपालको अन्तरिम प्रधानमन्त्री
अन्तरिम
कार्यकाल
२७ भदौ २०८२  १३ चैत २०८२
राष्ट्रपतिरामचन्द्र पौडेल
पूर्वाधिकारीकेपी शर्मा ओली
उतराधिकारीबालेन्द्र शाह
नेपालको २५औँ प्रधानन्यायाधीश[]
कार्यकाल
२०७३ असार २७  २०७४ जेठ २४
नियुक्ति कर्ताविद्यादेवी भण्डारी (नेपालको राष्ट्रपति)
पूर्वाधिकारीकल्याण श्रेष्ठ
उतराधिकारीगोपाल पराजुली
व्यक्तिगत विवरण
जन्म२००९ जेठ २५
(वर्ष ७३)[]
शङ्खरपुर, विराटनगर, मोरङ जिल्ला, नेपाल[]
जीवनसाथीदुर्गाप्रसाद सुवेदी
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
बनारस हिन्दु विश्वविद्यालय

सुशीला कार्की (जन्म:२००९ जेठ २५) नेपालकी पूर्वप्रधानमन्त्री[] तथा सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश हुन्। उनी नेपालको प्रथम महिला प्रधानन्यायाधीश र नेपालको पहिलो महिला प्रधानमन्त्री पनि हुन्।[] प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले नेपालको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदको लागि उनको नाम सिफारिस गरेको थियो।[][] कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन्। उनी २०७३ असाढ २७ देखि २०७४ जेठ २४ सम्म नेपालको प्रधानन्यायाधीश थिइन्।

भदौ २०८२ मा भएको सरकार विरोधी जेन जी आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए जसको परिणाम स्वरूप प्रतिनिधि सभा विघटन गर्ने[] र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई २६ भदौ २०८२ मा सरकार प्रमुख बनाउने गरी सहमति जुटेको थियो[] र उनले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी थिइन्।[]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

उनी आफ्नो पिताको सात सन्तानमध्ये जेठी हुन्। उनको परिवार किसानी गर्दथे।[] उनीहरू विराटनगर स्थित बीपी कोइरालाको परिवारसँग नजिक थिए। सुशीलाका बुवाले उनलाई डाक्टर बनाउन चाहे पनि उनले भने अध्ययनका लागि कानुन रोजेको थिइन्। बनारस हिन्दु विश्वविद्यालय वाराणसीमा अध्ययनरत रहँदा नेपाली काङ्ग्रेसका युवा नेता दुर्गाप्रसाद सुवेदीसँग भेट भई उनीहरूको विवाह समेत भएको थियो।[]

सुशीलाले महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बिए र बनारस हिन्दु विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी थिइन्।[] त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी थिइन्।[]

व्यवसायिक जीवन

[सम्पादन गर्नुहोस्]

न्यायधीशको रूपमा

[सम्पादन गर्नुहोस्]

उनको व्यावसायिक जीवन भने शिक्षण पेशाबाट सुरु भएको थियो। उनले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापन गरेकी थिइन्। उनी विराटनगरस्थित पुनरावेदन अदालतको बार अध्यक्षसमेत थिइन्। २०३५ सालबाट वकालत सुरु गरेकी उनी सन् २०६५ मा सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा प्रवेश गरेकी थिइन्। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति हुनुपूर्व कार्की सर्वोच्च अदालतकै वरिष्ठ न्यायाधीश बनेकी थिइन्।[] २०६५ माघ ९ मा सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी उनी २०६७ मङ्सिर २ मा स्थायी न्यायधीश बनेकी थिइन्। [] प्रधानन्यायाधीशको रुुपमा सपथ २०७३ असार २७ मा लिएकी थिइन्। उनले न्यायाधीश हुँदा थुप्रै चर्चित मुद्दाहरूमा फैसला गरेकी थिइन्।[१०]

उल्लेखनीय फैसलाहरू

[सम्पादन गर्नुहोस्]

असफल महाभियोग

[सम्पादन गर्नुहोस्]

प्रधानन्यायाधीश रहेकै बेला सुशीला कार्की विरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरूले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको र कार्यसम्पादन क्षमता नभएको आदि कारण देखाउँदै महाभियोगको प्रस्ताव दर्ता गरेका थिए, जुन असफल भएको थियो।[१३] कार्की विरुद्ध १७ वैशाख २०७४ मा सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली काङ्ग्रेसनेकपा (माओवादी केन्द्र)का २४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो। तुरुन्तै कार्कीलाई निलम्बित भएको पत्र पनि दिइएको थियो।[१४] नेकपा (एमाले) लगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद् बैठकमा यो विषयले सहज प्रवेश पाउन भने सकेको थिएन। २२ वैशाखमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी बनाएका थिए र कार्की पुन: सर्वोच्च अदालत फर्किएकी थिइन्।[१५]

सर्वोच्च अदालतबाट विदा

[सम्पादन गर्नुहोस्]

प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि २०७४ जेठ २३ मा सर्वोच्च अदालतबाट बिदा भएकी थिइन्। उनको कार्यकाल बुधबार (जेठ २४ गते) सकिएको थियो।[१६]

कार्कीले दुई पुस्तकहरू प्रकाशित गरिसकेकी छिन्। उनको पहिलो आत्मकथात्मक पुस्तक न्याय २०७५ असोज १२ मा प्रकाशित भएको थियो[१७] र उनको दोस्रो पुस्तक, उपन्यास कारा, मङ्सिर २०७६ मा प्रकाशित भएको थियो।[१८]

प्रधानमन्त्री

[सम्पादन गर्नुहोस्]

२०८२ को जेनजी आन्दोलन पछि, प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका थिए जसले नयाँ सरकारको माग सिर्जना गरेको थियो। ३ दिनको छलफल र रस्साकस्सी पछि,२o८२ भदौ २७ शुक्रबार संविधानको धारा–६१ अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा चयन गरिएको थियो, जसले गर्दा उनी नेपालको इतिहासमा यस पदमा रहने पहिलो महिला प्रधानमन्त्री बन्न पुगेकी थिइन्।[१९] उनकै सिफारिसमा प्रतिनिधि सभा विघटन भएको थियो र उक्त सरकारले ६ महिना भित्र प्रतिनिधि सभाको निर्वाचन गर्ने गरि सहमति भएको थियो।[२०] उनी नेपालको संविधान २०७२को धारा ६१ को उपधारा ४ बमोजिम चुनाबी सरकारको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी थिइन्।[२१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "First woman Chief Justice of Nepal, Sushilaa Karki, takes a path", ११ जुलाई २०१६, अन्तिम पहुँच १ डिसेम्बर २०१७
  2. 1 2 3 4 "Sushila Karki recommended for Chief Justice", १० अप्रिल २०१६।
  3. 1 2 http://www.wikinepal.org/sushila-karki/ अभिलेखिकरण २०१६-०४-२० वेब्याक मेसिन
  4. "सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-१२
  5. 1 2 3 4 http://www.ndtv.com/world-news/nepal-gets-first-woman-chief-justice-sign-of-changing-attitudes-1395219
  6. http://www.business-standard.com/article/news-ani/karki-to-be-chief-justice-of-nepal-s-supreme-court-116041100432_1.html
  7. "शीतलनिवासमा जुट्यो सहमति : सुशीला कार्कीको आजै शपथ, प्रतिनिधिसभा विघटन हुने", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २६ भदौ २०८२
  8. "राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २६ भदौ २०८२
  9. "नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २६ भदौ २०८२
  10. 1 2 3 "सुशीला कार्कीका आधा दर्जन बहुचर्चित फैसला", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २६ भदौ २०८२
  11. "Justice with conviction", The Kathmandu Post, २०१८-०२-१९।
  12. "सुशीलालाई जसले न्यायाधीश बनायो, उसैले गलहत्यायो", अनलाइन खबर (नेपालीमा), २०७४ वैशाख १७, अन्तिम पहुँच २५ भदौ २०८२
  13. "सुशीला कार्कीमाथिको त्यो महाभियोग, जबराले जसलाई जोगाए !", रातोपाटी (नेपालीमा), २०७४ वैशाख १७, अन्तिम पहुँच २५ भदौ २०८२
  14. "प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता, पदबाट निलम्बित", रातोपाटी (नेपालीमा), २०७४ वैशाख १७, अन्तिम पहुँच २५ भदौ २०८२
  15. "महाभियोगको पटाक्षेप", नेपाल राष्ट्रिय साप्ताहिक (नेपालीमा), २०७४ वैशाख १७, अन्तिम पहुँच २५ भदौ २०८२
  16. "सर्वोच्च अदालतबाट बिदा भइन् प्रधानन्यायाधीश कार्की", अन्नपूर्ण पोष्ट (नेपालीमा), २०७४ वैशाख १७, अन्तिम पहुँच २५ भदौ २०८२
  17. "सुशीला कार्कीको आत्मकथा ‘न्याय’लोकार्पण", साझा पाना (नेपालीमा), अन्तिम पहुँच २५ भदौ २०८२
  18. "पूर्वप्रधानन्यायाधीश कार्कीको उपन्यास ‘कारा’ बजारमा", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २५ भदौ २०८२
  19. "पहिलो महिला सरकार प्रमुख बनिन् सुशीला कार्की", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-१२
  20. "६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-१२
  21. "सुशीला कार्की प्रधानमन्त्री नियुक्त", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-१२

‍‍

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
राजनीतिक कार्यकाल
पूर्वाधिकारी नेपालको प्रधानमन्त्री (अन्तरिम)
२०८२ भदौ–चैत
उतराधिकारी