हंसपुर, कास्की
स्वरूप
हंसपुर, कास्की | |
|---|---|
पूर्व गाविस | |
| निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | कास्की जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | २४.२ किमी२ (९.३ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ३,६३५ |
| • घनत्व | १५०/किमी२ (३९०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
हंसपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लापर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू स्याक्लुङ कोट, लिप्यानी, रामकोट, भुमेस्थान, देउराली मन्दिर, औतारी माईको स्थान, सरस्वती मन्दिर आदि हुन भने इन्द्र गुफा प्राकृतिक पर्यटकीय स्थल हो।[१] एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३,६३५ रहेको थियो जसमध्ये १,५८१ पुरुष र २,०५४ महिला रहेका थिए भने यहाँ ९६३ घरधुरी रहेको थियो।[२] यसको साविकका (१-४, ६,७,९) वडाहरू हाल रुपा गाउँपालिकामा पर्दछ भने (५,८) वडाहरू मादी गाउँपालिकामा पर्दछ।
यसको साविकका १-४, ६,७,९ नम्बर वडाहरू वडाहरू रुपा गाउँपालिकाको वडा नम्बर ७ हो भने ५,८ वडाहरू मादी गाउँपालिकाको वडा नम्बर १२ हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।
- ↑ "राष्ट्रिय जनगणना २०६८", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपालीमा), १४ वैशाख २०८१।