अर्मला
स्वरूप
अर्मला | |
|---|---|
पूर्व गाविस | |
| निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | कास्की जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | ३०.४ किमी२ (११.७ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ५,३२८ |
| • घनत्व | १८०/किमी२ (४५०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
अर्मला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू अर्मलाकोट मन्दिर, झाङकोट, भुमे स्थान, बौद्घ गुम्बा, लक्ष्मीनारायण मन्दिर, कालभैरवी रहेका छन भने अर्मलाकोट-झ्याङकोट, चोडेडाँडा, ढिकीडाँडा, -पाराग्लाईडिङ), कुट गुफा, सिप्लेकुना गुफा र नौधारे छहरा प्राकृतिक पर्यटकीय स्थलहरू हुन्।[१] एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५३२८ रहेको थियो जसमध्ये २३७६ पुरुष र २९५२ महिला रहेका थिए भने यहाँ १३३६ घरधुरी रहेको थियो। यो हाल पोखरा महानगरपालिकामा पर्दछ।
यो पोखरा महानगरपालिकाको वडा नम्बर १६ हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"। कास्की जिल्ला विकास समिति।