घान्द्रुक
स्वरूप
घान्द्रुक | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°Eनिर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | कास्की जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ४,२६५ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
घान्द्रुक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। घान्द्रुक पोखराबाट ३२ किलोमिटर उत्तर-पश्चिम र मुख्य पोखरा बागलुङ राजमार्गबाट १९ किलोमिटरको दुरीमा अवस्थित छ। [१] एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२६५ रहेको थियो जसमध्ये २०५४ पुरुष र २२११ महिला रहेका थिए भने यहाँ ११०२ घरधुरी रहेको थियो।[२] घान्द्रुक प्राय गरी अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने नेपाली तथा विदेशी पर्यटकहरूमा एक चिरपरिचित गन्तब्यको रूपमा लिइन्छ। घान्द्रुक गाउँबाट अन्नपूर्ण हिमाल, माछापुचारे, गंगापूर्ण र हिउँचुली हिमालको चुचुरो देख्न सकिन्छ र यो पुनहिलको प्रवेशद्वार पनि हो। [३]
तस्वीरहरू
[सम्पादन गर्नुहोस्]-
घान्द्रुकको एक मनोरम दृश्य
-
घान्द्रुक गाउ
-
घान्द्रुकबाट देखिने अन्नपुर्णको दृश्य
-
साझमा घान्द्रुकको दृश्य
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Himalaya, Trip, "घान्द्रुक", घान्द्रुक।
- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ Alliance, Treks, "Ghandruk", Ghandruk।