सामग्रीमा जानुहोस्

निर्मलपोखरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निर्मलपोखरी
पूर्व गाविस
निर्मलपोखरी मा पर्दछ गण्डकी प्रदेश
निर्मलपोखरी
नेपालको नक्सामा निर्मलपोखरीको अवस्थिति
निर्मलपोखरी मा पर्दछ नेपाल
निर्मलपोखरी
निर्मलपोखरी (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
क्षेत्रफल
  जम्मा१७.८ किमी (६.९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४,०२७
  घनत्व२३०/किमी (५९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

निर्मलपोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११०४ रहेको थियो जसमध्ये १७५३ पुरुष र २२७४ महिला रहेका थिए भने यहाँ १०८८ घरधुरी रहेको थियो।[] यस गाविसमा गणेशस्थान, कोत भैरव मन्दिर, जलकन्यादेखि मन्दिर, शिव मन्दिर, जलदेवी मन्दिर, गोपेश्वर शिव मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने झिमल थुम, फोक्सिंह डाँडा, काहुले डाँडा, कोत डाँडा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन। यी डाँडाहरूबाट पोखरा उपत्यका, सेती नदी, अन्नपूर्ण हिमालको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।[] यो हाल पोखरा महानगरपालिकामा पर्दछ।

यो पोखरा महानगरपालिकाको वडा नम्बर २१ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग
  2. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]