भदौरे तमागी
स्वरूप
भदौरे तमागी | |
|---|---|
पूर्व गाविस | |
पञ्चासे लेकको काखमा रहेको भदौरे गाउँ | |
| निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | कास्की जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | २७.२ किमी२ (१०.५ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ३,२५७ |
| • घनत्व | १२०/किमी२ (३१०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
भदौरे तमागी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२५७ रहेको थियो जसमध्ये १४६८ पुरुष र १७८९ महिला रहेका थिए भने यहाँ ८७५ घरधुरी रहेको थियो।[१] यस गाविसमा क्युलुवराह स्थान, देवीस्थान मन्दिर, सिद्ध बराह, माझथुम आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने पञ्चासे, पञ्चधाम आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्।[२] यसको साविकका (३-९) वडाहरू पोखरा महानगरपालिकामा पर्दछ भने (१,२) वडाहरू अन्नपूर्ण गाउँपालिकामा पर्दछ।
यसको साविकका १-२ वडाहरू अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ हो भने ३-९ वडाहरू पोखरा महानगरपालिकाको वडा नम्बर २३ हो।
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]- भदौरे तमागी स्थित कृषिमा संलग्न महिलाहरू
- भदौरे तमागीको एक मनोरम दृश्य
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"। कास्की जिल्ला विकास समिति।