धम्पुस
धम्पुस
धम्पुस | |
---|---|
city | |
जनसङ्ख्या (2001) | |
• जम्मा | २९५० |
धम्पुस नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो ठाउँमा ६२० वटा घर छन। यहाँ पुग्नको लागि पर्यटकहरू गाडिमा भन्दा पैदल मानै जाने गर्छन्। यो ठाउँ अझ फ्लिम सुटिङ्को लागि निकै प्रसिद्ध छ। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू धम्पुसकोट, भुमे मन्दिर, नेवोताल वराह, सिद्घवराह मन्दिर आदि रहेका छन भने पाराग्लाईडिङको लागि थाक डाँडा, तप्राङ मैदान आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २००१को जनगणना अनुसार धम्पुसको जनसङ्ख्या २९५० छ।[२] यस मध्य पुरुष ४७%, र महिला ५३% छन।
- धम्पुस
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।
- ↑ "नेपाल जनगणना २००१", अन्तिम पहुँच मे १९।
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
अधिकांश पर्यटक माछापुच्छे्र हेर्न पोखरा जान्छन्। तर, माछापुच्छे्रको असली दृश्यावलोकन गर्ने हो भने धम्पुसजस्तो राम्रो ठाउँ अरू कुनै छैन। माछाको पुच्छर आकारको टुप्पो भएकाले यसको नाम माछापुच्छे्र भएको हो भनेर तपाईँले पढ्नुभएकै होला, धम्पुस जानुस् देख्नु पनि हुनेछ।
धम्पुस पुग्न सजिलो छ, पोखराबाट जम्मा २५ किलोमिटर पश्चिम। पोखराको बाग्लुङ बसपार्कबाट बाग्लुङ जाने बस छुट्छन्। यहाँबाट सार्वजनिक बस समातेर वा ट्याक्सी लिएर आधा घण्टामै फेदी पुग्न सकिन्छ। यहाँबाट शुरु हुन्छ, जङ्गलले घेरा हालेको उकालो बाटोमा पदयात्रा। छिटो हिँड्नेलाई एक घण्टा, ढिलो हिँड्नेलाई दुई घण्टा, त्यसपछि आइहाल्छ- गन्तव्य धम्पुस ! धम्पुसबाट देखिने हिमालमात्र होइन, पोखराबाट फेदीसम्म गाडीमा यात्रा गर्दा देखिने फाँट, खोलाहरू पनि कम मनमोहक छैनन्। फेदीमा भएका होटलहरूमा सजाएर राखिएका सुकुटी देख्दा नखाई बस्नै सकिँदैन। डाँडा पुग्नासाथ शुरु हुने धम्पुसका होटल, सफावस्ती र स्वागत गर्न बसिरहेका धम्पुसबासीको व्यवहारले पर्यटकलाई यसरी लोभ्याउँछ कि एक रातका लागि जानेलाई पनि बसाइँ लम्ब्याउन मन लाग्छ। रात बस्न धम्पुसमा सफा, सुग्घर र सस्ता होटलहरू पाइन्छन्।
अधिकांश पर्यटक माछापुच्छे्र हेर्न पोखरा जान्छन्। तर, माछापुच्छे्रको असली दृश्यावलोकन गर्ने हो भने धम्पुसजस्तो राम्रो ठाउँ अरू कुनै छैन। माछाको पुच्छर आकारको टुप्पो भएकाले यसको नाम माछापुच्छे्र भएको हो भनेर तपाईँले पढ्नुभएकै होला, धम्पुस जानुस् देख्नु पनि हुनेछ।
प्रवेशः पोखरा
यातायातः ट्याक्सी, बस, पैदल
बासः होटल, क्याम्प
अवधिः १―२ दिन
आकर्षणः माछापुच्छ्रे र गुरुङ संस्कृति
उचित मौसम असोज-वैशाख
खर्चः रु.३००-रु.७०० (प्रति दिन)
उचाइः १७५० मीटर
१७५० मिटर अग्लो धम्पुसमा कोदो, धान, आलु, सागको राम्रो उब्जनी हुन्छ। रासायनिक मल बिनाको तरकारी, झवाइँखट्टे (घ्यूमा चामल झानेको कोदोको रक्सी) सुकुटी, लोकल कुखुरा खाँदै हिमालको सौन्दर्य नजिकबाट नियालेर बस्नु कम आनन्ददायी हुँदैन। यहाँको मौसम पनि गज्जबको छ, न धेरै जाडो न गर्मी।