सामग्रीमा जानुहोस्

माझठाना

निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माझठाना
पूर्व गाविस
माझठाना is located in गण्डकी प्रदेश
माझठाना
नेपालको नक्सामा माझठानाको अवस्थिति
माझठाना is located in नेपाल
माझठाना
माझठाना (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
क्षेत्रफल
 • जम्मा१६.८ किमी (६.५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,९९३
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

माझठाना नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २९९३ रहेको थियो जसमध्ये १२५४ पुरुष र १७३९ महिला रहेका थिए भने यहाँ ८३३ घरधुरी रहेको थियो।[] हरिहर गुफा यहाँको प्राकृतिक पर्यटकीय स्थल हो।[] यसको साविकका (१,४-९) वडाहरू पोखरा महानगरपालिकामा पर्दछ भने (२,३) वडाहरू मादी गाउँपालिकामा पर्दछ।

तत्कालीन श्री ३ महाराज चन्द्र समशेर जबराले "माझठानाको टारी, बैदामको बारी र आर्वाको घारी" एकै ठाउँमा भएको भए नेपालको राजधानी काठमाण्डौबाट पोखरा सार्ने थिएँ भन्ने भनाइ किम्बदन्तीका रूपमा चर्चामा रहेकाले पनि माझठानामा प्रशस्त उब्जाउ भूमि रहेको सहज अनुमान लगाउन सकिन्छ।

यसको साविकका २-३ नम्बर वडाहरू वडाहरू मादी गाउँपालिकाको वडा नम्बर १२ हो भने १,४-९ वडाहरू पोखरा महानगरपालिकाको वडा नम्बर २८ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]