पाताले छाँगो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाताले छाँगो
डेभिज फल्स
पाताले छाँगो is located in नेपाल
पाताले छाँगो
नक्सा
स्थानपोखरा, कास्की, नेपाल
निर्देशाङ्क२८°११′N ८३°५८′E / २८.१९°N ८३.९६°E / 28.19; 83.96 (डेभिज फल्स)निर्देशाङ्कहरू: २८°११′N ८३°५८′E / २८.१९°N ८३.९६°E / 28.19; 83.96 (डेभिज फल्स)
झरना सङ्ख्या

पातले छाँगो वा डेभिज फल्स (Davis Falls)को नामले चिनिने यो झरना कास्की जिल्लाको पोखरामा अवस्थित छ ।[१][२]जमीनको सतह भन्दा तल गुप्तेश्वर गुफा तर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो ।[३] एउटा प्राकृतिक सुरुंगको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म झर्दछ । सन् १९६१ मा फेवा तालमा पौडदै गर्दा एक जना स्विस पर्यटक अप्रत्यासित रूपले आएको बाढीको कारण पानीमै बगीन र उसलाई उसको श्रीमानले जोगाउन सकेन यसै प्रकार, त्यस महिलाको शरीर कहिले पनि भेटाउन सकिएन जसको फलस्वरूप यस पाताले छाँगोलाई त्यस महिलाको नाम बाटै डेभिज फल नामाङ्कित गरियो ।

पर्यटन[सम्पादन गर्नुहोस्]

डेभिस फलमा अधिकांश भारतीय पर्यटक आउने गरेका छन् । डेभिस फल परिसरभित्र पानीको झरनाबाहेक ‘विसपुल’ र ‘मनोरञ्जन पार्क’ पनि आकर्षक स्थलहरू हुन् । शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरूले पनि यस स्थललाई पहिलो रोजाइ बनाउने गरेका छन् । डेभिस फलको प्राचीन नाम ‘पातले छाँगो’ हो । स्थानीय छोरेपाटन उच्च माविले यसको संरक्षणको जिम्मा लिएको छ । पोखराको पर्यटन विकासका लागि डेभिस फलको आकर्षण प्रमुख रहेको छोरेपाटन उच्च माविका प्राचार्य लक्ष्मण थापा बताउँछन् । [४]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Beautiful Pokhara", The Himalayan Times (अङ्ग्रेजीमा), २०१७-१२-०३, अन्तिम पहुँच २०१८-०६-२६ 
  2. "हराएको सगरमाथा बिलाएको पाताले छाँगो", nepalihimal.com (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-२६ 
  3. "Discover the Sheer Beauty of Davis Falls", Nepal.com। 
  4. "अभियान डेभिस फल", abhiyan.com।