सामग्रीमा जानुहोस्

पोकली झरना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोकली झरना
पोकली झरना मा पर्दछ नेपाल
पोकली झरना
झरनाको स्थान
नक्सा
स्थाननेपाल
निर्देशाङ्क२७°२५′२८″N ८६°१६′१७″E / 27.424476°N 86.271343°E / 27.424476; 86.271343
जम्मा उचाइ१३० मिटर
पानीको धारालिखू नदी

पोकली झरना नेपालको कोशी प्रदेशको ओखलढुङ्गा जिल्लाको पोकलीमा अवस्थित नेपालको एक झरना हो। यो झरना करिब १३० मिटर[][] अग्लो छ। लिखु खोलाको उत्तरपूर्वबाट झर्ने यो झरनानजिकै पर्ने घना जङ्गलले ढाकेको गौरी वन पोकलीको अर्को आकर्षण हो। खोलाको चट्टाने भागमा बजारिँदै झरेको पानीको बेग आनन्द दिने खालको छ। चट्टानमा पानी ठोक्किएर आकाशबाट पानी दर्किंदा समय-समयमा इन्द्रेणीसमेत लाग्छ यहाँ। झरनाको नजिकै पर्ने माधव मन्दिरले पोकली क्षेत्रलाई धार्मिक स्थलका रूपमा समेत चिनाएको छ। माधवलाई भगवान् शिवको पुरानो रूपसमेत मानिन्छ। ओखलढुङ्गाको सदरमुकामदेखि पश्चिममा पर्ने पोकली झरना पुग्न १२ घन्टे पैदल यात्रा गर्नुपर्छ। तर, राजधानी काठमाडौंदेखि सोझै पोकली झरना पुग्न भने करिब दुई सय किलोमिटरको दूरी पार गरेर एक घन्टा पैदल हिँड्नुपर्छ। काठमाडौंबाट काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुली, रामेछाप जिल्लाहुँदै पोकली झरना पुग्न सकिन्छ।[]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]