नमस्ते झरना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नमस्ते झरना
Namaste Waterfall.JPG
नमस्ते झरनाको मनमोहक दृश्य
नमस्ते झरना is located in नेपाल
नमस्ते झरना
स्थानभेडेटार, धनकुटा, नेपाल
निर्देशाङ्क२६°५१′३२″उ॰ ८७°१९′१३″पू॰ / २६.८५८८९°N ८७.३२०२८°E / 26.85889; 87.32028निर्देशाङ्कहरू: २६°५१′३२″उ॰ ८७°१९′१३″पू॰ / २६.८५८८९°N ८७.३२०२८°E / 26.85889; 87.32028
झरना संख्या

नमस्ते झरना धनकुटाको भेडेटार गाउँ विकास समितिमा रहेको छ। नमस्ते झरना आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्य बन्दै गएको छ। पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारभन्दा आठ किलोमिटर टाढा सिम्सुवामा रहेको करिब ८० मिटरको झरना हेर्न आउने आन्तरिक पर्यटकको सख्या वढ्दै गएको छ। धनकुटा, झापा, मोरङ, सुनसरीलगायतका जिल्लाबाट हरेकवर्ष ठूलो संख्यामा मानिसहरु नमस्ते झरना हेर्न पुग्ने गरेका छन्। यो झरना करिव ५० मीटर माथिबाट खस्दछ। यो झरना हेर्न जति नजिक गयो त्यति हराउदै जान्छ कारण यो अग्लो ठाउँबाट झर्ने र त्यसको आसपासमा रुखपातहरु बढेर छेल्ने भएकोले दृश्य नजिकबाट त्यति देखिन्दैन। उक्त स्थान हेर्नलाई सिम्सुवा मोडबाट खालै खोला भएर उकालो लागेर झरना नजिक पुग्न सकिन्छ र अघाउन्जेल सप्तरङ्गी इन्द्रणीको दृष्य हेर्न पाइन्छ। यस स्थान सम्म पुग्न पैदल बाटोको व्यवस्था गर्न सकेमा पर्यटकहरु खुव घुम्न आउने र त्यो स्थानको नाम प्रचार प्रसार भइ थप जिर्णोदार हुने थियो। राजमार्गबाट एक किमि मात्र टाढा तर पैरोको डर, खोल्सीमा भालु सिस्नुको डर र एकान्त छाँगो भएकोले जो कोही एक्लै दोक्लै जान कोहि पनि सक्दैनन्। यो झरनाको शीरलाई लिम्बूनी लोहोसे भनिन्छ। सो झरना नमस्ते बाजे अर्थात गोबिन्द राज लिम्बूको घर छेउबाट यदी दुरविन लगाएर हेर्ने हो भने प्रकृति प्रेमी पर्यटकहरु त्यसै मन्त्र मुग्न हुन्छन। झरना सम्बन्धि अनुसन्धान गर्ने अनुसन्धानकर्ताको लागि सुगम स्थान तर चुनौती पूर्ण खोच पनि हो।[१]

पर्यटन[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नमस्ते झरना", जिल्ला विकास समितिको कार्यालय, धनकुटा। 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]