द्वारी झरना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

द्वारी झरना दैलेख जिल्लाको द्वारी गा. वि. स.मा पर्ने द्वारी खोलाको एक झरना हो। दुर्गम भेक सडक नहुँदा झरना हेर्न जाने पर्यटकहरु न्यून छन् । दैलेखमा रहेको द्वारी झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । सामान्य ज्ञानका पुस्तकमा समेत द्वारी झरनाबारे सामाग्री प्रकाशित भएको झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो ।

द्वारी झरना
द्वारी झरना is located in नेपाल
द्वारी झरना
झरनाको अवस्थिति
नक्सा
स्थानद्वारी गा. वि. स.,दैलेख जिल्ला, नेपाल
निर्देशाङ्क२८°५४′३०″N ८१°४९′४०″E / २८.९०८४°N ८१.८२७९°E / 28.9084; 81.8279निर्देशाङ्कहरू: २८°५४′३०″N ८१°४९′४०″E / २८.९०८४°N ८१.८२७९°E / 28.9084; 81.8279
प्रकारखोला
अवनतिकरीब १००० मि
जम्मा उचाइ६१ मिटर
झरना सङ्ख्या
पानीको धाराद्वारी खोला

नौमुले गाउँपालिका- ३ द्वारीमा रहेको ६१ मिटर अग्लो यस झरनाको प्राकृतिक सौन्दर्यसँगै सुन्दर वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ। दैलेख सदरमुकाम दैलेख बजारबाट १८ किलोमिटर मोटर यात्रापछि करिब ६-७ घण्टा पैदल यात्रा गरेपछि द्वारी झरना पुगिन्छ। झरना भएको स्थानमा पुग्ने हरेक पर्यटकलाई यहाँको मनोरम प्राकृतिक झंकारले लोभ्याउँछ। झरनाबाट झरेको पानीको छाँगामा रुझ्न, खेल्न र हेर्न विभिन्न जिल्लाबाट पर्यटक आउने गरेको छ।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

https://paschimnepal.com/2017/08/11066/