सामग्रीमा जानुहोस्

द्वारी झरना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

द्वारी झरना दैलेख जिल्लाको द्वारी गा. वि. स.मा पर्ने द्वारी खोलाको एक झरना हो। दुर्गम भेक सडक नहुँदा झरना हेर्न जाने पर्यटकहरु न्यून छन् । दैलेखमा रहेको द्वारी झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । सामान्य ज्ञानका पुस्तकमा समेत द्वारी झरनाबारे सामाग्री प्रकाशित भएको झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो ।

द्वारी झरना
द्वारी झरना मा पर्दछ नेपाल
द्वारी झरना
झरनाको अवस्थिति
नक्सा
स्थानद्वारी गा. वि. स.,दैलेख जिल्ला, नेपाल
निर्देशाङ्क२८°५४′३०″N ८१°४९′४०″E / 28.9084°N 81.8279°E / 28.9084; 81.8279
प्रकारखोला
अवनतिकरीब १००० मि
जम्मा उचाइ६१ मिटर
झरना सङ्ख्या
पानीको धाराद्वारी खोला

नौमुले गाउँपालिका- ३ द्वारीमा रहेको ६१ मिटर अग्लो यस झरनाको प्राकृतिक सौन्दर्यसँगै सुन्दर वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ। दैलेख सदरमुकाम दैलेख बजारबाट १८ किलोमिटर मोटर यात्रापछि करिब ६-७ घण्टा पैदल यात्रा गरेपछि द्वारी झरना पुगिन्छ। झरना भएको स्थानमा पुग्ने हरेक पर्यटकलाई यहाँको मनोरम प्राकृतिक झंकारले लोभ्याउँछ। झरनाबाट झरेको पानीको छाँगामा रुझ्न, खेल्न र हेर्न विभिन्न जिल्लाबाट पर्यटक आउने गरेको छ।

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

https://paschimnepal.com/2017/08/11066/