टोड्के झरना
Jump to navigation
Jump to search
टोड्के झरना Todake Jharana | |
---|---|
![]() टोड्के झरनाको मनमोहक दृश्य | |
स्थान | सन्दकपुर गाउँपालिका,वडा नं- २ माइमझुवा,इलाम, नेपाल |
निर्देशाङ्क | २६°५६′N ८७°४७′E / २६.९३°N ८७.७९°Eनिर्देशाङ्कहरू: २६°५६′N ८७°४७′E / २६.९३°N ८७.७९°E |
झरना सङ्ख्या | १ |
टोड्के झरना इलामको माइमझुवा, सन्दकपुर गाउँपालिकामा अवस्थित रहेको छ ।[१] टोड्के झरना आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्य बन्दै गएको छ । इलाम जिल्लाको सदरमुकाम इलाम नगरपालिकाबाट २५ किलोमिटर उत्तरमा रहेको यो झरनासम्म पुग्न केहीबेर पैदल हिड्नु पर्ने हुन्छ । यो झरना हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वढ्दै गएको छ । धनकुटा, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लाबाट हरेकवर्ष ठूलो सङ्ख्यामा मानिसहरू टोड्के झरना हेर्न पुग्ने गरेका छन् । समुद्र सतहबाट १,६०० मिटरको उचाईमा अवस्थित यो झरना ८५ मिटर अग्लो छ । माईखोला भन्दा करिब ४० मिटर पश्चिममा अवस्थित यो झरना इलाम जिल्लाकै अग्लो झरना हो ।[२][३][४]
पर्यटन[सम्पादन गर्ने]
तस्विरहरु[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "पर्यटकलाई टोड्के झरना पुग्नै सकस", इलाम पोस्ट, इलाम पोस्ट, ९ मंसिर, २०७३, अन्तिम पहुँच ९ मंसिर।
- ↑ "अद्भुत इलाम", कारोबार दैनिक, कारोबार डेली, ३० फागुन, २०७३, अन्तिम पहुँच ३० फागुन।
- ↑ "टोड्के झरना, इलाम", समुद्रपारी, अन्तिम पहुँच १२ जुन २०१७।
- ↑ "इलामको झरनाहरू", इहोलीस्टिक, अन्तिम पहुँच ११ जनवरी २०१७।