सामग्रीमा जानुहोस्

टोड्के झरना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टोड्के झरना
Todake Jharana
टोड्के झरनाको मनमोहक दृश्य
टोड्के झरना is located in नेपाल
टोड्के झरना
नक्सा
स्थानसन्दकपुर गाउँपालिका,वडा नं- २ माइमझुवा,इलाम, नेपाल
निर्देशाङ्क२६°५६′N ८७°४७′E / २६.९३°N ८७.७९°E / 26.93; 87.79 (टोड्के झरना)निर्देशाङ्कहरू: २६°५६′N ८७°४७′E / २६.९३°N ८७.७९°E / 26.93; 87.79 (टोड्के झरना)
झरना सङ्ख्या

टोड्के झरना इलामको माइमझुवा, सन्दकपुर गाउँपालिकामा अवस्थित रहेको छ ।[] टोड्के झरना आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्य बन्दै गएको छ । इलाम जिल्लाको सदरमुकाम इलाम नगरपालिकाबाट २५ किलोमिटर उत्तरमा रहेको यो झरनासम्म पुग्न केहीबेर पैदल हिड्नु पर्ने हुन्छ । यो झरना हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वढ्दै गएको छ । धनकुटा, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लाबाट हरेकवर्ष ठूलो सङ्ख्यामा मानिसहरू टोड्के झरना हेर्न पुग्ने गरेका छन् । समुद्र सतहबाट १,६०० मिटरको उचाईमा अवस्थित यो झरना ८५ मिटर अग्लो छ । माईखोला भन्दा करिब ४० मिटर पश्चिममा अवस्थित यो झरना इलाम जिल्लाकै अग्लो झरना हो ।[][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पर्यटकलाई टोड्के झरना पुग्नै सकस", इलाम पोस्ट, इलाम पोस्ट, ९ मंसिर, २०७३, अन्तिम पहुँच ९ मंसिर [स्थायी मृत कडी]
  2. "अद्भुत इलाम", कारोबार दैनिक, कारोबार डेली, ३० फागुन, २०७३, अन्तिम पहुँच ३० फागुन  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१३ मिति
  3. "टोड्के झरना, इलाम", समुद्रपारी, अन्तिम पहुँच १२ जुन २०१७ 
  4. "इलामको झरनाहरू", इहोलीस्टिक, अन्तिम पहुँच ११ जनवरी २०१७ [स्थायी मृत कडी]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]