ह्यातुङ झरना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ह्यातुङ झरना
नक्सा
स्थाननेपालको तेह्रथुम जिल्लाको इसिबुसम्दु गाविस बीच
अवनतिलगभग १५०० मिटर
जम्मा उचाइ३६५ मिटर[२]
जम्मा चौडाइ२०० मिटर
औसत चौडाइ२०० मिटर
पानीको धाराह्यातुङ झरना (तमोर नदीको सहायक)

ह्यातुङ झरना तेह्रथुम जिल्लामा रहेको पर्यटकीय स्थल हो । एसियाकै अग्लो भनिएको झरनाको उचाई ३६५ मिटर रहेको छ ।[३][४] यो झरना नेपालकै सबैभन्दा अग्लो हो भने यो विश्वकै सबैभन्दा अग्ला ३० झरनाहरूमा पर्दछ ।[५] ह्यातुङ झरना सदरमुकाम म्याङलुङ देखि ९ कोष उत्तरमा सम्दु गाविसमा पर्दछ । सदरमुकाम देखि लगभग १ दिन पैदल हिडे पश्चात यो झरना पुग्न सकिन्छ । सप्तरङ्गी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडेझैँ गरी माथिबाट बेगले तल झरेको देखिन्छ। वाटोमा सामान्य पाटी पौवा र खाने बस्ने एवं टेलीफोनको सुविधा रहेको छ।[२] [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]