ह्यातुङ झरना
स्वरूप
| ह्यातुङ झरना | |
|---|---|
![]() | |
| स्थान | नेपालको तेह्रथुम जिल्लाको इसिबु र सम्दु गाविस बीच |
| अवनति | लगभग १५०० मिटर |
| जम्मा उचाइ | ३६५ मिटर[१] |
| जम्मा चौडाइ | २०० मिटर |
| औसत चौडाइ | २०० मिटर |
| पानीको धारा | ह्यातुङ झरना (तमोर नदीको सहायक) |
ह्यातुङ झरना तेह्रथुम जिल्लामा रहेको पर्यटकीय स्थल हो । एसियाकै अग्लो भनिएको झरनाको उचाई ३६५ मिटर रहेको छ ।[२][३] यो झरना नेपालकै सबैभन्दा अग्लो हो भने यो विश्वकै सबैभन्दा अग्ला ३० झरनाहरूमा पर्दछ ।[४] ह्यातुङ झरना सदरमुकाम म्याङलुङ देखि ९ कोष उत्तरमा सम्दु गाविसमा पर्दछ । सदरमुकाम देखि लगभग १ दिन पैदल हिडे पश्चात यो झरना पुग्न सकिन्छ । सप्तरङ्गी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडेझैँ गरी माथिबाट बेगले तल झरेको देखिन्छ। वाटोमा सामान्य पाटी पौवा र खाने बस्ने एवं टेलीफोनको सुविधा रहेको छ।[१] [३]
