ह्यातुङ झरना
स्वरूप
ह्यातुङ झरना | |
---|---|
स्थान | नेपालको तेह्रथुम जिल्लाको इसिबु र सम्दु गाविस बीच |
अवनति | लगभग १५०० मिटर |
जम्मा उचाइ | ३६५ मिटर[२] |
जम्मा चौडाइ | २०० मिटर |
औसत चौडाइ | २०० मिटर |
पानीको धारा | ह्यातुङ झरना (तमोर नदीको सहायक) |
ह्यातुङ झरना तेह्रथुम जिल्लामा रहेको पर्यटकीय स्थल हो । एसियाकै अग्लो भनिएको झरनाको उचाई ३६५ मिटर रहेको छ ।[३][४] यो झरना नेपालकै सबैभन्दा अग्लो हो भने यो विश्वकै सबैभन्दा अग्ला ३० झरनाहरूमा पर्दछ ।[५] ह्यातुङ झरना सदरमुकाम म्याङलुङ देखि ९ कोष उत्तरमा सम्दु गाविसमा पर्दछ । सदरमुकाम देखि लगभग १ दिन पैदल हिडे पश्चात यो झरना पुग्न सकिन्छ । सप्तरङ्गी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडेझैँ गरी माथिबाट बेगले तल झरेको देखिन्छ। वाटोमा सामान्य पाटी पौवा र खाने बस्ने एवं टेलीफोनको सुविधा रहेको छ।[२] [४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Hyatrung Waterfalls-365 ft.", Wikimapia.org, अन्तिम पहुँच २३ अप्रिल २०१५। [स्वयं-प्रकासित श्रोत]
- ↑ २.० २.१ "Records of Nepal", अन्तिम पहुँच २३ अप्रिल २०१५।[स्वयं-प्रकासित श्रोत]
- ↑ http://www.geocities.ws/gknepaleyn/data/data/falls.html
- ↑ ४.० ४.१ http://www.tourismofficekvt.gov.np/places/hyatangjharana/ वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-२७ मिति
- ↑ http://www.infoplease.com/ipa/A0001781.html