सिमीकोट
स्वरूप
(सिमकोटबाट अनुप्रेषित)
सिमीकोट | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २९°४४′N ८१°५०′E / 29.73°N 81.83°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | हुम्ला जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ४,३४१ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सिमीकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चलविकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, हुम्ला जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४३४१ रहेको थियो जसमध्ये २२८९ पुरुष र २०५२ महिला रहेका थिए भने यहाँ १२४९ घरधुरी रहेको थियो।[१] यो हाल सिमकोट गाउँपालिकामा पर्दछ।
करिब ३ हजार मीटर उचाईमा रहेको सिमीकोट हुम्ला जिल्लाको सदरमुकाम हो। सिम र कोट(डाँडा) मिलेर सिमकोट बनेको हो। स्थानीय बासिन्दाहरू यसलाई सिमकोट नै भन्ने गर्दछन्। यहाँ एक विमानस्थल रहेको छ जुन अहिलेसम्म कालोपत्र हुन सकेको छैन। सिमिकोट कैलाश पर्वत तथा मानसरोवर जाने ढोकाको रूपमा पनि परिचित छ। यहाँबाट वर्षेनि हजारौं धार्मिक तथा सहासिक पर्यटकहरू जाने गरेको पाइन्छ।
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
सिमीकोट उपत्यका
-
सिमिकोट एयरपोर्टबाट उड्न तयार एक इन्जिन भएको हवाइजहाज
-
वैदेशिक रोजगारमा जान लागेका आफन्तलाई सिमकोटमा विदा गर्दै
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।