सामग्रीमा जानुहोस्

किराँत काल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(किराँत अधिराज्यबाट अनुप्रेषित)

किराँत काल नेपालको इतिहासको एक काल खण्ड हो, जुन समयमा नेपालमा किराँतीहरूले शासन गर्दथे। प्रथम किराँती राजा यलम्बरले किराँत अधिराज्यको स्थापना गरेका थिए।[] काठमाडौँ उपत्यकामा पाइएका नि‍योलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि‍ नेपालमा मानि‍सको बसोबास कम्‍ति‍मा पनि‍ ९ हजार वर्ष पहि‍लादेखि‍ हुँदै आएको छ| यसले देखाएको छ कि मानिसहरू जुन शायद किराँत जातिका थिए लगभग २५०० वर्ष अगाडि यहाँ बसोबास गर्दथे। पुर्खाको कथन अनुसार हामी नौलाख किराँती जंगली र पहाडीहरूको एक भुमिपुत्र मुलबासी हो, जुन मध्य एसिया, भारत र हिमालयबाट आएर बस्न थाले। नेपालमा २७ देखि ३२ किराँत राजाहरूले करिब ८०० वर्ष शासन गरे भन्ने कुरा विभिन्न ऐतिहासिक स्रोतहरूमा उल्लेख गरिएको छ । [स्रोत नखुलेको] ति किराँत राजा का सन्तानहरू मध्ये मा सुनुवार, राई, लिम्बु, याक्खा, आदि इत्यादी जो नेपालमा मूल बासिको रुप मा चिनिन्छ। किराँतहरूको सम्पूर्ण दाजु, भाईहरु राजा हुने चलन चल्ती लाई किराँत शासन भनिन्छ: सबै ३२ किराँत राजा को एक सूची तल दिइएको छ ।

  1. राजा श्री यलम्बर - ९० वर्ष,[स्रोत नखुलेको]
  2. राजा श्री पेलं - ८१ वर्ष, [स्रोत नखुलेको]
  3. राजा श्री मेलं - ८९ वर्ष, [स्रोत नखुलेको]
  4. राजा श्री चंमिं - ४२ वर्ष, [स्रोत नखुलेको]
  5. राजा श्री धस्कं - ३७ वर्ष, [स्रोत नखुलेको]
  6. राजा श्री वलंच - ३१ वर्ष ६ महिना, [स्रोत नखुलेको]
  7. राजा श्री हुतिं - ४० वर्ष ८ महिना, [स्रोत नखुलेको]
  8. राजा श्री हुरमा - ५० वर्ष, [स्रोत नखुलेको]
  9. राजा श्री तुस्के - ४१ वर्ष ८ महिना, [स्रोत नखुलेको]
  10. राजा श्री प्रसफुं - ३८ वर्ष ६ महिना, [स्रोत नखुलेको]
  11. राजा श्री पवः - ४६ वर्ष, [स्रोत नखुलेको]
  12. राजा श्री दास्ती - ४० वर्ष, [स्रोत नखुलेको]
  13. राजा श्री चम्ब - ७१ वर्ष, [स्रोत नखुलेको]
  14. राजा श्री कंकं - ५४ वर्ष, [स्रोत नखुलेको]
  15. राजा श्री स्वनन्द - ४० वर्ष ६ महिना,
  16. राजा श्री फुकों - ५८ वर्ष, [स्रोत नखुलेको]
  17. राजा श्री शिंघु - ४९ वर्ष ६ महिना, [स्रोत नखुलेको]
  18. राजा श्री जुलम् - ७३ वर्ष ३ महिना, [स्रोत नखुलेको]
  19. राजा श्री लुकं - ४० वर्ष, [स्रोत नखुलेको]
  20. राजा श्री थोरम् - ७१ वर्ष, [स्रोत नखुलेको]
  21. राजा श्री थुको - ८३ वर्ष, [स्रोत नखुलेको]
  22. राजा श्री वर्म्म - ७३ वर्ष ६ महिना, [स्रोत नखुलेको]
  23. राजा श्री गुंजं ७२ वर्ष ७ महिना, [स्रोत नखुलेको]
  24. राजा श्री पुस्क - ८१ वर्ष, [स्रोत नखुलेको]
  25. राजा श्री त्यपमि - ५४ वर्ष, [स्रोत नखुलेको]
  26. राजा श्री मुगमम् - ५८ वर्ष, [स्रोत नखुलेको]
  27. राजा श्री शसरू - ६३ वर्ष, [स्रोत नखुलेको]
  28. राजा श्री गंणं - ७४ वर्ष, [स्रोत नखुलेको]
  29. राजा श्री खिम्बुं - ७६ वर्ष, [स्रोत नखुलेको]
  30. राजा श्री गिरीजं - ८१ वर्ष,[स्रोत नखुलेको]
  31. राजा श्री खुरांज - ७८ वर्ष, [स्रोत नखुलेको]
  32. राजा श्री जितेगस्ती - ८५ वर्ष[स्रोत नखुलेको]

काठमाडौँ पछि बनेपा, धुलिखेल, पाँचखाल केहि वर्ष राज्य गरेको प्रमाण भेटिन्छ[] त्यस पछि वल्लो किरात कोईच सुनुवारहरूले भोटेकोशी देखि दुधकोशी सम्म राज्य गरेको थिए सन् १७६८ पछि पृथ्वीनारायण शाहले वल्लो किराँत का कोइच राजासँग लडाई नगरी मुखिया पद दिने संझौता गरे पछि वल्लो किराँत सबै नेपाल राज्यमा गाभिएको थियो
माझ किराँत खम्बुवानका खम्बुहाङहरू लाई पनि राइ पद दिएर खम्बुवानलाई पनि नेपाल राज्यमा गाभे भने पल्लो किरात [[लिम्बुवान]] का लिम्बुहरू पृथ्वीनारायण शाह सग धेरै समय सम्म लडाई गर्दा पनि हारजित नभए पछि लिम्बु हाङ (राजा) र पृथ्वीनारायण शाह बिच नुनपानी सन्धि गरि लिम्बु हाङ्हरु लाइ सुब्बा पद दिई संझौता गरी पल्लो किराँत लिम्बुवानलाई पनि नेपाल राज्यसँग गाभे ।

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. "किराँत काल : नेपालको पुरानो र मौलिक सभ्यता", nepalisahityaghar.com, नेपाली साहित्य घर, अन्तिम पहुँच ९ जुन २०२३ 
  2. https://sancharkarmi.com/news-details/16417/2019-10-10