मङ्गोल नेसनल अर्गनाइजेसन
मंगोल नेसनल अर्गनाइजेसन नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष डा. गोपाल गुरुङ हुन्। मंगोल नेसनल अर्गनाइजेसनको केन्द्रीय कार्यालय ललितपुरको बागडोलमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह कुखुराको भाले थियो।[१] मंगोल नेसनल अर्गनाइजेसनले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ४,६६९ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ८,२१५ मत प्राप्त गरेको थियो।[२]
इतिहासमा मंगोलका वंशजहरू हेर्ने होभने मध्य एसियाई सुनौलो होर्द, चगताई खान (चेंगिज खानको छोरा), इल्खानत, चीनको प्रमुख युआन वंश, मध्य एसियाई तैमूरी वंश, र भारतको प्रमुख मुगल वंश, आदि सबैलाई मंगोल बन्सज मानिन्छन । मंगोल शासकको सबै भन्दा शक्तिशाली शासकलाई चेंगिज खान भनिन्छ । चाईना क्षेत्रको मोंग (Mong/Hmong) भन्ने आदिवासी सग व्यापारको क्रममा हिडीरहने अरबी (मुस्लिम) सगको संसर्ग बाट मंगोलहरूको जन्म भएको हो भन्ने पनि मान्यता रहेको छ । तेमुज्जिन खान अर्थात् चेंगिज खानको जन्म ११६२ मा भयो । (https://en.wikipedia.org/wiki/Mughal-Mongol_genealogy) उसको शारीरिक बनावटको कारण उसग सबै डराउने गर्थे ! उ यति निर्दयी थियो कि उसले आफ्नो शासनलाई उभ्याउनलाई ४,००,००,००० अर्थात ४० मिलियन मानिसको हत्या गरेको थियो । उ १२२७ मा मर्यो । तर मृत्युको कारण घुडामा चोट लागेको भनिएता पनि वास्तविक कारण कसैलाई थाहा छैन । उसलाई कहा गाडियो कसैलाई थाहा छैन । उसग उसैको देशको जनता यति रुस्ट थिए कि कसैले उसलाई सम्झन चाहदैन थियो । भनिन्छ उसलाई मंगोलियन पहाड Burkhan Khaldun वरपर गाडिएको हुन सक्छ । तर यकिन छैन ।
मंगोलहरू तेङ्ग्री धर्मका विश्वासी थिए । उनीहरू थुप्रै आत्मा तथा भगवानहरूमा विश्वास गर्दथे । तेङ्ग्री नामक देवतालाई सर्वश्रेष्ठ देवता मान्दथे । मुस्लिमलाई भारतिय इतिहासमा शत्रुको रूपमा हेरिएता पनि अलाउद्दीन खिलजीलाई भारतले यो कुरामा सम्मान नि गर्ने गरेको छ कि अलाउद्दीन कै कारण भारत मंगोल शासक बाट मुक्त भयो । मंगोलको इतिहास १५ औ शताब्दीमा नै सकी सकेको थियो तर सोभियत संघ तर्फ भागेर छिरेका मंगोलहरूले चेंगिज खानको इतिहासलाई ब्युताउने प्रयास गरियो ! फलस्वरूप चेंगिज खानलाई इतिहासको एक मंगोल शासकको रूपमा जीवित पारियो । सन् २०१८ को जनसंख्या तथ्यांक अनुसार चाईनाको कुल जनसंख्या १,४२,७६,४७,७८६ रहेको छ भने त्यहा मंगोलको संख्या केवल ५९,८१,८४० जना मात्र रहेको छन् ! चाईनाको कुल १.५ अरब जनसंख्यामा आफुलाई मंगोल हु भनेर भन्ने केवल ६० लाख मानिस मात्र रहेको छन् । कोरियन, जापानिजहरू पनि आखा चिम्सो, नाक थेप्चो भएको समुदाय हुन् तर यी देशहरूमा पनि मंगोलहरूको प्रतिशत एकदम नै न्यून रहेको छ ।
पश्चिमा इसाई समाजले आफ्नो Break and Rule नीति अनुरुप मानिसको रंग र बनावटको आधारमा ३ भागमा विभाजन गर्यो । मंगोल, निग्रो र आर्य भनेर । जब कि विज्ञानले सबै मानिस एक कोशीय जीव बाट सृष्टिको लामो कालखण्डमा बिकास भएको हो र खानपान, वातावरण, भूगोल अनुरुप मानिसको रुप, रंग, स्वरूप, आकारमा परिवर्तन आएको हो भन्ने कथनलाई मान्दछ र वैज्ञानिक रुप । यी ३ वर्ण कै रक्त समुह समान छ । मंगोलहरूको वंशावली हेर्ने हो आजभन्दा १ करोड १० लाख बर्ष पहिले पाल्पाको दोभान ताप्लेजुङको को हनङदेवा र काठमाडौ बुढानिलकण्ठ र नवरपरासि मा अव्यवस्थित प्रमाण पाईन्छ
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।