महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिका | |
---|---|
![]() महालक्ष्मी मन्दिर;लुभु | |
देश | ![]() |
प्रदेश | बागमती |
जिल्ला | ललितपुर जिल्ला |
स्थापना | मंसिर २०७१ |
सरकार | |
• मेयर | रामेश्वर श्रेष्ठ |
• उप मेयर | निर्मला थापा |
क्षेत्रफल | |
• जम्मा | २२.२ किमी२ (८.६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६२,१७२ |
• घनत्व | २८००/किमी२ (७३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-१ |
वेबसाइट | mahalaxmimun.gov.np |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
महालक्ष्मी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा लामाटार, लुभु, सिद्धिपुर, टिकाथली र इमाडोल यी ५ गाउँ विकास समितिहरूलाई समेटेर महालक्ष्मी नगरपालिका घोषणा गरिएको हो।[३][४] महालक्ष्मी नगरपालिकाको केन्द्रभने गोदावरी खोलादेखी इमाडोल गाविसको कार्यालय बीच रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
महालक्ष्मी नगरपालिका साविकका लामाटार, लुभु, सिद्धिपुर, टिकाथली र इमाडोल गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा महालक्ष्मी नगरपालिकाको कूल जनसङ्ख्या ६२,१७२ हुन्छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |