घुसेल
स्वरूप
(धुसेलबाट अनुप्रेषित)
घुसेल | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°३७′N ८५°२२′E / २७.६२°N ८५.३७°Eनिर्देशाङ्कहरू: २७°३७′N ८५°२२′E / २७.६२°N ८५.३७°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | ललितपुर जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | १,५१० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
घुसेल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५१० रहेको थियो जसमध्ये ७४३ पुरुष र ७६७ महिला रहेका थिए भने यहाँ ३०८ घरधुरी रहेको थियो।[१][२] यो हाल बागमती गाउँपालिकामा पर्दछ।
नामाकरण
[सम्पादन गर्नुहोस्]घुसेल गाउँको नाम नेपालको सरकारी तथा अन्य लेखौटहरूमा गलत तरिकाले धुसेल, बुसेल, गुसेल आदि लेखिएको वा टिपोट गरिएको पाईन्छ । घुसेलको वास्ताविक अर्थ तामाङ समुदायमा यसरी रहेको पाईन्छ । तामाङ भाषामा देव-देवीलाई "क्हु, कू, ला-कू" भन्ने गरिन्छ । अनुहार वा मुख लाई "स्ह्यल, स्यल" । यसरी देवताको अनुहार जस्तो ठाउँ भनि नामांकन गरी क्हुस्यलबाट अपभ्रंश भई हालको "घुसेल" रहेको बुझिन्छ । अझै पनि गाउँको छिमेकी जिल्लाका तामाङहरु घुसेल नभनि क्हुसेल भन्ने गरिन्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति