लुभु
लुभु | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°३७′N ८५°२२′E / २७.६२°N ८५.३७°Eनिर्देशाङ्कहरू: २७°३७′N ८५°२२′E / २७.६२°N ८५.३७°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | ललितपुर जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | १०,३७४ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
लुभु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०३७४ रहेको थियो जसमध्ये ५१२६ पुरुष र ५२४८ महिला रहेका थिए भने यहाँ २३६५ घरधुरी रहेको थियो।[१][२] यो हाल महालक्ष्मी नगरपालिकामा पर्दछ।
ललितपुको मंगलबजार हुँदै तेटास्तुप चक्रपथ ग्वार्कोबाट छ कि.मी पूर्वको लुभुको बारेमा अनेकौ आख्यान जोडिएको साँस्कृतिक नगर मानिन्छ। धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक पर्यटकीय दृष्टिकोणले महतत्वपूर्ण रहेको लुभु समुद्री सतहबाट चार हजार दुई सय २६ मिटर उचाइमा रहेको छ। ने.सं. ५६७ कोयलाछी टोलको नारायण मन्दिरमा रहेको शिलालेख अनुसार राजा यक्ष मल्लको पालामा लुभु कोटनायक ह«दयराम मुल्मीको नेतृत्वमा एउटा बलियो किल्लाको रूपमा रहेको थियो।
हंसग्रहद्रङ्गलाई लुभु भनिनुका आख्यानहरू मध्ये राजा सिद्धिनरसिंह मल्लका नाति राजा योगेन्द्र मल्ल( नें. सं. ८०४ ( ८२५ ) लाई एक पटक ललितपुरदेखि लुभुसम्म तुल विछ्याएर लगिएको थियो। राजाले लुभुमा ढकमक्क तोरीको फुल फुलेको देखेपछि खुशीले गद्गद् हुँदै थ्व थायँ ला लुँ बुँ खनि – यी ठाउँहरू त सुनको खेत रहेछ ) भनी ब्यक्त गरेछन्। त्यसैबेला देखि गाउँको नाउँनै लुँबुँ हुन पुगेको हो।
अर्को आख्यान अनुसार गङ्गाको महारानी ने.सं. ६७२ तिर आफ्नो सुनको थाल बेची महालक्ष्मी महाभैरव जात्रा चलाउनुका साथै हंसगृहद्रङ्ग वस्तीलाई ब्यवस्थित रूपमा विस्तार गरेको हँदा लुँ( वसुन र भुँ – थाललाई लुँभुँ भन्ने गरेको बताइन्छ। कान्तिपुरका राजा शिवसिंह मल्ले ने.सं. ८०३मा पाटनमा विजय प्राप्त गरी निजका छोरा हरिहरसिंह मल्लाई राजप्रतिनिधिको रूपमा शासन गर्न लगाइएको लुँभुँ दक्षिणमा श्रृङ्गमती खोला, पश्चिममा गोदावरी खोला, उत्तरमा ढुङ्गे खोलाले घरिएको छ। च्वहिटी, लाछी हिटी क्वय हिटी तीन खण्डमा विभक्त लुँभुँलाई पूर्वमा लुखाखिखा, मुगः पुखु) पश्चिममा क्वने लुखा, उत्तरमा मचालुख लाछी – जहाँ गँगा महारानीक दरबार छ ) र दक्षिणमा नासः लुखासहित चारैतिर पर्खालले घेरी शहर बसाएको बताइन्छ। तर हाल पर्खाल भग्नावशेषमा परिण भएको छ।
लुँभुँ ढोकाबाट गाउँ प्रवेश गर्नासाथ ने सं. ५७३मा स्थापित नारायण मन्दिर गराएको सरस्वती लाकेश्व्रको कलात्मक मन्दिर बाटोका दायाँ बायाँ चोक कुनामा देख्न सकिन्छ। नौ पिठ र चार तीर्थस्थलको रक्षा गरेको मानिने लुँभु देशको इष्टदेवी महालक्ष्मी, महाभैरव मन्दिर तीन तल्ले झिँगटीछाने पेगौडा शैलीयुक्त मन्दिर प्राचीन दरबार नजिकरहेको छ। लुँभुँ महालक्ष्मी महाभैुव रातो मच्छिन्द्र नाथको पाँग्रा भैरव भैरवी भएको कारण वुंगद्योको जात्रासँगै यहाँको पनि जात्रा सुरू हुने गरेको हो। मन्दिरको दोस्रो तल्लामा गणेश, महालक्ष्मी कुमार, महाभैरव र कुमारीको पाँच देवीदेवताका शिर ख्वापा पुज्ने प्रचलन रहेको छ। ने.सं. ६३२मा भारो अर्थात श्रेष्ठ समाजले निमार्ण गराएको महालक्ष्मी महाभैरव देवस्थल लुँभुँका ९ पिठ मध्ये प्रमुख मानिन्छ।ने सं. ९९८मा जीर्णोद्धार भएको महालक्ष्मी महाभैरव मन्दिरवरिपरि पोखरी, ढुङ्गेधारा रहेका छन्।
लुँभुँमा रहेका प्राचीन सम्पदा मध्ये गोभ्रातेश्वर महादेव पनि एक हो। देवताका रूपमा सादा लामो बाङ्गोढुंङ्गा पुजिदै आएको छ। लिच्छवीकालमा राजाको नाउाँपछाडि देव राखी सम्मान प्रकट गरिन्थ्यो भने देव अर्थात राजाभन्दा पनि अलौंकिक ठूलो ईश्वरलाई महादेव भन्न थालिएको हो।लुँभुँमा रहेको यो महादेव मन्दिर पाटनको महाबुद्धजस्तै शिखर शैलीमा निमार्ण गरिएको छ। गोभ्रातेश्वर महादेवका सम्बन्धमा जोडिएको अनेकौँ अलौंकिक आख्यानहरू मध्ये कामधेनु गाईको पशुपतिनाथको आराधना गर्दा आफ्नै गोवरमा महादेवको दर्शन दिएको हुँदा गोभ्रातेश्वर भन्ने गरिएको सर्वाधिक चर्चित छ। वैशाख शुक्ल, अक्षय तृतीया र मंसिर पूर्णिमा चोमरी र दुवाल ज्यापुहरूले नुहाई धुवाई पवित्रबसी , नङ काटी एक्लै सुत्ने र सेतो जामा पहिरिएर जात्रा लाउनुप¥थ्यो। हाल राणाकालमा भारतीय भट्ट ब्राम्हण झिकाएर हिन्दुस्तानी परम्परा अनुरूप पूजा गराउने प्रथा लादिएको कुरा स्थानीय बासिन्दाहरू बताउँछन्।
लँुभुँ महालक्ष्मी भैरव र गोभ्रातेश्वर मन्दिरबाट सिन्नेरी जाने बाटोछेउमा रहेको लुँभुँ देवी पिठलाई महालक्ष्मी महाभैरवकी आमा भनी पुकार्ने गरिन्छ। कथाअनुसार गंगा महारानी राज्यकाल ने.सं. ६०८मा लँुभुँ देशभरिका जनतालार्य गलगाँडले सताएछ। कारण पतालगाउँदा गोभ्रातेश्वर महादेवको शिरमा महालक्ष्मी पिठ रहेकोले हो भनी तान्त्रिकहरूले दिएको चेतावनीलाई मध्यनर राखी सो पिठलार्य हाल तीनतल्ले पेगौडा शैलीकोम महाभैरव महालक्ष्मी लायकुनजिकसारिएको बताइन्छ।पुरानो महालक्ष्मी महाभैरव पिठ खुल्ला रमणीय फाँटमा आयतकार भुइतल्ले शैलीमा रहेको छ। नौ पिठ मध्ये एक मानिने यस माता पिठको निमार्ण राजा हरिहर सिंह मल्ले अहिलेको रूप दिएको बताइन्छ। लुँभुँ धार्मिक, साँस्कृति, ऐतिहासिक पर्यटकीय दृष्टिकोणले मात्र नभई ग्रामीण पर्यटनको साथै शाहसिक खेल पर्यटनको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति