सामग्रीमा जानुहोस्

लेले

निर्देशाङ्कहरू: २७°३७′N ८५°२२′E / 27.62°N 85.37°E / 27.62; 85.37
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेले
पूर्व गाविस
लेले is located in बागमती प्रदेश
लेले
नेपालको नक्सामा लेलेको अवस्थिति
लेले is located in नेपाल
लेले
लेले (नेपाल)
निर्देशाङ्क: २७°३७′N ८५°२२′E / 27.62°N 85.37°E / 27.62; 85.37
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
क्षेत्रफल
 • जम्मा२४.०७ किमी (९.२९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८,४११
 • घनत्व३५०/किमी (९१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

लेले नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८४११ रहेको थियो जसमध्ये ४०३२ पुरुष र ४३७९ महिला रहेका थिए भने यहाँ १८२२ घरधुरी रहेको थियो।[][] यो हाल गोदावरी नगरपालिकामा पर्दछ।

यसको साविकको १-६ वडाहरू गोदावरी नगरपालिकाको वडा नम्बर ५ हो भने ७-९ नम्बर वडा वडा नम्बर ६ हो।

ललितपुरबाट १० कि.मी.को दूरीमा रहेको टीका भैरव र त्यहाँबाट २ कि.मी.को दूरीमा रहेको लेले क्षेत्रमा प्रशस्त धार्मिक र ऐतिहासिक सम्पदाहरू रहेका छन्। यस क्षेत्रमा समय समयमा विशेष मेला लागिरहने भएकोले बर्सेनि निकै टाढादेखि हजारौँ भक्तजनहरू आउने जाने गर्दछन्।

धार्मीक तथा पर्यटन स्थल

[सम्पादन गर्नुहोस्]

टीकाभैरवमा कुष्ठरोगीहरूको लागि बेलायती सहयोगमा उच्च सुविधासम्पन्न आनन्दवन लेप्रोसी हस्पिटल पनि छ। जहाँ सयौं कुष्ठरोगीहरू विना भेदभाव सेवा पाइरहेका छन्। टीकाभैरवबाट २ कि.मी.को दूरीमा प्रसिद्ध सरस्वती कुण्ड छ। यो कुण्ड विशेषगरी बालबालिकाको लागि बढी उपयोगी मानिएको छ। यस कुण्डमा बोली नफुटेका (उमेर पुगेर पनि) बच्चाहरूलाई लगेर स्वच्छ मनले पूजा गरी कुण्डको जल खान दिएमा बोली आउँछ अर्थात् बच्चाहरू बोल्न सक्छन् भन्ने विश्वास छ। यस मन्दिरमा सरस्वती पूजाको दिन काठमाडौँ, भक्तपुर र त्यो भन्दा टाढादेखि पनि थुप्रै श्रद्धालु भक्तजनहरू आउने गर्छन्। धार्मिक र ऐतिहासिक दृष्टिले निकै महत्त्वपूर्ण क्षेत्र भएर पनि यहाँ पुग्ने बाटो थॊरै कष्टसाध्य छ। यस बाटोबाट ९५ किलोमिटरको बाटोमै हेटौडा पुग्न सकिन्छ। नजीकै भएर पनि लेले क्षेत्र निकै विकट जस्तो हुन पुगेको छ। १६-१७ कि.मी.को यात्रा गर्न पनि १ घण्टा ३० मिनॆट लाग्छ। यहाँ मनकामनाको मन्दिर पनि पुन:स्थापना गरिएको छ। यो जंगलको बिचमा अवस्थित छ। यो मन्दिर सरस्वती कुन्डबाट लगभग तीन किलोमिटर टाढा काभ्रे भन्ने गाउँमा रहेको छ।

चित्र दीर्धा

[सम्पादन गर्नुहोस्]

लेले पीआईए मेमोरियल पार्क

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति