सामग्रीमा जानुहोस्

गुठिचौर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुठिचौर गाउँपालिका
गुठिचौर गाउँपालिका is located in कर्णाली प्रदेश
गुठिचौर गाउँपालिका
गुठिचौर गाउँपालिका
कर्णाली प्रदेशमा रहेको स्थान
गुठिचौर गाउँपालिका is located in नेपाल
गुठिचौर गाउँपालिका
गुठिचौर गाउँपालिका
गुठिचौर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१६′उ॰ ८२°१९′पू॰ / २९.२६७°N ८२.३१७°E / 29.267; 82.317निर्देशाङ्कहरू: २९°१६′उ॰ ८२°१९′पू॰ / २९.२६७°N ८२.३१७°E / 29.267; 82.317
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा११ ३४५
वेबसाइटआधिकारिक वेबसाइट

गुठिचौर गाउँपालिका जुम्ला जिल्लाको ७ गाउँपालिका मध्येको एक गाउँपालिका हो। नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार गुठिचौर गाउँपालिकाको कुल जनसंख्या ११, ३४५ छ।[१]

जुम्ला सदरमुकाम खलङ्गाबाट पूर्वी भेगमा पर्ने गुठिचौर उपत्यकाको फाँटिलो भूभाग पुग्न सदरमुकामबाट छ घन्टे पैदल हिड्नु पर्छ । अथवा नेपालगन्ज, सुर्खेत, दैलेख, कालीकोट हुँदै दुई दिन गाडी यात्रा पार गर्नुपर्छ। सुर्खेतबाट जुम्ला सदरमुकाम पुग्न मोटरमा दुई दिन लाग्छ। सदरमुकामबाट देपालगाउँ, गज्र्याङकोट हुँदै गुठिचौरको फाँट पुगिन्छ। ०२८ सालमा स्थापित गुठिचौर भेडा तथा बाख्रा अनुसन्धान केन्द्र केन्दिय स्तरको एक मात्र कार्यालय हो :

गुठिचौर जुम्ला जिल्लाकै एक मनोहर पर्यटकीय स्थल हो । नेपालको राज्य संरचना बिभाजन भए पछि एक स्थानीय तहको रुपमा रहेको गुठिचौर यहि रमणीय फाटको नामबाट नामाकरण गरिएको हो । बिशेष गरि गुठिचौरलाई सानो गुठिचौर र ठुलो गुठिचौर भनिन्छ । जिल्ला सदरमुकामबाट पुर्बतिर जादा पहिला गुठिचौरको वडा नम्बर 5 को धिता गाउँ अनि देपालगाउ, झार्जवाला अनि तेसपछि गुठिचौरकै अर्को 3 नम्बरको गर्ज्याङ्गकोट गाउँ आउन्छ । गर्ज्याङ्गकोट एक एतिहासिक महत्त्वपूर्ण स्थान हो यश गर्ज्याङ्गकोट गाउँमा किराँतकालमा महाभारत युद्धका प्रमुख पाात्रहरु पाण्डपहरु बनबास जादा भिमले निर्माण गरेको एक ऐतिहासिक महत्त्व बोकेको कलात्मक मन्दिर रहेको छ जसको अतिनै महत्त्व रहेको छ । यो मन्दिर जुम्ला जिल्लामा रहेका पुराना मन्दिरहरु मध्ये एक महत्त्वपूर्ण मन्दिर हो। गर्ज्याङ्गकोट बाट 2/3 घण्टा हिडेपछि सानो गुठिचौर आउन्छ जुन अहिलेको गुठिचौर 3 पर्छ भने पहिलाको गर्याङ्गकोट गा.वि.स मा पर्ने थियो। सानो गुठिचौर र ठुलो गुठिचौर को बिचमा लाग्नाकाधाले छुट्टाउने गर्छ जुन ठाउँ जुम्ला जिल्लाकै एक चर्चित ऐतिहासिक धार्मिक स्थात छ रामचुल्लो को मन्दिर रहेको छ जुन मन्दिरमा जुम्लाका किसानहरुलाई आकासबाट पानि नपरेर खडेरी परेको अबस्थामा तेहा गएर रामचुल्लो देबताको पुजाआरधाना गरेपछि पानी पर्छ र खडेरी हटछ भन्ने जनबिश्वस छ । जुन मन्दिरमा दलित, गैरदलित, ब्रहमाण, ठकुरी, भोटे, लगाएत तेसभेगमा बस्ने सबैले पूरा गर्ने गर्छन । तेस मन्दिरको पुजारी एक दलित र अर्को गैरदलित हुने ब्याबस्था छ । पहिला तेहाको पुजारी दलित समुदायको मात्रै हुने गरेको थियोे । यस रामाचुल्लोको पनि तलको मन्दिरमा अहिले पनि दलित समुदायको नै पुजारी र झाक्रि हुने व्यवस्था रहेको छ । यस गुठिचौरको पुर्बीभागमा गुफा रहेेको छ भने यस ठूलो गुठिचौरको शिरमा तिला नदिको उद्गम स्थल रहेको छ । तिला नदि कर्णाली नदिको एक सहायक नदि हो । तिला नदि कर्णाली नदिको सबैभन्दा सानो सहायक नदि हो । ठुलो गुठिचौर पहिलो ताल थियो भन्ने किम्बु दन्ति रहेको छ पछि पश्चिम भागबाट तलतिर फुटेको नदिको रुपमा रहेको छ । जनु ठाउँलाई कुडिसान्टा भनिन्छ । ठुलो गुठिचौर अहिलेको गुठिचौर गाउँपालिका वडा नम्बर 2 मा पर्छ र सानो गुठिचौर अहिलेको गुठिचौर गाउँपालिका वडा नम्बर 3 मा पर्छ यसरी अहिलेको गुठिचौर गाऊपालिकाको वडा नम्बर 2 र 3 मिलेर पुरै गुठिचौर बनेको छ । पहिला यो गुठिचौर गाबिस र गर्ज्याङ्गकोट गाबिसमा पर्ने दुई हिमालि फाटहरु मिलेर बनेको भुभाग हो । सानो गुठिचौर र ठुलो गुठिचौरको बिचमा पुर्वतिर साना फाटहरु रहेका छन्न जसलाई डाभ भनिन्छ डाभ पनि तल्लो डाभ र माथिल्लो डाभ भनिन्छ । जहाँ बर्षाको समयमा गर्ज्याङ्गकोट, प्याकुरेबाडा, उखाडि, ढल्पुरा, डाबाडा, थामिगाऊ, खल्ललबाडा, चौबिगारे, बिगारे, धितागाऊ, देपालगाऊ लगाएतका किसानहरु गाई भैसिहरु लिएर जाने गर्छन्न । डाभ र गुठिचौरका भुभागहरुमा जाजरकोटबाट पनि बर्षादको समयमा भैसिगाईहरु ल्याउने र राख्ने गरिन्छ । जुम्ला जिल्लाका अधिकांश मानिसहरु धिर खान र धुम्न जाने गर्छन् भने जुम्ला धेरै जसो बिद्यालयका बिद्यार्थीहरुको एक आकर्षक गन्तव्यका रुपमा पनि रहेको छ गुठिचौर जुम्लामा । यो कर्णाली प्रदेश सरकारले पनि गुठिचौरलाई एक पर्यटकीय स्थान वा धुम्नै पर्ने पर्टयकिय स्थान मध्येको एक स्थानमा राखेको छ ।

गुठिचौर देखि उत्तरतिरको लाक्ना डाँडा चढेपछि कान्जिरुवा हिमाल आँखैअगाडि देख्न सकिन्छ भने जुम्लाकै पातारासी हिमशृंखला लमतन्न परेको देखिन्छ। यो डाँडामा पाँचऔँले, भुत्ले, चटामरीलगायतका हिमाली जडीबुटीसमेत पाइन्छ। यहाको प्रसिद्द् गणेशस्थानको मन्दिरले रमणीय गुठिचौरको धार्मिक महत्त्वसमेत बोकेको छ।ओढारभित्र अवस्िथत यो गणेश स्वरूपको ढुंगा कसैले कुँदेको नभई आफैँ उत्पत्ति भएको विश्वास गरिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गुठिचौर गाउँपालिकाको संक्षिप्त परिचय", गुठिचौर गाउँपालिका, अन्तिम पहुँच २७ असार २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]