पुमा भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुमा
क्षेत्रखोटाङउदयपुर, नेपाल
मातृभाषी वक्ता६,७००
भाषा सङ्केतहरू
आइएसओ ६३९-३pum
ग्लोटोलगpuma1239[१]

पुमा भाषा किराँती भाषा परिवार अन्तर्गत पर्ने नेपालको कोशी प्रदेशमा लगभग ४,३१० मानिसहरूले बोल्ने (केन्द्रीय तथ्याङ्क विभागको प्रतिवेदन २०५८) एक भाषा हो। यसको वास्तविक जनसङ्ख्या केही बढी हुन सक्छ। एउटै शब्द 'पुमा'ले मानिसहरू र उनीहरूले बोल्ने भाषा दुवैलाई बुझाउँछ।

हिमालय भाषा परियोजनाले पुमाको पहिलो व्याकरणिक स्वरूप तयार पारेको थियो। वि.सं २०७६ देखि खोटाङको बराहपोखरीजन्तेढुङ्गा गाउँपालिकाका १४ वटा विद्यालयमा पुमा भाषामा पढाइँदै आएको छ।[२]

स्थानहरू[सम्पादन गर्नुहोस्]

पुमा भाषा, खोटाङ जिल्लाको दिप्लुङ, मौवाबोटे, देवस्थान, पौवासेराचिसापानी गाविसमा र उदयपुर जिल्लाको बेल्टारसौनेचौर गाविसमा बोलिन्छ। यो रुवा खोला उपत्यकादेखि बुवा खोलासम्म र दक्षिणतिर दूधकोशीमा पनि बोलिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "पुमा", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. राई, डम्बरसिंह (१९ डिसेम्बर २०२०), "बराहापोखरी र जन्तेढुङ्गा गाउँपालिकामा पुमा भाषा पढाइ हुने", कान्तिपुर, मूलबाट ८ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]