पुमा भाषा
पुमा | |
क्षेत्र | खोटाङ र उदयपुर, नेपाल |
---|---|
मातृभाषी वक्ता | ६,७०० |
चिनियाँ तिब्बती
| |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | pum |
ग्लोटोलग | puma1239 [१] |
पुमा भाषा किराँती भाषा परिवार अन्तर्गत पर्ने नेपालको कोशी प्रदेशमा लगभग ४,३१० मानिसहरूले बोल्ने (केन्द्रीय तथ्याङ्क विभागको प्रतिवेदन २०५८) एक भाषा हो। यसको वास्तविक जनसङ्ख्या केही बढी हुन सक्छ। एउटै शब्द 'पुमा'ले मानिसहरू र उनीहरूले बोल्ने भाषा दुवैलाई बुझाउँछ।
हिमालय भाषा परियोजनाले पुमाको पहिलो व्याकरणिक स्वरूप तयार पारेको थियो। वि.सं २०७६ देखि खोटाङको बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका १४ वटा विद्यालयमा पुमा भाषामा पढाइँदै आएको छ।[२]
स्थानहरू[सम्पादन गर्नुहोस्]
पुमा भाषा, खोटाङ जिल्लाको दिप्लुङ, मौवाबोटे, देवस्थान, पौवासेरा र चिसापानी गाविसमा र उदयपुर जिल्लाको बेल्टार र सौनेचौर गाविसमा बोलिन्छ। यो रुवा खोला उपत्यकादेखि बुवा खोलासम्म र दक्षिणतिर दूधकोशीमा पनि बोलिन्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "पुमा", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ राई, डम्बरसिंह (१९ डिसेम्बर २०२०), "बराहापोखरी र जन्तेढुङ्गा गाउँपालिकामा पुमा भाषा पढाइ हुने", कान्तिपुर, मूलबाट ८ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०२१।