आदिम भारोपेली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आदिम भारोपेली
पुनर्निर्माणभारोपेली भाषा परिवार
तल्लो क्रम पुनर्निर्माण

आदिम भारोपेली भारोपेली भाषा परिवारको पुनर्निर्माण गरिएको साझा पूर्वज हो।[१] आदिम भारोपेलीको कुनै प्रत्यक्ष अभिलेख अवस्थित छैन; यसका प्रस्तावित विशेषताहरू अभिलेखीकृत भारोपेली भाषाहरूबाट भाषिक पुनर्संरचनाद्वारा व्युत्पन्न गरिएका हुन्।[२] आज, आदिम भारोपेली भाषाको वंशज भाषाहरू जसमा सबैभन्दा धेरै देशी वक्ताहरू छन्, स्पेनी, अङ्ग्रेजी, पोर्तुगाली, हिन्दुस्तानी (हिन्दीउर्दु), बङ्गाली, रुसी, पन्जाबी, जर्मनेली, फारसी, फ्रान्सेली, मराठी, इटालेलीगुजराती हुन्।

आदिम भारोपेलीका वक्ताहरू भारोपेली प्रवासहरू मार्फत एकअर्काबाट अलग्गिएपछि, विभिन्न समूहहरूद्वारा बोलिने आदिम भारोपेलीका क्षेत्रीय बोलीहरू भिन्न भए, किनकि प्रत्येक बोलीको उच्चारण, आकृति विज्ञान र शब्दावलीमा परिवर्तन भयो। धेरै शताब्दीहरूमा, यी बोलीहरू ज्ञात प्राचीन भारोपेली भाषाहरूमा परिणत भए।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Indo-European languages – The parent language: Proto-Indo-European", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०९-१९ 
  2. "Archaeology et al: an Indo-European study", School of History, Classics and Archaeology, The University of Edinburgh, २०१८-०४-११, अन्तिम पहुँच २०१८-१२-०१ 
  3. Gamkrelidze, T. V. (2008). Kartvelian and Indo-European: a typological comparison of reconstructed linguistic systems. Bulletin of the Georgian National Academy of Sciences 2 (2): 154–160.