सामग्रीमा जानुहोस्

सर्वनाम नाट्य समूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सर्वनाम नाट्य समूह वि. सं. २०३९ साल चैत्र १८ गते स्थापना भएको नेपाली नाट्यसमूह हो । यस नाट्य समुहको स्थापना अशेस मल्ल[]ले गरेका थिए । स्थापनाको केही समयपछि दुईजना एक कोरि उमेर पूरा गरेका आ-आफ्नो खल्तीबाट पैसा झिकेर पाँचसय रूपियाँको 'सर्वनाम' पुरस्कार पहिलोपटक नीर शाहलाई प्रदान गरिएको थियो। २०४६ सालबाहेक प्रदान गरिदै आएको यो पुरस्कारको हालको धनराशि १० हजार रूपैयाँ र साथमा प्रतिक चिह्न छ। अहिले सर्वनाम नाट्य समूहकाे अाफ्नै भवन (नाटकघर) समेत छ। जुन सर्वनाम थिएटरका काे नामले परिचित छ। नाटक मञ्चन, अभिनय प्रशिक्षणकाे रूपमा ख्याती कमाएकाे सर्वनाममा पछिल्लाे समय राज शाह कला निर्देशककाे रूपमा समेत अाबध्द छन् ।



  1. "Founder of Sarwanam Theatre", Sarwanam Theatre official Website, अन्तिम पहुँच २९ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २९ मे २०१८ मिति