सामग्रीमा जानुहोस्

संस्कृत व्याकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संस्कृत व्याकरण संस्कृत भाषालाई शुद्ध तथा सहज तरीकाले जन्नको लागि संस्कृत व्याकरणलाई अध्ययन गर्नु अत्यावश्यक छ । मुख्यत वेदको छ अङ्ग मध्ये व्याकरणलाई मुख्य अङ्ग मुख भनिन्छ जस्तै शिक्षा कल्प व्याकरण निरुक्त छंद र ज्यौतिष यिनीहरूलाई वेद का छ अङ्ग मानिन्छन ।[]

व्याक्रियन्ते = व्युत्पाद्यन्ते शब्दाः अनेन इति व्याकरणम् - जस द्वारा शुद्ध र सिद्ध शब्द ज्ञान हुन्छ सो नै व्याकरण हो महाभाष्यमा भाष्यकारले व्याकरणको अपर नाम शब्दानुशासनम् भन्ने उल्लेख पनि गरेका छ । महर्षि पाणिनि द्वारा विरचित व्याकरणलाई पाणिनीय पनि भनिन्छ । व्याकरणको इतिहास अत्यन्त प्राचीन रहेको कुरा उल्लेख हुन्छ यहाँ सम्म की पाणिनीय व्याकरण सबै भन्दा पछि पाणीनिद्वारा विरचित व्याकरण हो यो व्याकरण भन्दा पहिले पनि ऐन्द्र ,चान्द्र, काशकृत्स्न ,कौमार, शाकटायन, सारस्वत ,चापिसल, शाकल , रहेको कुरा शास्त्रमा लेखिएको पाइन्छ । पाणिनिले उपरोक्त व्याकरण अत्यन्त कठिन हुनाले आफूले अत्यन्त सरल व्याकरणको रचना गर्ने विचारले भगवान महेश्वरको तपस्या गरेको र महेश्वरले दर्शन स्वरुप हातमा डमरूलिएर नृत्यगरेको अनि सो डमरूको आवाज नै उनले १४ सूत्रमा ग्रहण गरेको कुरा एक पद्यद्वारा विधित हुन्छ । संस्कृत व्याकरणका मूर्धन्य विद्वान् युधिष्ठिर मीमांशकका अनुसार पाणिनीको अवस्थितिकाल ई.पू. २९०० मानिएको छ ।[]

व्याकरण प्रवेश

[सम्पादन गर्नुहोस्]

व्याकरणमा प्रवेश गर्न शुद्ध उच्चारण गर्ने क्षमता हुनु अनिवार्य छ । प्रथम मङ्गलाचरणगरेर यसमा प्रवेश गरिन्छ भने शास्त्र अनुसार मङ्गलाचरण अलग अलग हुन्छ । प्रथम सरल व्याकरण लघुसिद्धान्त कौमुदी हो जसलाई भट्टोजी दिक्षितका शिष्य वरदराजाचार्यले रचना गरेका थिए । मङ्गलाचरण--नत्वा सरस्वतीं देवीं शुद्धां गुण्यां करोम्यहम् । पाणिनीयप्रवेशाय लघुसिद्धांतकौमुदीम्॥

व्याकरणमा मुख्यतया पांच संधिहरु छन

  • अच्संधि
  • प्रकृति भाव संधि
  • हल्संधि
  • विसर्ग संधि
  • स्वादि संधि

संस्कृत व्याकरणमा षड्लिंग (६ लिंग) हुन्छन

  • अजन्त पुल्लिङ्ग
  • अजन्त स्त्रीलिङ्ग
  • अजन्त नपुंसकलिङ्ग
  • हलन्त पुल्लिङ्ग
  • हलन्त स्त्रीलिंग
  • हलन्त नपुंसकलिङ्ग

न व्ययं इति अव्ययं जसको व्यय (नाश) हुन्न त्यो अव्यय हो तर पनि संस्कृतमा स्वरादि गण निपातलाई र अन्य सूत्रहरु द्वारा गरिएका अव्यय संज्ञाकोटिमा पर्ने पनि अव्यय हुन्छन।

दशगणमा क्रियाको निरूपण गरी त्यस्लाई सिद्ध गरिन्छ दश गणमा विभिन्न क्रियाहरूको तत तत अन्तर्गत पर्ने गण अनुसार अलग अलग तरिकाले प्रतिपादन गरिएको छ ।

  • भ्वादि
  • अदादि
  • जुहोत्यादि
  • दीवादी
  • स्वादि
  • तुदादि
  • रुदादि
  • तनादि
  • क्रयादि
  • चुरादि

[]

कारक मुख्यत ६ प्रकारको हुन्छ । []

  • कर्ता
  • कर्म
  • करण
  • सम्प्रदान
  • अपादान
  • सम्बन्ध (सम्बन्ध कारक अतर्गत पर्दैन )
  • अधिकरण

अनेक पदहरू लाई एकपदमा परिवर्तित गर्नुलाई समास भानिछ समास ५ प्रकारले उल्लेख गरिएका छ ।

  • अव्ययीभाव समास
  • तत्पुरुष समास
  • बहुब्रीहि समास
  • द्वन्द्व समास
  • एकशेष समास

तद्धितमा अपत्यादि अर्थमा अणादि प्रत्यय हुन्छन जस्तै वशुदेवस्य अपत्यं पुमान् इति वाशुदेव अर्थात वशुदेवको संतान छोरो भन्दा कृष्णको नाम वाशुदेव भयो । त्यस्तै प्रकारले विभिन्न अर्थमा विभिन्न तद्धित प्रत्यय हुन्छन जस्तै राष्ट्रिय , गव्यं , माहेश्वर , नैपाल , भारतीय, आदि ये स्वर संस्कृतका लागि दिइएकाछन्।। नेपालीमा यिनको उच्चारण केही भिन्न हुन्छन्।

वर्णाक्षर “प”का साथ मात्रा IPA उच्चारण "प्"का साथ उच्चारण IAST समतुल्य अङ्ग्रेजी समतुल्य नेपालीमा वर्णन
/ ə / / pə / a लघु वा दीर्घ Schwa: जस्तै a, above वा ago मा मध्य प्रसृत स्वर
पा / α: / / pα: / ā दीर्घ Open back unrounded vowel: जस्तै a, father मा दीर्घ विवृत पश्व प्रसृत स्वर
पि / i / / pi / i लघु close front unrounded vowel: जस्तै i, bit मा ह्रस्व संवृत अग्र प्रसृत स्वर
पी / i: / / pi: / ī दीर्घ close front unrounded vowel: जस्तै i, machine मा दीर्घ संवृत अग्र प्रसृत स्वर
पु / u / / pu / u लघु close back rounded vowel: जस्तै u, put मा ह्रस्व संवृत पश्व वर्तुल स्वर
पू / u: / / pu: / ū दीर्घ close back rounded vowel: जस्तै oo, school मा दीर्घ संवृत पश्व वर्तुल स्वर
पे / e: / / pe: / e दीर्घ close-mid front unrounded vowel: जस्तै a in game (संयुक्त स्वर छैन) मा दीर्घ अर्धसंवृत अग्र प्रसृत स्वर
पै / ai / / pai / ai दीर्घ diphthong: जस्तै ei, height मा दीर्घ द्विमात्रिक स्वर
पो / ο: / / pο: / o दीर्घ close-mid back rounded vowel: जस्तै o, tone (संयुक्त स्वर छैन) मा दीर्घ अर्धसंवृत पश्व वर्तुल स्वर
पौ / au / / pau / au दीर्घ diphthong: जस्तै ou, house मा दीर्घ द्विमात्रिक स्वर

संस्कृतमा दुइ स्वरहरूको युग्म हुन्छ र "अ-इ" वा "आ-इ"को प्रकार बोलिन्छ। यसै प्रकार "अ-उ" वा "आ-उ"को प्रकार बोलिन्छ।

यसका अतिरिक्त नेपाली र संस्कृतमा यी वर्णाक्षर पनि स्वर मानिन्छन् :

  • -- आधुनिक नेपालीमा "रि"को प्रकार, संस्कृतमा अमेरिकी अङ्ग्रेजी शब्दांश (American English syllabic) / r /को प्रकार
  • ॠ -- केवल संस्कृतमा (दीर्घ ऋ)
  • ऌ -- केवल संस्कृतमा (syllabic retroflex l)
  • अं -- आधा न्, म्, ङ्, ञ्, ण्का लागि वा स्वरको नासिकीकरण गर्नको लागि
  • अँ -- स्वरको नासिकीकरण गर्नका लागि (संस्कृतमा छैन उपयुक्त होता)
  • अः -- अघोष "ह्" (निःश्वास)को लागि

जब कुनै स्वर प्रयोग छैन भनें त्यसमा 'अ' मानिन्छ। स्वरका न हुनेलाई हलन्त्‌ अथवा विरामबाट दर्शाइन्छ। जस्तै कि क्‌ ख्‌ ग्‌ घ्‌।

स्पर्श
अल्पप्राण
अघोष
महाप्राण
अघोष
अल्पप्राण
घोष
महाप्राण
घोष
नासिक्य
कण्ठ्य / kə /
k; अङ्ग्रेजी: skip
/ khə /
kh; अङ्ग्रेजी: cat
/ gə /
g; अङ्ग्रेजी: game
/ gɦə /
gh; महाप्राण /g/
/ ŋə /
n; अङ्ग्रेजी: ring
तालव्य / cə / or / tʃə /
ch; अङ्ग्रेजी: chat
/ chə / or /tʃhə/
chh; महाप्राण /c/
/ ɟə / or / dʒə /
j; अङ्ग्रेजी: jam
/ ɟɦə / or / dʒɦə /
jh; महाप्राण /ɟ/
/ ɲə /
n; अङ्ग्रेजी: finch
मूर्धन्य / ʈə /
t; अमेरिकी अङ्ग्रेजी:: hurting
/ ʈhə /
th; महाप्राण /ʈ/
/ ɖə /
d; अमेरिकी अङ्ग्रेजी:: murder
/ ɖɦə /
dh; महाप्राण /ɖ/
/ ɳə /
n; अमेरिकी अङ्ग्रेजी:: hunter
दन्त्य / t̪ə /
t; स्पैनिश: tomate
/ t̪hə /
th; महाप्राण /t̪/
/ d̪ə /
d; स्पैनिश: donde
/ d̪ɦə /
dh; महाप्राण /d̪/
/ nə /
n; अङ्ग्रेजी: name
ओष्ठ्य / pə /
p; अङ्ग्रेजी: spin
/ phə /
ph; अङ्ग्रेजी: pit
/ bə /
b; अङ्ग्रेजी: bone
/ bɦə /
bh; महाप्राण /b/
/ mə /
m; अङ्ग्रेजी: mine
स्पर्शरहित
तालव्य मूर्धन्य दन्त्य/
वर्त्स्य
कण्ठोष्ठ्य/
काकल्य
अन्तस्थ / jə /
y; अङ्ग्रेजी: you
/ rə /
r; स्कटिश अङ्ग्रेजी: trip
/ lə /
l; अङ्ग्रेजी: love
/ ʋə /
v; अङ्ग्रेजी: vase
ऊष्म/
संघर्षी
/ ʃə /
sh; अङ्ग्रेजी: ship
/ ʂə /
sh; मूर्धन्य /ʃ/
/ sə /
s; अङ्ग्रेजी: same
/ ɦə / or / hə /
h; अङ्ग्रेजी: behind

नोट गर्नुहोस् :

  • यिनमाबाट ळ (मूर्धन्य पार्विक अन्तस्थ) एक अतिरिक्त वयंजन छ जसको प्रयोग नेपालीमा हुँदैन। मराठी र वैदिक संस्कृतमा यसको प्रयोग गरिन्छ।
  • संस्कृतमा को उच्चारण यस्ता हुन्थ्यो : जिब्रोको नोंकलाई मूर्धा (मुखको छाना)को ओर उठाएर जैसी आवाज गर्नु। शुक्ल यजुर्वेदको माध्यंदिनि शाखामा केही वाक्यहरूमा को उच्चारण को प्रकार गर्नु मान्य थियो। आधुनिक नेपालीमा को उच्चारण पूर्ण प्रकार को प्रकार हुन्छ।
  • नेपालीमा को उच्चारण अधिकतर डँको प्रकार हुन्छ, अथवा कि जिब्रो मुखको छानालाई एक जोरदार ठोकर मार्दछ। नेपालीमा क्षणिकक्शडिंकमा कुनै अन्तर छैन, परन्तु संस्कृतमा णको उच्चारण जस्तै हुन्थ्यो, अन्तर केवल यति मात्र कि जिब्रो का समय मुखको छानालाई कोमलतासाथ छुँदछ।
  1. मुखं व्याकरणं तस्य ज्यौतिषं नेत्रमुच्यते । निरुक्तं श्रोत्रमुद्दिश्य छन्दसां विचितिः पदे ।। शिक्षा घ्राणं तु वेदस्य हस्ती कल्पान् प्रचक्षते ।
  2. https://archive.org/details/in.ernet.dli.2015.308409/page/n203
  3. भ्वाद्यदादि जुहोत्यादि दीवादि स्वादिरेव च। तुदादिश्च रुदादिश्च तन-क्र्यादि चुरादयः ।।
  4. कर्ता कर्म च करणं सम्प्रदानं तथैव च । अपादानाधिकरणे चेत्याहु करकाणि षट् ।।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]