सामग्रीमा जानुहोस्

नेपाली ध्वनिविज्ञान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो। नेपाली मातृभाषाको रूपमा नेपालको जनसंख्याको ४८% भन्दा बढी मानिसहरूद्वारा बोलिने गर्दछ भने नेपालमा मात्र नभएर यो भुटानभारतमा पनि बोलिन्छ। यो भाषालाई नेपाली संविधानमा नेपालको आधिकारिक भाषाको मान्यता दिइएको छ।

नेपालीमा ११ वटा ध्वनिकीय विशिष्ट स्वरहरू छन्, जसमध्ये ६ मौखिक स्वर र ५ नाके(नासिकिकरण) स्वरहरू समावेश छन्। नासिकिकरण भएका स्वरहरूमा टिल्ड << ~ >> चिन्ह लगाइने गरिन्छ।

नेपाली स्वर स्वनिम[]
अग्रस्वर मध्यस्वर पश्वस्वर
संवृत i ĩ u ũ
अर्धसंवृत e o
अर्धविवृत ʌ ʌ̃
विवृत ä ä̃

नेपालीमा दश वटा डिप्थाङ/संध्यक्षरहरू[] छन्।

संध्यक्षर उदाहरण अर्थ उदाहरण
/ʌi̯/ /kʌi̯le/ 'when' कैले
/ʌu̯/ /d͡zʌu̯/ 'barley' जौ
/ai̯/ /bʱai̯/ 'younger brother' भाइ
/au̯/ /au̯/ 'come!' आऊ!
/ei̯/ /sʌnei̯/ 'trumpet' सनेई
/eu̯/ /eu̯ʈa/ 'one' एउटा
/iu̯/ /d͡ziu̯/ 'body' जीउ
/oi̯/ /poi̯/ 'husband' पोइ
/ou̯/ /dʱou̯/ 'wash!' धोऊ!
/ui̯/ /dui̯/ 'two' दुई

अन्तिम अन्तर्निहित स्वर

[सम्पादन गर्नुहोस्]

नेपाली शब्दहरूले अन्तिम अन्तर्निहित स्वर(श्व) राख्छ वा राख्दैन भन्ने कुरा पत्ता लगाउन निम्न नियमहरू अनुसरण गर्नुपर्छ।

  • यदि अन्तिम अक्षर संयुक्त व्यञ्जन हो भने श्वलाई कायम राखिन्छ। अन्त (anta), सम्बन्ध (sambandha), श्रेष्ठ (śreṣṭha) अपवादहरू: मञ्च (mañc) र गञ्ज (gañj) जस्ता संयुक्त अक्षरहरू र कहिलेकाँही अन्तिम नाम पन्त (panta/pant)।
  • कुनैपनि क्रियापदको अन्तिममा श्व सधैँ कायम राखिन्छ जबसम्म श्व रद्द गर्ने हलन्त(्) उपस्थित हुँदैन। हुन्छ(hunca), भएर(bhaera), र गएछ(gaeca) जबकि छन्(chan), र गइन्(gain)।

त्रुटिपूर्ण वर्ण विन्यासको कारणले अर्थ परिवर्तन हुन सक्छ: गईन्(gain) र गईन(gaina)

  • क्रियाविशेषण, ध्वनि-अनुकरणात्मक र सम्बन्धबोधकहरूमा सामान्यतया श्व कायम राखिन्छ तर नराखेको खण्डमा हलन्तको प्रयोग गर्नुपर्छ: अब(aba), तिर(tira), आज(aja), र झन्(jhan)
  • केही नामहरूमा श्वको प्रयोग हुन्छ: जस्तै: दु:ख(duḥkha), सुख(sukha)।

नोट: श्व प्राय: संगीतमा गायन र कविता वाचन गर्दा कायम राखिन्छ।

मौखिक नेपालीमा ३० वटा व्यञ्जन छन्।

नेपाली व्यञ्जन स्वनिम[]
द्वयोष्ठ्य दन्त्य वर्त्स्य मूर्धन्य तालव्य कण्ठ्य अतिकण्ठ्य
अघोष सघोष अघोष सघोष अघोष सघोष अघोष सघोष अघोष सघोष अघोष सघोष अघोष सघोष
नासिक्य m n (ɳ) ŋ
स्पर्शी/स्पर्शसङ्घर्षी अल्पप्राण p b t͡s d͡z ʈ ɖ k ɡ
माहप्राण t̪ʰ d̪ʱ t͡sʰ d͡zʱ ʈʰ ɖʱ ɡʱ
सङ्घर्षी s ɦ
कम्पित r
अर्ध स्वर/पार्श्विक w l j
नेपाली देवनागरी
ʌ ä i i u u e ʌi̯ o ʌu̯ ri
k ɡ ɡʱ ŋ
t͡s t͡sʰ d͡z d͡zʱ n
ʈ ʈʰ ɖ ɖʱ ɳ
t̪ʰ d̪ʱ n
p b m
क्ष ज्ञ
j r l w s s s ɦ tsʰjʌ ɡjʌ̃

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  • Khatiwada, Rajesh (२००९), "Nepali", Journal of the International Phonetic Association ३९ (3): 337–380, डिओआई:10.1017/S0025100309990181 
  • Pokharel, Madhav Prasad (१९८९), Experimental analysis of Nepali sound system (Ph.D.), University of Pune, India।