नेपाली साहित्य परिषद् सिक्किम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली साहित्य परिषद ( Nepali Sahitya Parisad)

  • नेपाली साहित्य सम्मेलन, सिक्किम साहित्य परिषद् हुँदै हाल नेपाली साहित्य परिषद्को नामले चिनिने यस संस्थालाई सिक्किममा आज मुख्य साहित्यिक संस्था मानिन्छ। यस संस्थाको कार्यालय गान्तोकको विकास क्षेत्रमा रहेको छ। यसको त्यहाँ आफ्नै पाँचतले भवन रहेको छ, जहाँ सभाकक्ष, आवास, पुस्तकालय आदि सुविधा रहेका छन्।
  • नेपाली साहित्य सम्मेलनको स्थापना सन् १९८१-मा भएको थियो।
  • सन् १९८१-मा यस संस्थाको सक्रियतामा गठन भएको भानु शालिक निर्माण समितिको गठन गरी गान्तोकमा भानुको पूर्णाङ्ग शालिकको स्थापना गरेको थियो। यसका संस्थापक सदस्यहरूमा राज.के. श्रेष्ठ, भूपेन्द्र अधिकारी, रोबट राई, सुधीर घले, अछुत र कृष्णकुमार राई प्रमुख रहेको देखिन्छ। यस संस्थाले १९८२-मा आएर सिक्किम सरकारको मान्यता प्राप्त गऱ्यो भने पुस्तकालयको स्थापना पनि गऱ्यो।
  • १९८४-मा आएर साहित्य अकादमी ऩयाँ दिल्लीले यसलाई मान्यता प्रदान गरेको देखिन्छ।
  • यस संस्थाले १९८२-देखि सम्मेलन पत्रिका भूपेन्द्र अधिकारी, राज.के. श्रेष्ठ, राधाकृष्ण शर्मा र शान्ति छेत्रीको सम्पादनमा प्रकाशन भएको थियो। यसले
  • १९८३-सम्ममा पत्रिकाको तीन अङ्क प्रकाशन गरी नाम परिवर्तन गरी कनका प्रकाशन शुरू गऱ्यो। यसका अध्यक्षहरूमा राज.के. श्रेष्ठ, सानु लामा रहेका थिए भने अन्य सदस्यहरूमा रोबट राई, सुधीर घले, कृष्णकुमार राई, दिलु मास्के, राधाकृष्ण शर्मा, पेम्पा तामङ, भीम योञ्जन, विजय बान्तवा, गोपाल गाउँले, चुनिलाल घिमिरे, विक्रम गौतम, अनिता निरौला, टी.पी. कोइराला, गणेश प्रधान आदि रहेका थिए।
  • १९८५-मा रूद्र पौड्यालको अध्यक्षतामा सिक्किम साहित्य परिषद्को गठन भएको देखिन्छ।
  • यो संस्था तीनवर्षसम्म चलेपछि १९८९-मा नेपाली साहित्य सम्मेलनको नाम संशोधन गरी सिक्किम साहित्य परिषद् गरिएपछि त्यसैमा विलय भएको देखिन्छ।
  • यस संस्थाले १९८५-मा पारसमणि प्रधानलाई अभिनन्दन गरेको थियो भने चिन्तन पत्रिकाको प्रकाशन शिव प्रधानको सम्पादनमा गरेको थियो। यसका अन्य सम्पादकहरू थिए राधाकृष्ण शर्मा, पवन चामलिङ, गंगा कप्तान, सुवास दीपक थिए। यस संस्थामा रूद्र पौड्याल, राधाकृष्ण शर्मा, पूर्ण राई, शिव प्रधान, सुवास दीपक, गोपाल दाहाल, गोपाल गाउँले, डेण्डुप लेप्चा, आत्मा वाइवा, देविका मोक्तान, शान्ति छेत्री, सानुभाइ शर्मा, बी.एस राई, गंगा कप्तान, डी.पी. राई, एन.बी. तिवारी, काजी गजमेर, आर्य लामिछाने, भवानीप्रसाद शर्मा, टाशी तामाङ, बलि सुब्बा, थिरूप्रसाद शर्मा, केदार गुरूङ, एल्डी राई मिक्खोले र भानुप्रकाश मार्मिक सद्स्य रहेका थिए। यसले चिन्तन पुररस्कारको स्थापना गरी आत्म वाइवा र पवन चामलिङ किरणलाई प्रदान गरेको थियो।
  • १९८९-को १० मार्चमा नेपाली साहित्य सम्मेलन र सिक्किम साहित्य परिषदको विलय भयो र नयाँ संस्थाको नामाकरण सिक्किम साहित्य परिषद् गरियो। यस संस्थाले अघिबाटै प्रदान गरिँदै आएको भानु पुरस्कार, कनकाको प्रकाशन, भानु स्मारिकाको प्रकाशनलगायत गान्तोकमा भानुजयन्ती भव्यताका साथ पालन गर्दै आएको देखिन्छ। यस संस्थाले साहित्यकारहरूको पुस्तक प्रकाशन तथा विविध पिरयोजनामूलक कार्यक्रमहरू निष्पादन गर्दै आएको छ। यसका साथै यस संस्थाले तीनवटा राष्ट्रिय पुरस्कारको स्थापना साहित्य, कला र सङ्गीत विधामा गरेको छ। प्रत्येक वर्ष एक विधामा प्रदान गरिने यी पुरस्कार साहित्य क्षेत्रमा अगमसिंह गिरी स्मृति पुरस्कार, सङ्गीत क्षेत्रमा मित्रसेन स्मृति पुरस्कार र कला क्षेत्रमा कृष्ण सुब्बा स्मृति पुरस्कार रहेका छन्। यस संस्थाका अहिलेसम्मका अध्यक्षहरू यसप्रकार रहेका छन्- राज.के.श्रेष्ठ, सानु लामा, (नेसास) रूद्र पौड्याल (सिसाप), सानु लामा, सानुभाइ शर्मा, प्रद्युम्न श्रेष्ठ, कुबेरचन्द्र दाहाल (नेसाप)।
  • यस संस्थाले वर्ष २००७-मा रजत जयन्ती सम्पन्न गरिसकेको छ।

स्रोत : टिस्टारङ्गीत