भारतीय नेपाली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भारतमा बोलिने नेपाली भाषाको भाषिकालाई भारतीय नेपाली भाषा भनिन्छ । [१]


वर्ण[सम्पादन गर्नुहोस्]

भारतको नेपाली भाषामा नेपालको नेपाली भाषा भन्दा दुई वटा बढी वर्णहरू छन् । ती हुन् ड़ढ़ । यसलाई तलथोप्ली भएको अक्षर भनिन्छ ।

भारतीय नेपाली भाषा नेपाली नेपाली भाषा
डाँड़ा डाँडा
डाड़ु डाडु
काँढ़ा काँढा
भड़डु भड्डु
गड़याङगुड़ुङ गड्याङगुडुङ

व्याकरण[सम्पादन गर्नुहोस्]

वचन[सम्पादन गर्नुहोस्]

भारतीय नेपाली भाषामा वचन भेद छैन ।

आदरार्थी[सम्पादन गर्नुहोस्]

भारतीय नेपाली भाषामा आदरार्थी उच्च र अत्युच्च आदरार्थीको प्रयोग गरिँदैन ।

लिङ्ग भेन्द[सम्पादन गर्नुहोस्]

भारतीय नेपाली भाषामा लिङ्ग भेद गरिँदैन ।

उप-भाषिका[सम्पादन गर्नुहोस्]

पश्चिमाञ्चल[सम्पादन गर्नुहोस्]

देहरादून, भाक्सू, नैनीताल, दिल्ली, राँची आदि तिर बोलिने नेपाली भाषा पश्चिमाञ्चल समूह अन्तर्गत पर्दछ ।

मध्यमाञ्चल[सम्पादन गर्नुहोस्]

दार्जिलिङ, सिक्किम, डुवर्स आदि तिर बोलिने नेपाली भाषा मध्यमाञ्चल समूह अन्तर्गत पर्दछ ।

पूर्वाञ्चल[सम्पादन गर्नुहोस्]

आसाम लगायत पूर्वाञ्चल प्रान्त तिर बोलिने नेपाली भाषा पूर्वाञ्चल समूह अन्तर्गत पर्दछ ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "भारतीय नेपाली भाषा र नेपालको भाषा : तुलनात्मक दृष्टि", नवीन पौड्याल, समकालीन साहित्य, मूलबाट ६ नोभेम्बर २०२०-मा सङ्ग्रहित।