विकिपिडिया:योगदान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस पृष्ठमा विकिपिडियामा योगदान दिन सकिने जानकारीहरू राखिएका छन् । तपाईं विकिपिडियामा कस्तो योगदान गर्न सक्नु हुन्छ भन्ने जानकारी यस पृष्ठमा भेटाउन सक्नु हुन्छ । धेरै जानकारीको लागि हाम्रा स्वशिक्षा, पाँचखम्बामद्दत पृष्ठहरू पनि हेर्नु होला । यो विकिपिडियाको आयोजना पृष्ठ हो । यदी तपाईं विकिपिडियामा नयाँ हुनुहुन्छ भने यस पृष्ठलाई सम्पान गर्ने कोशिस नगर्नु होला । यो पृष्ठ हेर्दा कुनै व्याकरणिय त्रुटी आदि भेटाउनु भयो भने यस पृष्ठको वार्तालाव पृष्ठमा आफ्नो विचार राख्नु होला ।

म पनि विकिपिडियामा योगदान दिनु चाहन्छु, म के गरुँ?[सम्पादन गर्नुहोस्]

विकिपिडियामा तपाईंलाई स्वागत छ । तपाईं जस्तै विचार भएकाहरूले गर्दा नै विकिपिडियाको विकास भएको हो । विकिपिडियामा योगदान गर्न सक्ने धेरै तरिकाहरू छन् । केही तरिकाहरू यहाँ दर्साइएका छन् ।

त्रुटीहरू सुधार्ने[सम्पादन गर्नुहोस्]

विकिपिडियामा लेख पढ्दै गर्दा प्रायः मानिसहरूले केही त्रुटीहरू भेटाउँछन् । लिङ्क, मात्रा, व्याकरण वा जानकारी आदि त्रुटीहरू हुन सक्छन् । त्यस्ता त्रुटीहरूलाई तुरुन्त सम्पादन बटनमा क्लिक गरेर त्रुटीहरू सुधार गर्न सकिन्छ । सबै योगदान गर्न चाहनेहरूले प्रारम्भमा यही प्रश्न सोध्ने गर्दछन् । यदि तपाईंलाई त्रुटी कसरी सुधार्ने भन्ने बारे थाह छैन भने वा तपाईंलाई केही सङ्का छ भने पहिले तपाईं लेखको वार्तालाव पृष्ठमा कुरा गर्नुहोस् लेखको वार्तालाप पृष्ठमा जानुहोस् त्यसपछि "+" बटनलाई क्लिक गर्नुहोस् । आफ्नो विषयको शीर्षक दिनुहोस्, र कुरा आरम्भ गरिदिनुहोस् । अन्तमा आफ्नो हस्ताक्षर र समय दिनु न बिर्सनुहोला, त्यसको लागि ~~~~को प्रयोग गर्नुहोस्।

नयाँ लेख आरम्भ गर्नुहोस्[सम्पादन गर्नुहोस्]

हेर्नुहोस्: नयाँ लेख कसरी आरम्भ गर्ने तथा लेखको नाम कसरी राख्ने

नयाँ लेख आरम्भ गर्नु धेरै महत्त्वपूर्ण कार्य हो । विशेषतः जब धेरै लेख कुनै खाली पृष्ठहरूसँग जोडिएका हुन्छन् ।

विकिपिडियाका लेखहरूमा प्राय धेरै लिङ्कहरू हुन्छन् । यदि लिङ्कको लेख विकिपिडियामा बनेको छ भने लिङ्कको रङ्ग निलो देखिन्छ । यदी त्यो लिङ्कको लेख तपाईंले पढिसकेको भए लिङ्क जामुनी रङ्गको हुन्छ । यदि लिङ्कको लेख विकिपिडियामा बनेको छैन भने लिङ्कको रङ्ग रातो हुन्छ । रातो लिङ्कलाई क्लिक गर्दा नयाँ लेखको सृजना गर्ने पृष्ठ मिल्दछ । त्यहाँ तपाईं नयाँ लेख लेख्नुहोस् र आफ्नो योगदानलाई सुरक्षित गरिदिनुहोस् । तपाईंलाई धन्यवाद, तपाईंले विकिपिडियामा नयाँ पृष्ठ जोड्नुभयो ।

धेरै पल्ट गलत हिज्जे (spelling)का कारण पनि लिङ्कको रङ्ग रातो अथवा लेख नराम्रो हुन्छ । नयाँ लेख बनाउनु भन्दा पहिला कतै हिज्जे त गलत छैन राम्ररी हेर्नुहोस् । हिज्जे गलत हो भने हिज्जे सुधार गर्नुहोस्, लिङ्कको रङ्ग नीलो हुनु पर्छ । समानार्थ शीर्षक भएका लेखहरूलाई जोडनका लागि तपाईं पुनर्निर्देशन (Redirect)को प्रयोग गर्नुहोस्। उदाहरणका लागि हेर्नुहोस्: [बनारस]। यहाँ लेखमा विशेष कमाण्ड छ #REDIRECT [[वाराणसी]], त्यो बनारस लेख आफ्नो लिङ्कलाई वाराणसी लेखमा अनुप्रेसित गर्दछ । यस्तो हुनाको कारण बनारस र वाराणसी एउटै सहरका दुइ नाम हुन् । यसका अतिरिक्त नेपालीमा एउटै शब्दका धेरै हिज्जेहरू हुन सक्छन्, सामान्य हिज्जे भएका नामलाई शुद्ध परम्परागत नाम भएका पृष्ठहरूमा पुनर्निर्देशित गर्नु पर्दछ ।

मेरा लेखहरूलाई अरुले परिवर्तन गर[सम्पादन गर्नुहोस्]

तपाईंका लेखहरू अरू द्वारा परिवर्तन गरिएमा, त्यो लेख लोकप्रिय छ भन्ने दर्शाउँदछ । तपाईंले बनाएको लेखलाई परिवर्तन गर्ने मान्छेसँग कुरा गर्न चाहुनुहुन्छ भने जसले त्यस लेखलाई परिवर्तन गरेको हो उनीसित वार्ता आरम्भ गर्नुहोस् । तपाईं लेखको वार्तालाप पृष्ठ वा योगदान गर्ने प्रयोगकर्ताको वार्ता पृष्ठमा कुरा गर्न सक्नुहुन्छ। त्यहाँ तपाईंले परिवर्तनका लागि आभार प्रकट गर्न सक्नु हुन्छ अथवा परिवर्तन गर्ने विषयमा अधिक जानकारीको माँग गर्न सक्नुहुन्छ । पारस्परिक संवाद बाट लेखहरू सुधार गर्न सक्नु हुन्छ ।

यदि मसँग पूर्ण जानकारी छैन भने पनि के म योगदान दिन सक्छु?[सम्पादन गर्नुहोस्]

तपाईंसँग जति जानकारी छ विकिपिडियामा दिनुहोस् । आफ्नो लेखमा {{ठुटो}} जोडी दिनुहोस् । जसलाई त्यस लेखका बारेमा पूर्ण जानकारी छ, उनले त्यसलाई पूरा गर्नेछ्न् । यस्तो गर्नमा केही समय लाग्न सक्छ । तर कम से कम केही जानकारी त उपलब्ध रहनेछ ।

मेरा व्यक्तिगत विचारका लेखहरूलाई किन मेटाइयो ?[सम्पादन गर्नुहोस्]

विकिपिडियाले निष्पक्ष र प्रमाणित भएका जानकारी दिनमा जोर दिन्छ । व्यक्तिगत विचार पक्षपात र विवादहरूलाई जन्म दिन्छन् । विकिपिडियामा तपाईं आफ्नो विचार होइन जानकारी दिनुहोस् । उदाहरणका लागि तपाईं कुनै चलचित्रमा कति र कुन कुन गीतहरू छन् भनेर लेख्न सक्नु हुन्छ तर कुन कुन गीतहरू राम्रा छन् र कुन कुन गीत नराम्रा छन् भनेर लेख्नु हुन्न । कुन गीत राम्रो छ कुन नराम्रो छ भन्नु व्यक्तिगत विचार भएकोले यस्तो न लेख्नुहोस् । हुन सक्छ जुन गीत तपाईंलाई राम्रा लागेन त्यो गीत कसैको प्रिय गीत हुन्छ । त्यसै प्रकार कुनै व्यक्तित्वका लेखमा तपाईं तिनका योगदानहरू के के हुन् त्यो लेख्न सक्नु हुन्छ तर ती योगदानहरूमा आफ्नो राय दिनबाट बच्नुहोला ।

म कुनै लेखलाई त्यसको सन्दर्भसँग लिङ्क कसरी जोड्न सक्छु ?[सम्पादन गर्नुहोस्]

विकिपिडियाका लेखहरूलाई तपाईं इण्टरनेटका विश्वस्त स्रोतहरूका लिङ्कहरू सजिलैसँग जोड्न सक्नुहुन्छ र यस्तो गर्नु मानक पनि छ । उदाहरणका लागि तपाईं पञ्चकोशी नामको लेख हेर्नुहोस् । यस लेखमा हाम्रो पर्यटनको लिङ् स्रोतका रूपमा दिएको छ । यस्तो स्वाचलित रुपले गर्नका लागि तपाईं <ref> र <cite news>का विशेष टैगको प्रयोग गर्न सक्नुहुन्छ । तपाईंलाई लेखमा जहाँ यो स्रोत्रको लिङ्क देखिने हो वहाँ निम्न पंक्तिहरू लेख्नु होला-

==सन्दर्भ==
{{reflist}}

आम तौरमा यी सन्दर्भ लिङ्कहरू मुख्य लेखका पछि तथा यो पनि हेर्नुहोस् नामक अनुभागभन्दा पहिला दिए जान्छन् ।

<cite news>ढाँचाहरूको प्रयोगको विधि यहाँ छ । यसका सम्पूर्ण उदाहरणका लागि तपाईं पञ्चकोशी लेखका सम्पादन योग्य सूत्रलाई यहाँ हेर्नु होला ।

म लेखमा चित्रहरूलाई कसरी राख्न सक्छु?[सम्पादन गर्नुहोस्]

यहाँ नेपाली भाषामा जानकारी उपलब्ध छ । अधिक जानकारीको लागि तपाईं अङ्ग्रेजी भाषामा उपलब्ध जानकारी- en:Wikipedia:Picture tutorialen:Help:Contents/Images and media हेर्नुहोला

म समान विषयका लेखहरूलाई आपसमा कसरी जोड्न सक्छु ?[सम्पादन गर्नुहोस्]

समान विषयका लेखहरूलाई एक आपसमा जोड्ने धेरै तरिकाहरू छन्।

उप-शीर्षक यो पनि हेर्नुहोस्को प्रयोग[सम्पादन गर्नुहोस्]

उप-शीर्षक ''यो पनि हेर्नुहोस्''को प्रयोग गरे। यसमा तपाईं अन्य लेखहरूको लिङ्क दिन सक्नुहुन्छ। उदाहरणका लागि हेर्नुहोस्: नेपाली साहित्य

ढाँचाहरूको प्रयोग[सम्पादन गर्नुहोस्]

ढाँचाहरू विशेष लेख हुन्छन्, यो विषय-वस्तु (content)लाई एक भन्दा अधिक लेखहरूमा दोहोर्याउने सरल उपाय हो । यसलाई उप-लेख पनि मान्न सकिन्छ। ढाँचाहरूका नाम "Template:"देखि शुरू हुन्छन् (जस्तै: ढाँचा:नेपाली चलचित्र) । यस उप-लेखलाई लेखमा राख्नका लागि उप-लेखको नाम कोष्ठक {{का भित्र लेख्नु पर्छ (जस्तै: {{नेपाली चलचित्रहरू}})। ढाँचाहरू प्रयोगको उदाहरणका लागि हेर्नुहोस्:इलाम जिल्ला लेख ।

श्रेणीको प्रयोग[सम्पादन गर्नुहोस्]

हर लेखलाई तपाईं एक वा एक भन्दा अधिक श्रेणीमा राख्न सक्नुहुन्छ। लेखलाई श्रेणीमा राख्नको लागि विशेष कमाण्ड "[[श्रेणी: लेखको श्रेणी]]"को प्रयोग गर्नु पर्छ । यसमा लेखको श्रेणी जुन श्रेणीमा लेखलाई राख्न चाहनुहुन्छ त्यो लेखको नाम हुन्छ । उदाहरणका लागि हेर्नुहोस्: पृथ्वीनारायण शाह लेख, यो व्यक्तिगत जीवनशाहवंश श्रेणीमा सामेल छ।

श्रेणीमा लेख क्रमबद्ध हुन्छन् र श्रेणी आफू पनि कुनै अन्य श्रेणीको उप-श्रेणी हुन सक्छ। उदाहरणका लागि श्रेणी:नेपालका मन्दिरहरू नामक श्रेणी, श्रेणी:मन्दिरहरू नामक श्रेणीको उपश्रेणी हो ।

म समान शीर्षक भएका लेख कसरी बनाउन सक्छु ?[सम्पादन गर्नुहोस्]

जुन शीर्षक अनेक अर्थका लागि प्रयोग गर्न सकिन्छ, त्यसलाईस्पष्टता भनिन्छ । उदाहरणका लागि हेर्नुहोस्: कर्णाली, कर्णाली शिर्षकले नेपालको एक नदी, नेपालको एक प्रदेश, नेपालको एक अञ्चल, नेपालको एक पुल भन्ने दर्शाउँछ । यस्ता शीर्षकहरूलाई अलग गर्नका लागि सबै लेखहरूका शीर्षकहरूलाई विस्तारमा लेख्नु पर्छ । जस्तै: कर्णाली नदी, कर्णाली प्रदेश, कर्णाली अञ्चल, कर्णाली पुल । स्पष्टता शब्दका पृष्ठहरूमा ढाँचा:अस्पष्टता शब्दको प्रयोग गर्नु पर्छ । (जोड्ने: {{अस्पष्टता}}) र सबै प्रासङ्गिक लेखहरूको सूची त्यस पृष्ठमा राख्नु पर्छ ।