कर्णाली पुल
Jump to navigation
Jump to search
कर्णाली पुल | |
---|---|
पार गर्ने | कर्णाली नदी |
स्थान | चिसापानी, कैलाली ![]() |
डिजाइन | कावासाकी हेभी इन्डसट्रिज लिमिटेड (जापान) |
जम्मा लम्बाई | ५०० मिटर |
चौडाई | १० मिटर |
खोलिएको | सन् १९९४ |
कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ। यो पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। यसको निर्माण सन् १९९३ मा पूरा भएको हो। यो तार पुल (Cable-stayed bridge) हो जसको बिचमा ठूलो खम्बा (pylon) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस (truss) लाई अड्याइएको हुन्छ। यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ। यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।