विकिपिडिया:बर्बरता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बर्बरता वा vandalism विकिपिडिया, एक ज्ञानकोश भन्ने भावनाबाट बाहिर रही गरिने सम्पादनहरू हुन् ।

विकिपिडियाका कुनै पनि पृष्ठ रित्तो बनाउने, अर्थ नदिने सम्पादन; दिए पनि अनावश्यक, अश्लील, हँस्सी-मजाक अर्थ दिने सम्पादनहरू नै बर्बरता हुन् । धेरै भन्दा धेरै खाता खोल्ने र विभिन्न IP ठेगाना बाट अहित सम्पादनहरूलाई पनि बर्बरता ठहराइन्छ । बर्बरता सम्पादन गर्ने सम्पादकहरूलाई Vandals वा बर्बरकर्ता उपमा दिइनेछ ।

बर्बरता नि:षेध छ । सम्पादकहरूले Vandals लाई विकिपिडिया अहित हुने सम्पादन गर्न अनुरोध/शिक्षा दिन सक्छन् । प्रबन्धकहरूले भने थुप्रै चेतावनी पश्चात् Vandals हरूलाई निश्चित वा अनिश्चित समयका लागि ब्लक (अङ्ग्रेजी: Block, अनावश्यक सम्पादन नगरुन् भन्ने हेतुले) गर्न सक्छन् ।

केही सम्पादनहरू बर्बरता देखिए पनि विकिपिडियाका असल हित निम्तिका लागि गरिएका पनि हुन् सक्छन् । उक्त सम्पादन विकिपिडियाको हितमा थियो या थिएन, बुझेर मात्र बर्बरता हो या होइन, अन्य सम्पादक र प्रबन्धकहरूले बुझ्नु आवश्यक हुन जान्छ ।

बर्बरता कसरी पत्ता लगाउने?

  • विकिपिडियामा हालै भइरहेका सम्पादनहरू हेर्नुहोस् ।
  • तपाईं आफ्नो ध्यान सूची, (केही पृष्ठहरूमा के सम्पादन भइरहेका छन्, भन्न बुझ्न केही पृष्ठलाई ध्यान सूचीमा राख्न सक्नुहुन्छ।) हेर्न सक्नुहुन्छ ।
  • कुनै पनि पृष्ठमा भएका सम्पादन इतिहासहरू (edit history) हेर्नुहोस् । विकिपिडियामा भएका लेखहरूको आकार एकाएक बढेको वा घट्नु बर्बरताका कारण पनि हुन सक्छन् ।

माथि दिइएका तिन विषयमा धेरै जसो IP ठेगानाबाट गरिने सम्पादनहरू, खाता पृष्ठ (user page) नभएकाहरूद्वारा गरएिका सम्पादनहरू, बर्बरताका रुपमा देखा पर्छन् । यसो भनिए पनि सम्पूर्ण IP ठेगानाबाट सम्पादन गर्ने सम्पादकहरू र खाता पृष्ठ नबनाउने प्रयोगकर्ताहरूलाई vandals भन्न खोजिएको होइन ।

बर्बरता यी विषयलाई मानिन्छन्:

  • पृष्ठ रित्तो बनाइदिने,
  • पृष्ठमा अरु कुराहरू थपिदिने,
  • अनावश्यक शीर्षक दिई लेख लेख्न खोज्ने,
  • अनावश्यक रुपमा पृष्ठहरूमा tag (ढाँचा)हरूको प्रयोग गर्ने,
  • अश्लील अर्थ दिने प्रयोगकर्ता नाम लिई खाता बनाउने, सम्पादन सारंश (edit summary) मा समेत अनावश्यक लेख्ने,
  • कपिराइट नियमहरू उल्लङ्घन हुने गरि मिडिया सामग्रीका प्रयोग गर्ने/अपलोड गर्ने,
  • लेखहरूमा झुटा, भ्रामक, प्रचारात्मक, आक्षेप जस्ता वाक्यहरू लेख्ने,
  • लेखमा अन्तरविकिहरू विगारिदिने,
  • प्रचारत्मक वेभ लिंक जोड्ने,
  • वार्ता पृष्ठमा गाली गलौच गर्ने,

र माथि भनिएका बुदाँहरू जस्तै विकिपिडियाका कुनै पनि नियम विपरीत गरिने कार्यहरू बर्बरता हुन् ।

निम्न बुदाँ बर्बरता अन्तर्गत पर्दैनन् :

  • लेखहरूमा सम्पादन गर्दा व्याकरण/वाक्य नमिलेको भेटिनु,
  • लेखमा अन्य स्थलबाट हुबहु सारिएको भेटिनु, (विकिपिडियामा अन्य ठाउँबाट लेखहरूमा जस्ताको तस्तै सार्नु विकिपिडियाका नियम विपरीत भएपनि यो विषय बर्बरता भने होइन ।)
  • सम्पादन सारंश (edit summary) नलेख्नु, (विकिपिडियामा सम्पादकहरूलाई edit summary लेख्न आग्रह गरिएपनि सम्पादन सारंश नलेखिनु बर्बरता भने होइन ।)
  • विकि-शैली अनुसार लेख तयार नगर्नु ।

बर्बरता देखिए के गर्नुहोस् ?

विकिपिडियामा रहेको revert को प्रयोग गर्नहोस् वा अनावश्यक सम्पादनलाई मेटाउनुहोस् । यस विषयलाई बर्बरकर्तालाई सम्पादनको बारे कुरा राख्नुहोस् र प्रबन्धक/चौतारीमा खबर पुर्याउनुहोस् ।

चेतावनीका लागि सम्बन्धित प्रयोगकर्ताको वार्ता पृष्ठमा {{ ढाँचा:सावधान}}को प्रयोग गरि हस्ताक्षर गर्नुहोस् ।

बर्बरता नै मुख्य उद्देश्य रहेका प्रयोगकर्ताहरूलाई प्रबन्धकहरूद्वारा अनिश्चित समयसम्मका लागि विकिपिडियाबाट निशेध गरिनेछ ।

बर्बरता देखिए के नगर्नुहोस्?

  • लेखलाई मेटाउनु पर्ने पृष्ठमा नजोड्नुहोस् ।
  • उक्त सम्पादन कर्ताको वार्ता-पृष्ठ गाली गलौज/दोष/अपशब्द नलेख्नुहोस् ।

अन्य

  • IP ठेगानाको ठाउँ पत्ता लगाउने सम्बन्धित जानकार प्रबन्धकहरूले (check user rights द्वारा) गर्नेछन् ।