कार्बनडाइअक्साइड
कार्बनडाइअक्साइड | |
---|---|
Properties | |
Molecular formula | CO2 |
Molar mass | 44.01 g mol−1 |
Appearance | बेरङ्ग |
Except where noted otherwise, data are given for materials in their standard state (at 25 °C, 100 kPa) | |
Infobox references |
कार्बन डाइअक्साइड (अणसुत्र: CO2) वायुमण्डलमा पाइने, दुई अक्सिजनका अणुहरु एक कार्बनको अणु मिलेर बनेको ग्यास हो ।
वायुमण्डलमा ०.०३% कार्बनडाइअक्साइड छ । कार्बन भएकाबस्तुहरु जस्तै: कोइला, काठ, मट्टीतेल, तेल, बोसो, मैन इत्यादि बल्दा कार्बनडाइअक्साइड बन्दछ र हावामा जान्छ । बिरुवा तथा जनावरहरूले सास फेर्दा कार्बनडाइअक्साइड निस्कन्छ । चुनढुङ्गा(CaCO३), डोलोमाइट(CaCO३/MgCO३)र म्याग्नेसाइट/ खरी ढुङ्गा आदिलाई रासायनिक प्रतिक्रिया गरेपछी कार्बनडाइअक्साइड ग्यास निस्कन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]यो ग्यास सन १६८० मा Helmont ले पत्ता लगाएका थिए तर पछि Lavoisier ले यस ग्यासलाई कार्बन र अक्सिजनको यौगिक भनी प्रमाणित गरेका थिए ।
प्रयोगशालामा कार्बनडाइअक्साइड ग्यास बनाउने तरिका
[सम्पादन गर्नुहोस्]प्रयोगशालामा कार्बनडाइअक्साइड ग्यास चुनढुङ्गाका टुक्राहरूलाई फिक्का हाइड्रोक्लोरिक अम्ल (dil. HCl) सँग रासायनिक प्रतिक्रिया गराई बनाइन्छ ।
CaCO३ + २HCl → CaCl२ + H२O + CO२
कार्बनडाइअक्साइड बनाउने अन्य तरिका
[सम्पादन गर्नुहोस्]- कार्बनलाई पर्याप्त अक्सिजन भएको हावामा बाल्दा यो ग्यास बन्छ।
- मिथेन, इथेन, ब्युटेन आदि बल्दा यो ग्यास निस्कन्छ।
- चुनढुङगालाई बेस्सरी तताउँदा यो ग्यास निस्कन्छ ।
- कार्बोनेट तथा हाइड्रोजन कार्बोनेटहरूले अम्लसँग प्रतिक्रिया गर्दा यो ग्यास निस्कन्छ।
भौतिक गुणहरु
[सम्पादन गर्नुहोस्]- यो ग्यास रङ्गहिन, गन्धहिन र स्वादहिन हुन्छ ।
- यो ग्यास हावाभन्दा गरुङ्गो हुन्छ ।
- यसले भिजेको निलो लिट्मस कागजलाई रातो बनाउँछ ।
- यो ग्यास पानीमा कम मात्रामा घुल्छ ।-७८°C मा यसलाई ठोस अवस्थामा परिवर्तन गर्न सकिन्छ।
रासायनिक गुणहरु
[सम्पादन गर्नुहोस्]- कार्बनडाइअक्साइड ग्यास पानीमा कम मात्रामा घुल्छ। यसरी घुल्दा यो कार्बोनिक अम्ल(H2 CO3 ) बन्छ।
CO2 + H 2 O → H2 CO3
उपयोगिता
[सम्पादन गर्नुहोस्]- बिरुवाहरु खाना बनाउने प्रक्रियामा ग्यासको प्रयोग गर्छ्न् ।
- कार्बनडाइअक्साइड ग्यास आगो निभाउने कार्यमा प्रयोग गरिन्छ ।
- सोडापानी, बियर, कोकाकोला जस्ता पेयपदार्थहरूमा यो ग्यासको प्रयोग गरिन्छ ।
- विभिन्न बस्तुहरूलाई सुरक्षित राख्न परेमा सुख्खा बरफ (dry ice) को रूपमा यो ग्यासलाई प्रयोग गरिन्छ ।