ओजोन तह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओजोन चक्र

अक्सिजनको ३ अणु (O) तीन परमाणुहरू सँग मिलेर बनेको एक ग्याँस हो। जुन वायुमण्डलमा धेरै कम मात्रा (०.०२%)मा पाइन्छ भने यो तीखो गन्ध भएको अत्यन्त विषालु ग्याँस हो। यो पृथ्वीको वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ। यसलाई ओजोन तह भनिन्छ। पृथ्वीमा कलकारखाना र सवारी साधनमा प्रयोग हुने इन्धन तथा रसायनबाट निस्केको ओजोन वायुमण्डलमा गएर एकत्रित हुने गर्दछ। यसले सूर्यबाट आउनेमध्ये हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ। जहाँ यसको निर्माण अक्सीजनबाट पराबैजनी किरणहरूको प्रभावस्वरूप हुन्छ। ओजोन अक्सीजनको एक माथिल्लो रुप हो।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

वन म्यारमले सन् १७८५ मा विद्युत विसर्जन यन्त्रहरूको नजीकै एक विशेष प्रकारको गन्धको अनुभव गरे जसको उल्लेख उनले आफ्नो लेखहरूमा पनि गरे। सन् १८०१ मा क्रिक शैंकको पनि औक्सीजनमा विद्युत विसर्जन गर्दा खेरी यही अनुभव भयो। सन् १८४० मा शानबाइन ले यस गन्धको कारण एक नयाँ ग्याँस बताए र उनले यसलाई ओजोन नाम दिए जुन यूनानी शब्द ओजो यानि म सूँघछुमा आधारित थियो। सन् १८६५ मा सोरेटले यो सिद्ध गरे कि यो ग्याँस औक्सीजनको एक अपररूप हो र यसको अणुसूत्र O छ।

ओजन तह निर्माण[सम्पादन गर्नुहोस्]

वायुमण्डललमा भएको अक्सिजन(O ग्यासलाई सुर्यको विकिरणद्वारा विच्चेदन गराई अक्सिजन परमाणुमा(O) परिवर्तन हुन्छ उक्त अक्सिजन परमाणु फेरि अक्सिजन(O) सँग मिलि ओजन तह(O) निर्माण हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]