गुरुत्वाकर्षण बल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुई वा सो भन्दा बढी आकाशिय पिण्डहरूमा एक अर्काबिच उत्पन्न हुने आकर्षण बललाई गुरुत्वाकर्षण बल भनिन्छ । उदाहरणका लागि पृथ्वीचन्द्रमा बिच गुरुत्वाकर्षण बल उत्पन्न हुने भएकाले चन्द्रमा पृथ्वीबाट फुत्केर जान पाउँदैन ।

ब्रह्माण्डमा भएका हरेक तारा, ग्रह, उपग्रह, शिशु ग्रह लगायत सबैमा गुरुत्वाकर्षण बल उत्पन्न भएको हुन्छ । त्यै भएर हाम्रो सौर्यमण्डलमा सूर्यको गुरुत्वाकर्षण बलका कारण ग्रहहरूले सूर्यलाई परिक्रमा गर्छ्न् ।

गुरुत्वाकर्षण बल सम्बन्धी प्रशिद्ध बैज्ञानिक आइज्याक न्यूटनले गुरुत्वाकर्षणको नियम प्रतिपादन गरेका छ्न् ।

गुरुत्वाकर्षण बल सापेछ सिद्धान्तबाट पनि वर्णन गरिएको छ । जसमा गुरुत्वाकर्षण बल spacetime खुम्चिएर उत्पन्न हूने गर्छ । गुरुत्वाकर्षण बल ब्रह्माण्डमा सबै ठाउँमा लागु हुन्छ । न्यूटन को सिद्धान्त अनुसार यो बल गणित मा यस पकार रहेको छ । जसमा

=पहिलो वस्तु को पिण्ड 
=दोस्रो वस्तु को पिण्ड 
=तिनीहरूको दुरी (square)
=gravitational constant

न्युटनले पता लगाको यो नियम ब्रह्माण्डमा जुनै वस्तु मा पनि लागू हुन्छ । गुरूत्वाकर्षण बल अरु कुनै चिजबाट असर हुंदैन । यो बल ले वस्तु हरूलाई आफू तिर तान्ने गर्छ । अल्बर्ट आइन्सटाईनले यस बललाई अर्कै मानेका छन् । उनको अनुसार यो बल होईन अर्कै चिज हो । माईकल फराडेले गुरुत्व बलले कसरी काम गर्छ भन्ने नियम बनाएका थिए । उनका अनुसार यो बल एक ठाउँबाट अर्को ठाउँमा फिल्ड बनाएर जाने गर्छ तर आज पनि यो बल कसरी उत्पन्न हुन्छ भन्ने रहस्यमयी नै छ । पृथ्वीको गुरुत्वाकर्षण बल ९.८ न्युटन हो ।

गुरुत्व बल प्रकृति को चार बल मध्य निकै कम्जोर बल हो । यस बल को फोर्स लाई एक ठाँउबाट अर्को ठाँउ मा ग्रविटोन (graviton) नामक पदार्थले पठाउन सहयोग गर्छ । यस बल ब्रह्माण्ड को सबै बस्तु मा लागु हुने गर्छ ।यो बलकै कारण दुई बस्तु एक आपस आकर्षित हुन्छन्।