ग्रह

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हाम्रो सौरमण्डलको ग्रह - देब्रेबाट दाहिने - बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण र वरुण
सौर्य मंडलको ग्रहहरू, सूर्य र अन्य पिंडहरूको तुलनात्मक चित्र

सूर्य अथवा कुनै अन्य ताराहरूको चारै तिर परिक्रमा गर्ने खगोल पिण्डहरूलाई ग्रह भन्छन्। अन्तरराष्ट्रिय खगोल संघको परिभाषा अनुसार हाम्रो सौरमण्डलमा आठ ग्रहहरू छन - बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुणग्रहबरुणग्रह। यस बाहेक अतिरिक्त तीन शिशुग्रहहरू अझ छन - सीरिस, प्लूटोएरीस। प्राचीन खगोलशास्त्रिहरूले तारा र ग्रहहरू बीचमा अन्तर यस प्रकार स्पष्ट गरे - राति आकाशमा चमकने धेरै पिण्डहरू सधै पूर्ब दिशाबाट उठछन, एक निश्चित गति प्राप्त गर्छन र पश्चिम दिशामा अस्त हुने गर्छन। यस पिण्डहरूको आपसमा एक अर्काको सापेक्ष कुनै पनि परिवर्तन हुंदैन। यस्ता पिण्डहरूलाई तारा भनिएको छ।

तर केही यस्तो पनि पिण्ड छन जुन बाकी पिण्डहरूको सापेक्षमा कहिले अगाडि र कहिले पछाडि हुन्थ्यो - यानी कि ति ग्रहहरू घुमक्कड थिये। Planet एक ल्याटिन शब्द हो जसको अर्थ यता-उता घूमने हुन्छ। यसलागि यस पिण्डहरूको नाम Planet र नेपालीमा ग्रह राखियो। शनिग्रहको टाढाको ग्रह दूरबीनको बिना हेर्न सकिन्न, यसैले प्राचीन वैज्ञानिकहरूलाई मात्र पाँच ग्रहहरूको ज्ञान थियो, पृथ्वीलाई त्यति बेला ग्रह नहीं मानिन्दैन थियो।

ज्योतिषहरूको अनुसार ग्रहको परिभाषा अलग्गै छ। हाम्रो देशको ज्योतिषपौराणिक कथाहरूमा नौ ग्रह गनिन्छन, सूर्य, चन्द्रमा, बुध, शुक्र, मंगल, गुरू, शनि, राहुकेतु

सौर्यमण्डल
सूर्य बुधग्रह शुक्रग्रह चन्द्रमा पृथ्वी Phobos and Deimos मंगल सीरेस) क्षुद्रग्रह बृहस्पतिग्रह बृहस्पतिको उपग्रह शनिग्रह शनिको उपग्रह अरुणग्रह अरुणको उपग्रह वरुणको उपग्रह वरुण Charon, Nix, and Hydra प्लूटो ग्रह कुपर बेल्ट डाईस्नोमिया (चंद्रमा) एरीसग्रह) स्केटर्ड डिस्क The Oort cloudSolar System XXVII.png