नवग्रह हिन्दू धर्म र हिन्दू पुराण अनुसार, नौ वटा आकाशीय पिण्ड तथा देवताहरू हुन्, जसले पृथ्वीमा मानव जीवनलाई प्रभाव पार्ने विश्वास गरिन्छ। "नवग्रह" शब्द संस्कृतका दुई शब्दहरूबाट बनेको हो: नव जसको अर्थ नौ, र ग्रह जसको अर्थ कब्जा गर्ने, सम्हाल्ने वा प्रभाव पार्ने शक्ति। ९ वटा सौर्य पिण्ड वा नवग्रहरूः- सूर्य, चन्द्रमा, बुध, शुक्र, मंगल, बृहस्पति (गुरु), शनि, र चन्द्रमाका दुई बिन्दुहरू (राहु र केतु), को जन्म कुण्डलीमा वस्तु स्थितिबाट ज्योतिष शाश्त्रमा मानव जीवनका सम्पूर्ण पक्ष विश्लेषण गरिन्छन्। सामान्यतयाः शुभ ग्रहहरूमा चन्द्रमा, बुध, गुरू एंव शुक्र, अशुभ ग्रहमा सूर्य, मङ्गल, शनि, राहु र केतु लाई लिइन्छ। राहु र केतु दुई ग्रहको अन्य ग्रह झै वास्तविक रूप वा आकार हुँदैन र यी दुवै छाँया ग्रह हुन्। यी मध्ये राहु शीर हो भने केतु शरीर हो। शुभ र अशुभ केवल लाक्षणिक अर्थमा प्रयोग भएको शब्द्वावली हुन्।
नव ग्रह, सुर्य देवलाई बिचमा राखिएको, राजा रवि वर्माको चित्रकला