सौर्यमण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सौर्यमण्डल
Planets2013symbols.svg
सूर्य तथा ग्रहहरू
(दुरी मापन अनुसार नभएको)
आयु४५६.८ करोड वर्ष
स्थान
  • स्थानीय अन्तरनक्षत्रिय बादल, स्थानीय फोकाहरू,
  • कालपुरुष बाहु आकाशगङ्गा
मण्डलको पिण्ड१.००१४ सौर्यपिण्ड
नजिकको तारा
  • प्रक्सिमा सेन्टराई  (४.२५ प्रकाश वर्ष)
  • अल्फा सेन्टराई (४.३७ प्रकाश वर्ष)
नजिकको ज्ञात ग्रह मण्डलप्रक्सिमा सेन्टटराई मण्डल  (४.२५ प्रकाश वर्ष)
ग्रह मण्डल
बाहिरी ज्ञात ग्रहको अर्द्ध-प्रमुख कक्ष (बरुण)
३०.१० खगोलिय एकाइ
(४५  करोड किलोमिटर)
कुइपर पेटी सम्मको दुरी५० खगोलिय एकाइ
जनसङ्ख्या
ताराहरू  (सूर्य)
ज्ञात ग्रहहरू
ज्ञात पुड्के ग्रहहरू
२ वटा विश्वव्यापी मान्यता प्राप्त १ वटा सम्भावित २ वटा प्रमाणित हुनसक्ने
ज्ञात प्राकृतिक उपग्रहहरू
५७५
  • (१८५ वटा ग्रहमण्डल[१]
  • ३९० वटा सानो ग्रहमण्डल[२])
ज्ञात साना ग्रहहरू७,९६,३५४  (सन् २०१९ अगस्ट २७ को गणना अनुसार)[३]
ज्ञात लामपुछ्रे ताराहरू४,१४३  (सन् २०१९ अगस्ट २७ को गणना अनुसार)[३]
ज्ञात गोलाकार उपग्रहहरू१९ (५ वा सम्भवत ६ वटा समानस्थिति सहित)
आकाशगङ्गा केन्द्र सम्बन्धी कक्ष
स्थिर सतहको आकाशगङ्गा सतहतर्फ झुकाउ६०.१९°  (परिक्रमा कक्ष)
आकाशगङ्गा केन्द्र सम्मको दुरी२७,००० ± १,००० प्रकाश वर्ष
कक्षीय गति२२० किलोमिटर प्रति सेकेन्ड
कक्षीय अवधि२२५–२५० मिलियन वर्ष
तारा-सम्बन्धित गुणहरू
ताराहरूको श्रेणीजि वर्गका प्रमुख ताराहरू
हिमरेखा≈५ खगोलिय एकाइ[४]
हेलिपजको दुरी≈१२० खगोलिय एकाइ
पहाडी क्षेत्रको व्यास≈१–३ प्रकाशवर्ष

सौर्यमण्डल एक खगोलिय प्रणाली हो जसको केन्द्रमा रहेको तारालाई ग्रह तथा उल्का पिण्डहरूले परिक्रमा गर्दछन्। सबैभन्दा प्रशिद्ध सौर्यमण्डल मानव सहितको पृथ्वी रहको सौर्यमण्डल हो। पृथ्वीले सूर्यको वरिपरि एक अण्डाकार कक्षमा परिक्रमा गर्दछ भने अन्य ग्रहहरूले पनि सूर्यको वरिपरि अण्डाकार कक्षमा परिक्रमा गर्दछन्। सौर्यमण्डलको बीचमा सूर्य रहेको छ।

सूर्य[सम्पादन गर्नुहोस्]

सूर्यको बाहिरी भाग देखिएको तस्विर

सूर्य एक मझौलो आकारको तारा हो। यसको सतहको तापक्रम लगभग हुन्छ भने यसको केन्द्रको तापक्रम [५] हुन्छ। र यसको केन्द्रको चाप [६]रहेको हुन्छ। सर्यले सम्पूर्ण सौर्य मण्डललाई नै उज्यालो पार्ने गरी प्रकाश दिन्छ। यसले यति धेरै प्रकाश र ताप दिनुको कारण यसको केन्द्रमा भइरहेको आणविक प्रतिक्रिया हो। आणविक प्रतिक्रिया हुन सूर्यको केन्द्रमा रहेको चाप र तापक्रमले मद्दत गर्दछन। सूर्यमा भन्दा बढी हाइड्रोजनको मात्रा रहेको हुन्छ।[७] हाइड्रोजनको परमाणुमा जम्मा एउटा इलेक्ट्रोन रहेको हुन्छ।[८] सूर्यको केन्द्र भागमा उच्च तापक्रम हुने भएकोले त्यहाँ रहेका हाइड्रोजनका इलेक्ट्रोनहरू छुट्टिएर जान्छन। अब हाइड्रोजनको न्युक्लियस मात्रै बाकि रहेको हुन्छ। हाइड्रोजनको न्युक्लियसमा प्रोटोन मात्रै हुन्छ। अब ति पोसिटिव चार्ज भएका प्रोटोनहरू माथि यति धेरै चाप लाग्छ कि विकर्षित हुँदा हुँदै पनि तिनीहरू एकै ठाउँमा आइ आणविक प्रतिक्रिया सुरु हुन्छ। यसको साथ साथै ठुलो मात्रामा ताप शक्ति र प्रकाश शक्ति उत्पन्न हुन्छ।

ग्रह[सम्पादन गर्नुहोस्]

सूर्यको वरिपरि घुम्ने सबैभन्दा ठुला पिण्डहरूलाई ग्रह भनिन्छ। दुरविनका सहायताले गहन खोज गरी ग्रहहरू पत्ता लगाउन मानिसहरूलाई कयौँ वर्ष लागेको थियो। कुनै ठुला ग्रहहरू पत्ता नलागेको धेरै वर्ष भईसक्यो, तर साना पिण्डहरू भने हरेक वर्ष धेरै पत्ता लाग्ने गरेका छन्। सन् २००६ मा चेक गणतन्त्रको राजधानी प्राग भएको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (IAU) को सम्मेलनले ग्रहहरूलाई परिभाषित गर्दै यम ग्रहलाई छुद्र ग्रहको सुचीमा सुचीक्रित गरेको थियो। यसपछी सौर्यमण्डलमा ग्रहहरूको सङ्ख्या आठ पुगेको छ। सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह बृहस्पति ग्रह,सबैभन्दा सानो ग्रह बुध ग्रह,सबैभन्दा चम्किलो ग्रह शुक्र ग्रह र सबैभन्दा टाढाको ग्रह बरुण ग्रह हो।

भित्री सौर्यमण्डल[सम्पादन गर्नुहोस्]

भित्री सौर्यमण्डल क्षेत्र चारवटा स्थलीय ग्रहहरू र क्षुद्रग्रह बेल्ट मिलेर बनेको क्षेत्र हो। सूर्य देखि क्षुद्रग्रह पेटीको अन्त्य सम्मको क्षेत्रलाई नै भित्री सौर्यमण्डल भनिन्छ।

भित्री ग्रहहरू[सम्पादन गर्नुहोस्]

भित्री ग्रहहरू: पृथ्वी (पछाडी, बायाँ), मङ्गल (अगाडी, बायाँ), शुक्र (पछाडी, दायाँ) र बुध (अगाडी, दायाँ)

सौर्यमण्डलका भित्री ग्रहहरू अन्तर्गत चट्टान र जमीनी सतह भएका चारवटा ग्रहहरू पर्दछन्। यि ग्रहहरूको केहीको उपग्रहहरू नै छैनन् हुनेको पनि न्युन सङ्यामा छन्।

बुध[सम्पादन गर्नुहोस्]

बुधग्रह सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजीकको ग्रह हो। यस ग्रहको भूमध्यरेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ। यसको बाहिरी सतह ज्वालामुखी पहाडहरूले ढाकिएको छ।यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्यमण्डलको सबैभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्य नजिक भएकोले यसले सूर्यलाई सबैभन्दा छिठो परिक्रमा गर्दछ। बुधग्रहलाई सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।

शुक्र[सम्पादन गर्नुहोस्]

शुक्रग्रह सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो र यो सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा छ। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायूमण्डल कार्बन्डाईअक्साइड् र सल्फ्युरिक् एसिडले बनेको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ। शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । पृथ्वीको व्यास १२ हजार आठसय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । शुक्रग्रहसँग कुनै प्राकृतिक उपग्रह छैनन्।

पृथ्वी[सम्पादन गर्नुहोस्]

पृथ्वी ( सूर्यबाट १ खगोलिय एकाइ (१५ करोड किलोमिटर; ९ करोड ३० लाख माइल ) दुरीमा अवस्थित) सौर्यमण्डलको तेस्रो ग्रह हो। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो । यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) वर्ष अगाडि उत्पन्न भएको हो। पृथ्वी एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा रहेको छ। पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ, यसको व्यास करिब् १२,७४२ किमि छ। पृथ्वीले सुर्यको वरीपरी ३६५.२५ दिनमा १ फन्को घुम्छ ।

मङ्गल[सम्पादन गर्नुहोस्]

मङ्गल सूर्यबाट चौथो ग्रह वा भित्री सौर्यमण्डलको अन्तिम ग्रह हो। यो ग्रह पृथ्वी र शुक्र भन्दा आकारमा सानो छ। यसको जमीनमा भएको आइरन अक्साइडको कारण यसको रङ्ग रातो देखिन्छ। मङ्गल ग्रहको वायुमण्डलमा अधिकतम कार्बन्डाइअक्साइड रहेको छ। यसका दुईवटा प्राकृतिक उपग्रह रहेका छन्।

क्षुद्रग्रह पेटी[सम्पादन गर्नुहोस्]

क्षुद्रग्रह पेटीले मङ्गल र बृहस्पति ग्रहको बीच कक्ष ओगटेको छ। यो सूर्य बाट १.५ खगोलिय एकाइ (२२ करोड किलोमिटर; १४ करोड माइल) दुरीमा अवस्थित छ। क्षुद्रग्रह पेटीको भित्र १ किलोमिटर व्यास सम्म भएका लाखौंको सङ्यामा पिण्ड तथा क्षुद्रग्रह हुन्छन्।[९]

बाहिरी सौर्यमण्डल[सम्पादन गर्नुहोस्]

बाहिरी सौर्यमण्डल विशाल ग्रहहरू र तिनका ठुला-ठुला प्राकृतिक उपग्रहहरूको क्षेत्र हो। बाहिरी सौर्यमण्डल सूर्यबाट धेरै दूरीमा हुने हुनाले यस क्षेत्रमा कम तापक्रम हुने कारण यस क्षेत्रमा भित्री सौर्यमण्डलको तुलनामा पानी, अमोनिया र मिथेन उच्च अनुपातमा ठोस रूपमा रहेका हुन्छन्।

बाहिरी ग्रहहरू[सम्पादन गर्नुहोस्]

बाहिरी ग्रहहरू (पछाडी); बृहस्पति, शनि, अरूणबरूण तथा भित्री ग्रहहरू (अगाडी); पृथ्वी, शुक्र, मङ्गलबुध बीच तुलना

बाहिरी ग्रहहरू अन्तर्गत सौर्यमण्डलका चार विशाल ग्रहहरू पर्दछन्। बृहस्पति र शनि ग्रहको सामुहिक पिण्डको आकार पृथ्वीको भन्दा ४०० गुणा बढी हुन्छ। यिनीहरूको वायुमण्डलमा हाइड्रोजन र हिलियम अत्यधिक मात्रामा रहेको छ।

बृहस्पति[सम्पादन गर्नुहोस्]

बृहस्पति सूर्यबाट ५.४ खगोलिय एकाइ ( ७८ करोड किलोमिटर; ४८ करोड माइल) दुरीमा रहेको छ। यो ग्रह सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह हो। बृहस्पतिको पिण्ड सौर्यमण्डलका अन्य सबै ग्रहहरूको सामुहिक पिण्ड भन्दा २.५ गुणा अधिक छ। बृहस्पतिका ७९ वटा प्राकृतिक उपग्रह रहेका छन्। यसको उपग्रह गेनिमेड सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह हो जुन बुध ग्रह भन्दा ठुलो छ।

शनि[सम्पादन गर्नुहोस्]


सौर्यमण्डलिय पिण्डहरूको क्रम[सम्पादन गर्नुहोस्]

हाम्रो सौर्यमण्डलमा जम्मा ८ ग्रह, ३ साना ग्रह र अन्य ठूला पिण्डहरू सूर्यको परिक्रमा गर्दछन। सूर्यबाट दुरिको आधारमा क्रममा पिण्डहरू यस प्रकार रहेका छन्:

अन्य धेरै बस्तुहरूले सूर्यको परिक्रमा गर्दछन र तिनिहरू सबै सौर्यमण्डलकै भाग हुन। उदाहरणको लागि, क्षुद्रग्रह पेटी, एक यस्तो क्षेत्रहो जहाँ धेरै ढुङ्गाहरू छन्। यिनिहरू ग्रहहरू भन्दा निक्कै साना छन्। कतिपय त एक किलोमिटर भन्दा छोटो व्यास भएकापनि छन्।

दृश्य सारांश[सम्पादन गर्नुहोस्]

सौर्यमण्डल
Sun white.jpg
Jupiter and its shrunken Great Red Spot.jpg
Jewel of the Solar System.jpg
Uranus2.jpg
Neptune - Voyager 2 (29347980845) flatten crop.jpg
The Earth seen from Apollo 17.jpg PIA23791-Venus-NewlyProcessedView-20200608.jpg
सूर्य
(तारा)
बृहस्पति
(ग्रह)
शनि
(ग्रह)
अरूण
(ग्रह)
बरूण
(ग्रह)
पृथ्वी
(ग्रह)
शुक्र
(ग्रह)
OSIRIS Mars true color.jpg
Ganymede g1 true-edit1.jpg
Titan in true color.jpg
Mercury in color - Prockter07-edit1.jpg
Callisto.jpg
Io highest resolution true color.jpg
FullMoon2010.jpg
मङ्गल
(ग्रह)
गेनिमेड
(बृहस्पतिको उपग्रह)
टाइटन
(शनिको उपग्रह)
बुध
(ग्रह)
क्यालिस्टो
(बृहस्पतिको उपग्रह)
इओ
(बृहस्पतिको उपग्रह)
चन्द्रमा
(पृथ्वीको उपग्रह)
Europa-moon-with-margins.jpg
Triton moon mosaic Voyager 2 (large).jpg
Pluto in True Color - High-Res.jpg
Titania (moon) color, cropped.jpg
PIA07763 Rhea full globe5.jpg
Voyager 2 picture of Oberon.jpg
Iapetus as seen by the Cassini probe - 20071008.jpg
युरोपा
(बृहस्पतिको उपग्रह)
ट्रिटन
(अरुणको उपग्रह)
यम
(क्षुद्र ग्रह)
टाइटानिया
(वरुणको उपग्रह)
रिया
(शनिको उपग्रह)
ओबेरन
(अरुणको उपग्रह)
आयापिटस
(शनिको उपग्रह)
Charon in True Color - High-Res.jpg
PIA00040 Umbrielx2.47.jpg
Ariel (moon).jpg
Dione in natural light.jpg
PIA18317-SaturnMoon-Tethys-Cassini-20150411.jpg
Ceres - RC3 - Haulani Crater (22381131691) (cropped).jpg
Vesta full mosaic.jpg
केरन
(यमको उपग्रह)
अम्ब्रियल
(अरुणको उपग्रह)
एरियल
(अरुणको उपग्रह)
डायोनी
(शनिको उपग्रह)
टिदिस
(शनिको उपग्रह)
सेरेस
(क्षुद्र ग्रह)
भेस्टा
(बेल्टको क्षुद्रग्रह)
Potw1749a Pallas crop.png
PIA17202 - Approaching Enceladus.jpg
PIA18185 Miranda's Icy Face.jpg
Proteus (Voyager 2).jpg
Mimas Cassini.jpg
Hyperion true.jpg
Iris asteroid eso.jpg
पल्लास
(बेल्टको क्षुद्रग्रह)
एन्सेलडस
(शनिको उपग्रह)
मिरान्डा
(अरुणको उपग्रह)
प्रोटियस
(बरूणको उपग्रह)
मिमस
(शनिको उपग्रह)
हाइपिरियन
(शनिको उपग्रह)
आइरिस
(बेल्टको क्षुद्रग्रह)
Phoebe cassini.jpg
PIA12714 Janus crop.jpg
PIA09813 Epimetheus S. polar region.jpg
Rosetta triumphs at asteroid Lutetia.jpg
Prometheus 12-26-09a.jpg
PIA21055 - Pandora Up Close.jpg
(253) mathilde crop.jpg
फिबी
(शनिको उपग्रह)
जेनस
(शनिको उपग्रह)
इपिमेथियस
(शनिको उपग्रह)
Lutetia
(बेल्टको क्षुद्रग्रह)
प्रमिथियस
(शनिको उपग्रह)
प्यान्डोरा
(शनिको उपग्रह)
Mathilde
(belt asteroid)
Leading hemisphere of Helene - 20110618.jpg
243 Ida large.jpg
UltimaThule CA06 color 20190516.png
Phobos colour 2008.jpg
Deimos-MRO.jpg
Comet 67P on 19 September 2014 NavCam mosaic.jpg
Comet Hartley 2 (super crop).jpg
हलिन
(शनिको उपग्रह)
Ida
(बेल्टको क्षुद्रग्रह)
Arrokoth
(कुइपर बेल्टको पिण्ड)
फोबोस
(मङ्गलको उपग्रह)
डेइमोस
(मङ्गलको उपग्रह)
Churyumov–
Gerasimenko

(पुच्छ्रेतारा)
Hartley 2
(पुच्छ्रेतारा)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "How Many Solar System Bodies", NASA/JPL Solar System Dynamics, अन्तिम पहुँच २० अप्रिल २०१८ 
  2. Wm. Robert Johnston (१५ सेप्टेम्बर २०१९), "Asteroids with Satellites", Johnston's Archive, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१९ 
  3. ३.० ३.१ "Latest Published Data", The International Astronomical Union Minor Planet Center, मूलबाट ५ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१९ 
  4. Mumma, M.J.; Disanti, M.A.; Dello Russo, N.; Magee-Sauer, K.; Gibb, E.; Novak, R. (२००३), "Remote infrared observations of parent volatiles in comets: A window on the early solar system", Advances in Space Research 31 (12): 2563–2575, डिओआई:10.1016/S0273-1177(03)00578-7, बिबकोड:2003AdSpR..31.2563M 
  5. "How hot is the Sun?", अन्तिम पहुँच ९/२२/२०१७ 
  6. "Sun Fact Sheet", अन्तिम पहुँच ९/२२/२०१७ 
  7. "What is the Sun made up of?", अन्तिम पहुँच ९/२५/२०१७ 
  8. "Atomic Structure", अन्तिम पहुँच ९/२५/२०१७ 
  9. "New study reveals twice as many asteroids as previously believed", ESA, २००२, अन्तिम पहुँच २३ जुन २००६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]