सामग्रीमा जानुहोस्

माकेमाके

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माकेमाके
हाबल अन्तरीक्ष दूरबीनद्वारा लिइएको माकेमाकेको तस्वीर
खोज
खोजकर्ता
  • माइकल इ ब्राउन
  • च्याड ट्रुजिलो
  • डेभिड रोबिनोइट्ज
खोज मितिसन् २००५ मार्च ३१
सङ्केत चिन्हहरू
नामकरण
(136,472) माकेमाके
उच्चारण/ˌmækiˈmæki/, /ˌmɑːkiˈmɑːki/ or /ˌmɑːkˈmɑːk/ ( )[]
नामकरणको आधार
माकेमाके
२००५ एफवाई
शिशु ग्रह
विशेषणहरूमाकेमाकीय
प्रतीक🝼
कक्षीय विशेषताहरू
युग जुलियन दिन २४५७०००.५ (९ डिसेम्बर २०१४)
अपहेलियन५२.८४० महाकाशीय इकाई
पेरिहेलियन३८.५९० ख.ई
४५.७१५ ख.ई
विकेन्द्रता०.१५५८६
३०९.०९ जुलियन वर्ष (१,१२,८९७ (दिन)
४.४१९ किमी प्रति सेकेन्ड
१५६.३५३°
झुकाव२९.००६८५°
७९.३६५९°
२९१.२४०°
भौतिक विशेषताहरू
आयाम
  • (१४३४×१४२२) ± १४ ध्रुवीय पक्षबाट हेरिएको[]
  • (१५०२ ± ३५)×(१४०० ± ९) किमी[]
  • ७१५ ± ७ किमी[]
  • ७३९ ± १७ किमी<
  • ७१० ± ३० किमी
फ्ल्याटनिङ०.०५
6,900,000 km2
आयतन1.7×109 km3
औसत घनत्व
१.४–३.२ g/cm3[]
७.७७१ ± ०.००३ घण्टा []
अल्बिडो0.81+0.01
−0.02
[]
तापक्रम३२–३९ केल्भिन
४०–४४ केल्भिन
वर्णक्रम प्रकार
B−V=0.83, V−R=0.5[]
१६.७ विमुखता
−0.3

माकेमाके (प्रतीक: 🝼)[] सौर्यमण्डलको काइपर घेरामा अवस्थित एक शिशु ग्रह हो। यस शिशु ग्रहको पहिलो काल्पनिक चित्रण हबल अन्तरिक्ष दूरबीनबाट लिइएको थियो। यस शिशु ग्रहको वास्तविक नाम १३६४७२ माकेमाके हो जसलाई अन्तर्राष्ट्रिय खगोलीय सङ्घद्वारा नामकरण गरिएको थियो। यो सौर्यमण्डलमा अवस्थित तेस्रो सबैभन्दा ठूलो शिशु ग्रह हो भने यसको औसत व्यास १,३६० देखि १,४८० किलोमिटर अनुमान गरिएको छ। यसको आयतन शिशु ग्रह यमको दुई तिहाइ भनि अनुमान गरिएको छ। हालसम्म केइपर घेरामा अवस्थित शिशु ग्रहहरू मध्ये माकेमाके सबैभन्दा दोस्रो ठूलो शिशु ग्रह हो भने यस शिशु ग्रहसँग एक उपग्रह रहेको छ जसको खोज सन् २०१५ मा गरिएको थियो। यसको शिशु ग्रहको औसत तापक्रम निकै न्युन रहेको छ भने यसको औसत तापक्रम लगभग ३० केल्भिन (−२४३.२ °से) का बीच अनुमान गरिएको छ। यस ग्रहको सतह मिथेन, इथेन र सम्भवतः नाइट्रोजनको बरफले ढाकिएको मानिन्छ।

सन् २००५ मार्च ३१ का दिन माइकल इ ब्राउनको नेतृत्वमा रहेको एउटा टोलीले माकेमाकेलाई पत्ता लगाएको थियो भने आधिकारिक रूपमा सन् २००५ जुलाई २९ का दिन यसको खोजलाई घोषणा गरिएको थियो। पत्ता लागेपछि सुरुमा एफवाई नामकरण गरिएको यस शिशु ग्रहलाई पछि १३६४७२ सङ्ख्या प्रदान गरिएको थियो। सन् २००८ को जुलाईमा यसलाई अन्तर्राष्ट्रिय खगोलीय सङ्घद्वारा शिशु ग्रहहको मान्यता प्रदान गरिएको थियो। पोलिनेसिया क्षेत्रको इस्टर द्वीपका मानिसहरूद्वारा पालन गरिएको धर्मका अनुसार माकेमाके एक देवताको नाम थियो जसलाई मानवजातिको सृष्टिकर्ताको रूपमा श्रेय दिइन्छ। यस शिशु ग्रहको नाम माकेमाके देवताबाट लिइएको हो।

मेकमेकमा यममा जस्तै वायुमण्डल हुनसक्ने अनुमान लगाइएको थियो तर यसको सतहको चाप यमको भन्दा कम थियो। सन् २०११ अप्रिल २३ का दिन २३ मेकमेक १८ रेक्टर स्केलको ताराको अगाडिबाट पार भएकाले अचानक यसको प्रकाश रोकिएको थियो। परिणामले देखाएअनुसार मेकमेकमा हाल पर्याप्त वायुमण्डलको अभाव छ र यसको सतहमा भएको चापमा ४-१२ नानोबारको माथिल्लो सीमासम्म तोकिएको छ। माकेमाके शिशु ग्रहमा मिथेननाइट्रोजन पाइनुले यस शिशु ग्रहको अपदूरविन्दु नजिकै यमको जस्तै क्षणिक वायुमण्डल हुनसक्ने अनुमान गरिएको थियो। यदि छ भने नाइट्रोजन नै यसको प्रमुख तत्त्व हुनेछ। वायुमण्डलको अस्तित्वले पनि नाइट्रोजन ह्रासको प्राकृतिक व्याख्या प्रदान गर्दछ जसको प्रमुख कारण यसको गुरुत्वाकर्षण बल यम, एरिस र ट्रिटोनको भन्दा कमजोर हुनु हो।

माकेमाके र यसको उपग्रहको तस्वीर

माकेमाके शिशु ग्रहका साथ एक उपग्रह रहेको छ जसको आधिकारिक नाम एस/२०१६ (१३६४७२) हो भने यसलाई एमके२ को उपनाम दिइएको छ। यो उपग्रह माकेमाकेबाट २१,००० किलोमिटर (१३,००० माइल) टाढा अवस्थित छ भने यसको व्यास १७५ किलोमिटर (११० मिटर) अनुमान गरिएको छ।

माकेमाके प्रणाली
नाम व्यास (किमी) पत्ता लगाएको मिति
माकेमाके ≈ १४३० ३१ मार्च २००५
एस/२०१५ (१३६४७२) १ ≈ १७५ सन् २०१५ अप्रिल

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Brown, Mike (२००८), "Mike Brown's Planets: Make-make", California Institute of Technology, अन्तिम पहुँच २००८-०७-१४
  2. Robert D. Craig (२००४), Handbook of Polynesian Mythology, ABC-CLIO, पृ: 63।
  3. Podcast Dwarf Planet Haumea (Darin Ragozzine, at 3′11″)
  4. The Rapa Nui pronunciation is ढाँचा:IPA-poly, which is approximated in English as अमेरिकी: /ˌmɑːkiˈmɑːki/ MAH-kee-MAH-kee, ब्रिटिस: /ˈmækiˈmæki/ MAK-ee-MAK-ee, or as /ˌmɑːkˈmɑːk/ MAH-kay-MAH-kay.[][] The first is an anglicized pronunciation; the second is more Polynesian, and is used by Brown and his students.[]
  5. 1 2 3 4 M.E. Brown, 2013, "On the size, shape, and density of dwarf planet Makemake"
  6. Dwarf Planet Makemake Lacks Atmosphere
  7. A. N. Heinze and Daniel deLahunta, The rotation period and light-curve amplitude of Kuiper belt dwarf planet 136472 Makemake (2005 FY9), The Astronomical Journal 138 (2009), pp. 428–438. doi:10.1088/0004-6256/138/2/428
  8. Carry, Snodgrass (फेब्रुअरी २०१०), "Characterisation of candidate members of (136108) Haumea's family", Astronomy and Astrophysics, पृ: A७२, एआरएक्सआइभी:0912.3171, डिओआई:10.1051/0004-6361/200913031, बिबकोड:2010A&A...511A..72S
  9. JPL/NASA (२०१५-०४-२२), "What is a Dwarf Planet?", Jet Propulsion Laboratory, अन्तिम पहुँच २०२२-०१-१९

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]