प्रकाश वर्ष
Jump to navigation
Jump to search
Unit system | अन्तरिक्षको एकाइ |
Unit of | लम्बाइ |
Symbol | ly |
1 ly in... | is equal to... |
एसआई एकाइ | ९.४६०७×१०१५m |
imperial & US units | ५.८७८६×१०१२ढाँचा:Convert/ScientificValue/LonAonSoff |
other astronomical | ६.३२४१×१०४ढाँचा:Convert/ScientificValue/LonAonSoff |
एकाइ | ०.३०६६ pc |
एक प्रकाश वर्ष (प्रतीक चिन्ह ly) अन्तरिक्षमा प्रकाशले एक वर्षमा पार गर्ने दूरी हो। प्रकाशको गति करिव ३लाख किलोमिटर प्रति सेकेण्ड हुन्छ, जसअनुसार एक प्रकाश वर्ष करिब ९४.६ खर्ब कि.मि.को दूरी हुन्छ। झट्ट सुन्दा समयको मापन गर्ने एकाइ जस्तो लाग्ने भएपनि यो अन्तरिक्षमा लम्बाइ नाप्न प्रयोग गरिने एकाइ हो।
खगोल विज्ञानमा प्रकाश वर्षको प्रयोग गरिन्छ किनकी ब्रह्माण्ड अत्यन्त विशाल छ। अन्तरिक्षमा ताराहरू, आकाशगंगा र अन्य वस्तुहरू सयौं, हजारौं वा लाखौं प्रकाश वर्ष टाढा हुन सक्छन्।